हत्या आशङ्कामा देवर र देउरानी पक्राउ

काठमाण्डु टुडे २०७१ माघ २७ गते ५:१७ मा प्रकाशित

पर्सा, २७ माघ– पर्साको सबैठवा गाविस–२ की सुमनदेवीको हत्या आशङ्कामा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।

 

इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले जिल्लाको महुवनमा लुकेर बसेका समनदेवीका देवर श्रीलाल राम र देउरानी सोनादेवीलाई पक्राउ गरेको हो ।

महुवनमा लुकेर बसेको अवस्थामा सोमबार उनीहरूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक निशान्त थापाले जानकारी दिए ।

यसअघि प्रहरीले सुमन हत्या आशङ्कामा सासूलाई पक्राउ गरिसकेको छ ।

प्रहरीले सुमनदेवीको शव घाँटी रेटेर फालेको अवस्थामा शनिबार राति घर नजिकैको उखु बारीबाट बरामद गरेको थियो ।
प्रहरीका अनुसार सुमनदेवीको परिवारका सदस्यले मिलेर हत्या गरेका आशङ्का गरिएको छ । हत्याबारे थप अनुसन्धान भइरहेको छ ।

सुमनका पति किशोर भने वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुकमा छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us