‘हेलो सरकार’मा ३४ हजार उजुरी

काठमाण्डु टुडे २०७१ माघ २७ गते १४:२२ मा प्रकाशित

hello-sarkar_20141008104903
काठमाण्डु,२७ माघ– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सञ्चालन गरेको ‘हेलो सरकार’मा यही आर्थिक वर्षको पुस मसान्तसम्ममा ३४ हजार ४०० उजुरी दर्ता भएका छन् ।  हेलो सरकार स्थापना भएको तीन वर्षको अवधिमा प्राप्त उक्त उजुरीमध्ये ९७ प्रतिशत अर्थात् ३३ हजार ४६२ उजुरी फछर्यौट गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव शान्तराज सुवेदीले जानकारी दिए । यसैगरी चालु आवको पुस महिनामा प्राप्त ४५४ उजुरीमध्ये करिब ८५ प्रतिशत अर्थात् ३८७ उजुरी फछर्यौट भएको छ ।

हेलो सरकारमा सार्वजनिक सेवा प्रवाहमा देखिएको कमजोरी,खाना पकाउने एलपी ग्यासको अभाव र नेपाल विद्युत् प्राधिकरणले तालिका विपरीत गरेको विद्युत्भार कटौतीलगायत विषयमा बढी उजुरी परेको जनाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us