पाँचथर, २९ माघ– एम्बुलेन्स सञ्चालन समिति पाँचथरको बैठकले तोकिएको शुल्कभन्दा बढी रकम लिनेलाई कारबाही गर्ने निर्णय गरेको छ । फिदिमदेखि ताप्लेजुङसम्म पुगेर आएको रु नौ हजार लिँदै आएकामा समितिले आजबाट लागू हुने गरी रु सात हजार मात्रै लिन पाउने निर्णय गरेको छ । जिल्ला...
काठमाण्डु, २९ माघ– पूर्वयुवराज्ञी हिमानी शाह पति पारसलाई भेट्न आज थाइल्याण्ड जाँदैछिन् । लागूऔषध कारोबामा संलग्न रहेको आरोपमा पारस पछिल्लो पटक थाइल्याण्डको उदुङखानीस्थित एक काराबासमा जेलजीबन बिताइरहेका छन् । अघिल्लोपटक पनि लागुऔषधसहित पक्राउ परका पारसलाई नेपाल ल्याउन हिमानी थाइल्याण्ड जान खोजेकी थिइन् । तर...
काठमाण्डु, २९ माघ– संविधानका विवादित विषयमा प्रश्नावली तयार गर्न गठित समितिले आज संविधानसभामा प्रश्नावलीसहितको प्रतिवेदन पेश गर्दैछ । समितिले पेश गरेको प्रतिवेदन संविधानसभाले आजै पारित गर्ने कार्यसूची रहेको व्यवस्थापिका–संसद् सचिवालयले जनाएको छ । यसैबीच बहुमतीय प्रक्रियाको विरोधमा रहेको एमाओवादी नेतृत्वको विपक्षी मोर्चा र राप्रपा...
कैलाली, २९ माघ– राज्यका हरेक निकायमा महिलाको सम्मानजनक सहभागिता हुनुपर्नेमा यहाँ आयोजित एक कार्यक्रममा जोड दिइएको छ । नीति निर्माण तथा निर्णायक तहमा महिलाको अर्थपूर्ण सहभागिता अभिवृद्धिम्बन्धी गोष्ठी तथा छलफल कार्यक्रममा सहभागी महिलाले हरेक निकायमा उनीहरुको सहभागिता बढाउनका लागि विद्यमान ऐन कानुन परिमार्जन आवश्यक...
विराटनगर, २९ माघ– होमियोपैथिक चिकित्सामा आबद्ध चिकित्सकले आफुहरुलाई व्यवस्थित गर्न सरकारले चासो नदिएको गुनासो गरेका छन् । अल नेपाल होमियोपैथिक एसोसिएसन पूर्वाञ्चल क्षेत्रीय समिति दमकले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा चिकित्सकले सो गुनासो गरेका हुन् । आयोजक संस्थाका महासचिव चिकित्सक विष्णुप्रसाद मिश्रले आफूहरुले...
काठमाण्डु, २८ माघ– पत्रकार विजयकुमार पाण्डेले उनको पुस्तकलाई दिने भनिएको ‘भूपालमानसिंह कार्की प्रज्ञा पुरस्कार’ अस्वीकार गरेको बताएका छन् । भूपालमानसिंह कार्की पुरस्कार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीका बाबुका नाममा स्थापित साहित्यिक पुरस्कार हो । पत्रकार पाण्डेले लेखेको ‘खुशी’ पुस्तकका लागि उक्त...
कञ्चनपुर,२८ माघ– एमाओवादीका नेता बाबुराम भट्टराईले बाह्रबुँदे समझदारीका सहयात्री दलहरूबीच सहमति हुन नसके संविधान बन्न नसक्ने बताएका छन् । बुधबार कञ्चनपुरमा पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै नेता भट्टराईले भनेः “नेपाली काँग्रेस,नेकपा एमाले, एमाओवादी र मधेसवादी शक्तिबीच सहमति नभएसम्म संविधानको कल्पना गर्न सकिँदैन ।” उनले बाह्रबुँदे र...
काठमाण्डु, २८ माघ– एकीकृत माओवादी नेतृत्वमाथि ल्यारक्याल लामालाई सभासद् बनाउने निर्णय फिर्ता लिन पार्टीभित्रैबाट दबाब बढेको छ । विवादास्पद छविका लामालाई सभासद बनाइएको भन्दै पार्टीका दोश्रो तहका कतिपय नेता र भातृ संगठनका पदाधिकारीले नेतृत्वलाई निर्णय सच्याउन दबाब दिएका छन् । नेतृत्व भने लामालाई सभासद...
काठमाण्डु,२८ माघ– बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका अध्यक्ष लोकेन्द्र मल्लिक र सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष सूर्यकिरण गुरुङले बुधबार पदवहाली गरेका छन् । शान्ति तथा पुनःनिर्माण मन्त्रालयस्थित आयोगको कार्यालयमा उनीहरुले आयोगका सदस्यसहित एक कार्यक्रमकाबीच पदवहाली गरेका हुन् । उक्त अवसरमा बेपत्ता पारिएका व्यक्तिको...
सिरहा,२८ माघ– सिरहाको इँटाटारमा खाल्डोमा डुबेर बुधबार एक बालिकाको ज्यान गएको छ । इँटाटार–६ का रामसेवक पासवानकी एक वर्षीया छोरी पुष्पा पासवानको खाल्डोमा डुबेर मृत्यु भएको स्थानीय रोशन पासवानले जानकारी दिए । घर नजिकै रहेको हाते कलको पानी छाड्न खनेको खाल्डोमा डुबेर बालिकाको मृत्यु...
वीरेन्द्रनगर,२८ माघ– कस्तुरीको बिना कारोबार गर्ने एक व्यक्तिलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । यही माघ २ गते कस्तुरीको बिनासहित पक्राउ परेका सुर्खेत आग्रीगाउँ–३ का देवबहादुर खत्रीलाई जिल्ला वन कार्यालयले पुर्पक्षका लागि बुधबार जेल चलान गरेको हो । खत्रीलाई माघ २ गते वीरेन्द्रनगरस्थित...
काठमाण्डु, २८ माघ– खुलेआम धर्म परिवर्तनका पक्षमा सार्वजनिक वकालत गरेर विवादमा तानिएका नेपालस्थित बेलायती राजदूत जेम्स स्पाक्र्सले राजीनामा दिएका छन् । स्पाक्र्सले बुधबार सिंहदरबारमा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई भेटी आफूले राजीनामा दिन लागेको बताएका हुन् । स्पार्कले बेलायतको परराष्ट्र सेवामा करिब ३० वर्ष काम गरेका...