महिलाको घटनास्थलमै मृत्यु, ११ जना घाइते

काठमाण्डु टुडे २०७१ माघ २५ गते १०:२० मा प्रकाशित

नपलपरासी, २५ माघ– नपलपरासीको बैरागनाथ–ज्यामिरे भित्री सडकखण्डअन्तर्गत सुनवलमा भएको सवारी दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।

बैरागनाथबाट ज्यामिरेतर्फ आउँदै गरेको ना१ज १२५८ नम्बरको जिप अनियन्त्रित भई पल्टिँदा जिपमा सवार नवलपरासी बन्जियाकी ३० वर्षीया कमला विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी जिपमा सवार अन्य ११ जनाको घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us