बाबुरामले भने, ‘ओलीजी नयाँ जंगबहादुर नबन्नुहोस्’

काठमाण्डु टुडे २०७१ माघ २८ गते १२:१६ मा प्रकाशित

कञ्चनपुर, २८ माघ– एमाओवादी नेता बाबुराम भट्टराईले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जंगबहादुरको जस्तो व्यवहार प्रदर्शन नगर्न आग्रह गरेका छन् ।

Baburam-bhattrai-stage

क्रान्तिकारी पत्रकार संघले बुधबार कञ्चनपुरको महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भट्टराईले संविधानसभामा मतदान प्रक्रिया नरोकिए देशमा दुर्घटना हुने चेतावनी समेत दिए ।

उनले ओलीलाई जंगबहादुर बन्ने प्रवृति रोक्न सबै पक्षले सहयोग गर्नुपर्ने बताउँदै उनले भने ‘जो अहिले नयाँ जंगबहादुर बन्ने सपना देखेर देशलाई दुर्घटनामा लाँदैछन्, त्यसलाई रोक्नका लागि नागरिक समाज र सबै प्रभुत्व नेपालीले आवाज उठाइदिनुपर्योल ।’

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us