फोन गरेकै भरमा आन्दोलन रोकिदैनः पोखरेल

काठमाण्डु टुडे २०७१ फागुन १ गते ११:०८ मा प्रकाशित

giriraj-mani-pokhrel
महोत्तरी,१ फागुन– एकीकृत नेकपा माओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेलले तीस दलीय मोर्चाको आन्दोलन प्रधानमन्त्रीको फोनका भरमा नरोकिने बताएका छन् ।

शुक्रबार बिहान महोत्तरीको बर्दिवासमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै प्रमुख सचेतक पोखरेलले ३० दलीय मोर्चाले वार्ताको ढोका खुल्ला राखेपनि प्रधानमन्त्रीले फोन गर्दैमा आन्दोलन नरोकिने बताए ।

माघ ८ मा नेपाली जनतालाई सहमतिमा संविधान दिने वातावरण बनेको अवस्थामा सत्ता पक्षीय दलले सहमतिको माहोल बिगारेका उनको आरोप थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us