दुई दिनभित्र यातायातको भाडा घटाउन निर्देशन

काठमाण्डु टुडे २०७१ माघ २७ गते ८:३९ मा प्रकाशित

काठमाण्डु, २७ माघ– व्यवस्थापिका–संसद्को विकास समितिले पेट्रोलियम पदार्थमा निरन्तर मूल्य ओरालो लागेकाले सार्वजनिक यातायातको भाडा दुई दिनभित्र घटाउन निर्देशन दिएको छ ।

 

समितिको सिंहदरबारमा बसेको बैठकपछि पेट्रोलियम पदार्थमा निरन्तर मूल्य समायोजन भए पनि जनताले अनुभव गर्नेगरी भाडा घट्न नसकेकाले भाडा घटाउन भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय, यातायात व्यवस्था विभागलाई निर्देशन दिएको हो ।
नेपाल आयल निगमले पटकपटक पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको भए पनि व्यवसायीले सार्वजनिक यातायातको भाडा घटाएका छैनन् ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री विमलेन्द्र निधिको निर्देशनअनुसार मन्त्रालयले काठमाण्डु उपत्यकामा २.३२ प्रतिशत, ट्याक्सीमा १.६२ प्रतिशत, ट्रक र लामो दूरीको सवारीसाधनमा पाँच प्रतिशत भाडा घटाउने तयारी गरिएको जानकारी दिइयो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us