बेग्लाबेग्लै रुपमा जनयुद्ध दिवस मनाउँदा दुःख लागेको छ : महरा

काठमाण्डु टुडे २०७१ फागुन १ गते ८:५६ मा प्रकाशित

रोल्पा, १ फागुन– एकीकृत नेकपा माओवादीका महासचिव कृष्णाबहादुृर महराले माओवादीहरुले भिन्दाभिन्दै रुपमा जनयद्ध मनाउनु परेकोमा दुःख लागेको बताएका छन् ।

२० औं जनयुद्ध दिवसको अवसरमा रोल्पामा आयोजित कार्यकर्ता भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै महराले एउटै आन्दोलनबाट आएका माओवादीहरुले जनयुद्ध दिवस बेग्ला बेग्लै मनाउँदा खासै उत्साह नभएको बताएका हुन् । उनले भने, ‘ ‘बेग्लाबेग्लै जनयुद्ध दिवस मनाउँदा दुःख लागेको छ। अस्ति माओ दिवस पनि काठमाडौंमा ४ ठाउँमा मनाइयो। जनयुद्ध गरेका ५ शक्ति अलगअलग मनाउदैछौँ । दुःख लागेको छ, । ’

पछिल्लो समय एमाओवादी र –माओवादीबीचमा उकताको चर्चा चले पनि त्यसले मूर्तता पाउन सकेको छैन । एमाओवादी र –माओवादीले कार्यगत एकता गरेर आन्दोलनमा सँगै रहे पनि जनयुद्ध दिवस भने बेग्लाबेग्लै रुपमा मनाएका छन् ।

‘‘कमसेकम किरणजीसँग मिलेर सँगै जनयुद्ध दिवस मनाउने पहल थियो। त्यो पनि सकिएन,’ महराले भने, ‘सकारात्मक केन्द्र भनेको जहाबाट भए पनि सम्झिएका छौँ। तर, संयुक्त शक्तिले संयुक्त रूपमा मनाउन पाएको भए राम्रो हुन्थ्यो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us