अख्तियारद्धारा तामाङविरुद्ध मुद्दा दायर

काठमाण्डु टुडे २०७१ माघ २५ गते १३:४५ मा प्रकाशित

akhtiyar
काठमाण्डु,२५ माघ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिँदालिँदै पक्राउ परेका महानगरीय प्रहरी वृत्तका नायब प्रहरी उपरीक्षक रमेशकुमार तामाङविरुद्ध विशेष अदातमा मुद्दा दायर गरेको छ ।  आयोगका अनुसार प्रहरी उपरीक्षक तामाङले सेवाग्राहीसँग मुद्दा मिलाइदिन्छु भन्दै केही दिन पहिले रु ५० हजार घुस लिँदालिँदै पक्राउ परेका थिए ।

आयोगले तामाङलाई हदैसम्मको कारबाहीको माग गर्दै मुद्दा दायर गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ । तामाङले भने आफूले घुस लिएको नभई सापटी मागेको प्रतिक्रिया दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us