जुँगाको लडाइँका कारण सहमति भएनः नेपाल

काठमाण्डु टुडे २०७१ माघ २७ गते १०:४२ मा प्रकाशित

बुटवल, २७ माघ– नेकपा एमालेका नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले जुँगाको लडाइँ र प्रतिष्ठाका कारण सहमति बन्न नसकेको र संविधान पनि ल्याउन नसकेको बताउनुभएको छ ।

madhav kumar nepal

सहमतिकै नाममा एक वर्षको समय खेर गएको बताउँदै उहाँले संविधान निर्माणका लागि नेपाली काँग्रेस र नेकपा एमाले सकारात्मक भए पनि एमाओवादीसहितका दलहरुको मानसिकता उदार नदेखिएको उल्लेख गरे ।

जीवराज आश्रित स्मृति प्रतिष्ठान बुटवलको साधारणसभामा बोल्दै एमाले नेता नेपालले संविधान निर्माणका लागि सहमतिको अधिकतम प्रयास गर्दागर्दै पनि प्रक्रियामा अगाडि बढ्दा अर्को चक्रब्यूहमा फसेको विश्लेषण बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us