अपहरण गरी बालिका विवाह गर्न खोज्नेविरुद्ध उजुरी

काठमाण्डु टुडे २०७१ माघ २६ गते ३:३३ मा प्रकाशित

पाँचथर, २६ माघ – पाँचथरको आङनाकी एक बालिकालाई जबर्जस्ती विवाह गर्न खोज्ने एक व्यक्तिसहित अन्य तीनविरुद्ध जिल्ला प्रहरी कार्यालय पाँचथरमा उजुरी दर्ता गरिएको छ ।

विद्यालयबाट घर फकंर्दै गर्दा कक्षा १० मा अध्ययनरत बालिकालाई विवाह गर्ने भन्दै अपहरण गरी घर पु¥याएका २० वर्षीय जीवन तिम्सिना खत्रीविरुद्ध जिल्ला प्रहरी कार्यालय पाँचथरमा बालिकाका आफन्तले उजुरी दिएका हुन् ।

बालिकालाई अपहरण गर्न सहयोग गर्ने खत्रीका साथीहरु २५ वर्षीय प्रकाश लिम्बू , १९ वर्षीय सञ्जय लिम्बू र नामथर खुल्न नसकेका २० वर्षीय अर्को युवकविरुद्ध पनि पीडितका आफन्तले उजुरी दिएका छन् ।

पीडितका अनुसार गत १८ गते विद्यालयबाट एक साथीसहित घर फकंर्दै गरेकी बालिकालाई अपराह्न ४ः३० बजे खत्रीको टोलीले अपहरण गरेको थियो । चिच्याए मारिदिने धम्की दिँदै उनीहरुले ती बालिकालाई खत्रीको घर पु¥याएर कोठामा थुनेका थिए ।

जिल्ला प्रहरी कार्यालय पाँचथरले दिएका जानकारीअनुसार खत्रीको समूहले करिब डेढ घन्टा हिँडाएर तथा घिस्याएर खत्रीको घर पु¥याएका थिए । लगत्तै गाउँलेले थाहा पाएपछि चारै युवक भागेका थिए भने बालिकामुक्त भएकी थिइन् ।

यसैबीच बालिका तथा उनका परिवारलाई जाहेरी दर्ता नगर्न पीडकका केही आफन्त तथा केही राजनीतिक दलका जिल्ला नेताहरुले चर्को दबाब दिएका छन् । पीडित पक्षलाई पैसाको प्रलोभन देखाउने तथा मुद्धा दर्ता गरे ठीक नहुनेसम्मका धम्की पीडक तथा दलका नेताहरुले दिएको आफन्तले बताए ।

पीडितका अनुसार पीडक खत्रीले पीडित बालिकालाई विवाह गर्न नमाने ज्यान मार्ने धम्की दिएका थिए ।

रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us