भीमदत्तको जसरी टाउको छिनाउन तयार रहेको बाबुरामको घोषणा

काठमाण्डु टुडे २०७१ माघ २७ गते ५:३५ मा प्रकाशित

brbडडेलधुरा, २७ माघ– एमाओवादी वरिष्ठ नेता बाबुराम भट्टराईले मुलुकमा प्रतिक्रान्तिको खतरा बढेको भन्दै त्यसविरुद्ध जस्तोसुकै संघर्ष गर्न आफूहरु तयार रहेको बताएका छन् ।
जनपरिचालन तथा भण्डाफोर अभियानअन्तर्गत पश्चिम कमाण्डको नेतृत्व गरेका भट्टराईले डडेलधुरा सदरमुकाम अमरगढीमा मंगलबार भएको पत्रकार भेटघाटमा भने, ‘यो सूदुरपश्चिम भीमदत्त पन्तको क्षेत्र पनि यो । जसरी भीमदत्त आफ्नो टाउको काटि“दा पनि झुकेनन् हामी पनि प्रतिक्रान्तिका विरुद्ध अन्तिमसम्म झुक्ने छैनौं । प्रतिक्रान्तिका विरुद्ध जस्तोसुकै संघर्षका लागि हामी तयार छौं । भीमदत्त पन्त हाम्रा आदर्श हुन् ।’

नेता भट्टराईले संविधानका मुख्य अन्तरबस्तु राज्यको पुनःसंरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली जस्ता कुराले नै राज्यको चरित्र निर्धारण गर्ने भएकाले यस्ता विषय पहिल्यै टुंग्याउनुपर्ने बताए ।
राज्यको चरित्रका सन्दर्भमा पहिले नै सहमति–सम्झौतामा परम्परागत उदारवादी लोकतन्त्रभन्दा माथि उठेको समाजवादी लोकतन्त्र उन्मुख संक्रमणकालीन समावेशी समानुपातिक लोकतन्त्र हुने कुराको टुंगो लगाइएकाले १२–बु“दे यताका सहयात्री दलहरुबीच सहमतिमा नै उक्त कुरा नया“ संविधानमा संस्थागत गर्नुपर्ने बताए ।
अहिले जस्तो भए पनि बहुमतद्वारा टुंगो लगाएर पछि संशोधन गर्दा भइहाल्छ भन्नु ‘गधा धोएर गाई बनाउने’ कुरा जस्तै भएको उनको टिप्पणी थियो । उनले भने, ‘अहिलेको मुल प्रश्न गाई जन्माउने कि गधा जन्माउने भन्ने हो । पहिले नै के जन्माउने भन्ने टुंगो लगाएपछि त्यसलाई पछि मोटाउन, दुब्लाउन, सिंगार्न सकिन्छ । तर पहिले गधा जन्माएपछि धोएर गाई बनाउँला भन्दा हुँदैन ।’

एमाओवादीको चुनावी घोषणापत्रमा एक वर्षभित्र अग्रगामी संविधान दिने प्रतिज्ञा गरिएको र त्यो घोषणापत्रको मस्यौदा आफैंले गरेको उल्लेख गर्दै नेता भट्टराईले भने ‘तर हामीले जस्तो भए पनि एक थान संविधान भनेका थिएनौं । हामीले एक वर्ष भित्रै पनि भनेका थियौं र वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक, जातपातजन्य सबै प्रकारका उत्पीडन अन्त्य गर्ने अग्रगामी संविधान पनि भनेका थियौं । तर अहिले कांग्रेस–एमाले पहिले नै सहमति गरिसकेका कुराबाट पनि पछि हट्ने र पहिलेका सम्झौता नै मान्दैनौं भनिराखेका छन् ।’

‘आमाले सानो बालकलाई दिनभरि दूध चुसाइनन् भोकाएको बालकले सा“झ चौलानी दिए पनि खान्छ । त्यसैगरी अहिले समयमा सहमति गरौं भन्दा सहमति गर्न नमान्ने र सबैलाई थकाएर बरु जस्तो भए पनि संविधान देऊ भन्ने स्थिति सिर्जना गरिएको छ’, उनले भने ।

सत्तापक्षले बहुमतीय तरबार देखाएर वार्तामा बोलाएको पनि उनको आरोप थियो । ‘वार्ताको ढोका बन्द गर्ने अनि वार्तामा आऊ भन्दा कसरी हुन्छ ? बहुमतको तरबार देखाउने अनि वार्तामा आऊ भन्दा कसरी हुन्छ ? पहिले बहुमतीय तरबार म्यानभित्र राखियोस् अनि सार्थक वार्ता हुन सक्छ ।’ प्रधानमन्त्रीले वक्तव्यद्वारा वार्ताका लागि आह्वान गरेको सन्दर्भमा उनले त्यस्तो फोस्रो वार्ताको औचित्य नरहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us