बाग्लुङमा उपनिर्वाचन हुने

काठमाण्डु टुडे २०७१ माघ २९ गते ८:०६ मा प्रकाशित

काठमाण्डु, २९ माघ– बाग्लुङ क्षेत्रनम्बर १ का सभासद हरिबहादुर खड्काको मृत्यु भएपछि रिक्त रहेको पदका लागि चैत २८ गते उपनिर्वाचन हुने भएको छ ।

 

खड्काको निधनपछि सो क्षेत्रमा सभासद पद रिक्त छ । विहीबार बसेको मन्त्रिपरिषद बैठकले उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।

गत मंसिर १७ गते जिप दुर्घटनामा घाइते भएका सभासद खड्काको मंसिर २१ गते काठमाण्डुमा उपचारको क्रममा निधन भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us