पर्सा, २७ माघ– पर्साको सबैठवा गाविस–२ की सुमनदेवीको हत्या आशङ्कामा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले जिल्लाको महुवनमा लुकेर बसेका समनदेवीका देवर श्रीलाल राम र देउरानी सोनादेवीलाई पक्राउ गरेको हो । महुवनमा लुकेर बसेको अवस्थामा सोमबार...
एजेन्सी– भारतको दिल्ली विधानसभाका लागि भएको निर्वाचनको मतगणना आज बिहानबाट सुरु भएको छ । विभानसभाको कुल ७० सिटका लागि तीन दिनअघि निर्वाचन सम्पन्न भएको थियो । मत गणनाको प्रारम्भिक परिणामअनुसार आम आदमी पार्टी अगाडि देखिएको छ । दोश्रोमा सत्तारुढ भारतीय जनता पार्टी र तेश्रोमा...
काठमाण्डु, २६ माघ– प्रधानमन्त्री सुशील कोइरालाले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई फेरि टेलिफोन गरी वार्तामा आउन आग्रह गरेका छन् । बहुमतीय प्रक्रिया सच्याउन भन्दै एमाओवादी नेतृत्वको विपक्षी मोर्चाले आन्दोलन घोषणा गरेयता प्रधानमन्त्रीले प्रचण्डलाई टेलिफोन गरेको यो चौथोपटक हो । टेलिफोन वार्ताका क्रममा प्रधानमन्त्री...
काठमाण्डु, २६ माघ– मानवअधिकारकर्मी नेता तथा पूर्वसभामुख दमननाथ ढुंगाना बेपत्ता छानबिन तथा सत्य निरुपण आयोगमा जान अस्वीकार गरका छन् । चार दलबीच ढुंगानालाई कुनै एक समितिको अध्यक्ष हुन आग्रह गरिए पनि उनी नमानेको स्रोतले बतायो । सोमबार पूर्वप्रधानन्यायाधीश ओमभक्त श्रेष्ठ नेतृत्वको सिफारिस समितिले सत्य...
काठमाण्डु, २६ माघ– नेपालका विभिन्न आठ व्यक्तिले स्वीट्जरल्याण्डको एक बैंकमा कालो धन लुकाएर राखेको खुलासा भएको छ । अन्तर्राष्ट्रिय पत्रकार महासंघले हालै सार्वजनिक गरेको एक तथ्याङकका अनुसार ती व्यक्तिले ५ अर्ब ४० करोड रुपैयाँ स्वीट्जरल्याण्डको एचएसबीसी बैंकमा राखेको भेटिएको हो । जसमध्ये...
काठमाण्डु, २६ माघ– विगत दुई दशकदेखी क्यान्सर रोगको विषयमा खोज अनुसन्धान गर्दै आएका हेटौडा निवासी तुलसी गिरीले साधारण तरिकाले नै क्यान्सरलगायतका खतरानाक रोगहरु निको हुने दाबी गरेका छन् । सोमबार सञ्जीबनी ग्लोबल प्रा.ली.ले क्यान्सर रोग हुन्छ भन्ने अन्तरक्रियात्मक कार्यक्रममा गिरीले दुई दशकको अनुभवले आफूलाई...
काठमाण्डु, २६ माघ– विवादास्पद व्यक्ति ल्यारकाल लामा सभासद निर्वाचित भएको घटनामा सहरमा अनेक टीकाटिप्पणी भए पनि एमाओवादी नेतृत्व मौन देखिएको छ । आइतबार निर्वाचन आयोगले लामालाई सभासद बनाएपछि सामाजिक सञ्जालमा एमाओवादीको चर्को आलोचना भएको छ । दिनदिनै फेसबुक–ट्वीटरमा गतिविधि लेखिरहने माओवादी वरिष्ठ नेता बाबुराम...
कैलाली, २६ माघ– एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले कैलाली पुगेर आफूहरु वार्ता र सहकार्यको विरोधी नभएको बताएका छन् । नेता भट्टराईले सत्तापक्षले सहमति बिना संविधान निर्माण गर्न खोजे मुलुक फेरि द्वन्द्वमा जाने चेतावनी पनि दिए । सोमबार क्रान्तिकारी पत्रकार सङ्घ कैलालीले...
काठमाण्डु, २६ माघ– राप्रपा नेपालले हालै संविधानसभाद्वारा गठित प्रश्नावली निर्माण समितिले धर्म निरपेक्षता, गणतन्त्र र सङ्घीयताका विषयमा प्रश्न बनाउने नपाउने गरी गरिएको निर्णय तत्काल सच्याउन आग्रह गरेको छ । सो दलको बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय वर्तमान संविधान, संविधानसभा नियमावली र संविधानसभा...
सिरहा, २६ माघ– सिरहाको गोलबजारमा नवविवाहित महिलाको जलाएर ‘हत्या’ भएको छ । १८ वर्षीया सरिता सहनीको गोलबजार–८ चोहर्वास्थित घरमै आफन्तले आगोले जलाएर हत्या गरेका हुन् । उनको सीताराम सहनीसँग गत मंसिरमा मागी विवाह भएको थियो । परिवारले सरिता आफैंले आगो झोसेर आत्महत्या गरेको दाबी...
काठमाण्डु, २६ माघ– आइतबार निर्वाचन आयोगले एमाओवादीको सिफारिसमा ल्यारकाल लामालाई सभासद निर्वाचित गरेपछि एमाओवादीको निर्णयमाथि सार्वजनिक चर्चा भइरहेको छ तर माओवादी नेतृत्व मौन छ । माओवादी नेताका फेसबुक र ट्वीटरमा अभिव्यक्त असन्तुष्टिले ल्यारकाल लामालाई सभासद बनाउने निर्णय अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक्लै गरेको जनाउँछ...
काठमाण्डु, २६ माघ– नेपाली राजनीतिमा चासो राख्ने फेसबुक–ट्वीटर प्रयोगकर्ताहरु हरेक साता कुनै न कुनै राजनीतिक घटनामाथि बढी नै चर्चा गर्छन् । आइतबारदेखि त्यस्तो चर्चा एमाओवादीद्वारा सभासदमा सिफारिस भएका ल्यारकाल लामामाथि भइरहेको छ । आइतरबार निर्वाचन आयोगले लामालाई सभासद निर्वाचित गरेको घोषणा गरेपछि सबैभन्दा पहिले...