किन रोक्यो हिन्दूराष्ट्र संयुक्त संघर्ष समितिले संविधानसभा घेराउ कार्यक्रम ?

काठमाण्डु टुडे २०७१ माघ २९ गते ११:४५ मा प्रकाशित

काठमाण्डुं, २९ माघ– हिन्दूराष्ट्र संयुक्त संघर्ष समितिले भोलि फागुन १ गते संविधानसभा घेराउ गर्ने भनेको कार्यक्रम स्थगित गरेको जानकारी दिएको छ ।

बिहीबार समितिका तर्फबाट संयोजक कुमारबहादुर थापाले प्रेस विज्ञप्ति जारी गर्दै समितिका सबै केन्द्रीय सदस्यहरु विभिन्न जिल्ला भ्रमणमा रहेको र राजधानी फर्किने कार्यक्रम रहेकाले अर्को सूचना जारी नभएसम्मका लागि शुक्रबार गर्ने भनिएको घेराउ कार्यक्रम स्थगित गरेको जानकारी दिएका हुन् ।

संयोजक थापाले सबै केन्द्रीय सदस्यहरु राजधानी फर्किसकेपछि मात्रै संविधानसभा भवन घेराउ गर्ने कार्यक्रमको मिति तय गर्ने जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us