समाचार

नुनको प्रयोग बढाउन प्रदर्शन विधि

२०७१ फागुन ४ गते ८:४६

मेलम्ची,४ फागुन- सिन्धुपाल्चोक जिल्लाको गाउँ–गाउँमा आयोडिनयुक्त नुनको प्रयोग बढाउन प्रदर्शन विधि प्रभावकारी मानिएको छ । आयोडिनयुक्त नुनले शारीरिक शक्ति र मानसिक फूर्ति बढाउने भन्दै ‘म्याक्स प्रो’कार्यक्रमले जिल्लाको गाउँ–गाउँमा विविध कार्यक्रममार्फत प्रदर्शन गरिएपछि यो विधि प्रभावकारी मानिएको हो । गाउँघरमा ढिके नुनको प्रयोग गर्नेहरु प्रशस्त...

नागरिकताभन्दा राहदानी लिनेहरुको संख्या दोब्बर

२०७१ फागुन ४ गते ८:४०

मुस्ताङ,४ फागुन- मुस्ताङमा नेपाली नागरिकता प्रमाणपत्रभन्दा दोब्बर राहदानी वितरण हुने गरेको छ । पछिल्लो ६ महिनाको अवधिमा नागरिकताभन्दा राहदानी बढी वितरण भएको हो । जिल्ला प्रशासन कार्यालय मुस्ताङका अनुसार,साउनदेखि माघ मसान्तसम्म ४७९ वटा राहदानी र २६० वटा नागरिकताको प्रमाणपत्र जारी भएको छ । सहायक...

लक्ष्मीनारायणको मन्दिरमा वन कार्यालयले डोजर लगाएपछि

२०७१ फागुन ४ गते ८:३०

लम्की,४ फागुन- कैलालीको घोडाघोडी नगरपालिका–१ घोडाघोडी मन्दिर परिसरमा निर्माणाधीन हयग्रिब (लक्ष्मीनारायण) भगवानको मन्दिर जिल्ला वन कार्यालय कैलालीले डोजर लगाएर भत्काएको छ । राष्ट्रिय वनको क्षेत्रमा मन्दिर निर्माण गरिएको भन्दै जिल्ला बनले भत्काएपछि विराट सनातन धर्म संस्कृति संरक्षण संबद्र्धन प्रतिष्ठानले आपत्ति जनाएको छ । सीमसार...

दुईवटा उद्योगमा लाग्यो एकैचोटी भीषण आगो

२०७१ फागुन ४ गते ८:१८

भक्तपुर, ४ फागुन – मध्यपुरथिमि नगरपालिका–१६ लोकन्थलीस्थित दुईवटा उद्योगमा आइतबार राति भीषण आगलागी हुँदा ७५ लाख बराबरको क्षति भएको छ । लोकन्थलीको काठमाण्डु उपत्यका खानेपानी लिमिटेडसँगै रहेको उप्रेती कटन इन्डस्ट्रिज र गणेश कपास उद्योगमा एकैपटक आगलागी भएको हो । आगलागीबाट दुईवटै उद्योगको ६ वटा...

तीन दिन हात्तिपाइले र जुकाको औषधी खुवाइदै

२०७१ फागुन ४ गते ८:१६

भद्रपुर,४ फागुन- झापामा १३ प्रतिशत मानिसमा हात्तीपाइले रोगको असर रहेकाले फागुन महिनाको २३,२४ र २५ गते हात्तीपाइले रोग र जुकाको औषधि एकसाथ खुवाइने भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय झापाले लगभग सात लाख ८२ हजार ३६४ जनालाई ती औषधि खुवाउने लक्ष्य लिएको छ ।...

असहाय र घाइते वन्यजन्तुका लागि उद्धार तथा पुनःस्थापना केन्द्र

२०७१ फागुन ४ गते ८:०८

चितवन,४ फागुन- असहाय र घाइते वन्यजन्तुका लागि नेपालमै पहिलो वन्यजन्तु उद्धार तथा पुनःस्थापना केन्द्र चितवनमा निर्माण हुने भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले चितवनको सौराहा आसपास क्षेत्रमा यस्तो पुनःस्थापना केन्द्र निर्माणको पहल थालेको हो । विभागका महानिर्देशक टीकाराम अधिकारीले कुमरोजका लागि प्रस्ताव...

१८ घण्टापछि निक्लियो कोइलाखानीबाट शव

२०७१ फागुन ४ गते ८:०७

दाङ, ४ फागुन– कोइलाखानीमा च्यापिएर मृत्यु भएका एक मजदुरको १८ घण्टापछि शव बाहिर निकालिएको छ ।   दाङको स्युजा गाविस–३ विजयखर्कमा रहेको कोइलाखानीमा ढिस्को खसेर च्यापिएर मृत्यु भएका सैघा गाविस–७ बाम्लाका ४५ वर्षीय भिमकान्त रावतको सोमबार विहान शव निकालिएको हो । कोइलाखानीमा थुनिएका नारायण...

बागलुङबासीका लागि नयाँ अनलाइन

२०७१ फागुन ४ गते ७:५७

बागलुङ,४ फागुन- बागलुङमा नयाँ अनलाइन पत्रिका सञ्चालनमा आएको छ ।  गलकोट पत्रकार समाजले गलकोट न्युज डट कम सुरु गरेको हो । अनलाइनमार्फत् स्थानीय मुद्दामा समाचार सङ्कलन र सम्प्रेषण गर्ने लक्ष्य लिइएको छ । गलकोट क्षेत्रका ऐतिहासिक,धार्मिक,पर्यटकीय गन्तव्यको प्रचारप्रसारमा पनि पत्रिका लक्षित हुने गलकोट पत्रकार...

काँग्रेस–एमालेलाई घुँडा टेकाउने राजेन्द्र महतोको घोषणा

२०७१ फागुन ४ गते ६:४८

काठमाण्डु, ४ फागुन– सद्भावना अध्यक्ष राजेन्द्र महतोले विपक्षी ३० दलीय मोर्चाको आन्दोलनमार्फत सत्तारुढ दलको घमण्ड तोड्ने चेतावनी दिएका छन् । मधेसी पत्रकार समाजले सोमबार वीरगञ्जमा गरेको पत्रकार भेटघाटमा महतोले आफूहरुको आन्दोलनका अगाडि सत्तापक्ष झुक्न बाध्य हुने दाबी गरे । आफूहरु संविधानसभाबाटै संविधान जारी गर्नुपर्ने...

स्विस बैंकमा पैसा लुकाउने आठजना खोजिरहेका छौः सिंह

२०७१ फागुन ४ गते ६:३३

काठमाण्डु, ४ फागुन– उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले स्विस बैंकमा पाँच अर्ब ४० करोड बालो धन लुकाउने ८ नेपालीको खोजीमा सरकार लागेको बताएका छन् । रिपोर्टर्स क्लबले सोमबार गरेको साक्षात्कारमा उनले स्विस बैंकमा लुकाइएको रकम कानुनअनुसार फितौ गरिने दाबी गरेका हुन् । ‘स्विस...

आन्दोलनको अडानसहित बाबुराम ‘पश्चिम कमान्ड’मै व्यस्त

२०७१ फागुन ४ गते ६:२८

काठमाण्डु, ४ फागुन– सहमतीय आधारमा संविधान निर्माण प्रक्रियाको माग गर्दै आन्दोलनमा उत्रेको ३० दलीय मोर्चामा सबैभन्दा सक्रिय आन्दोलनकारीका रुपमा बाबुराम भट्टराई देखिएका छन् । पूर्वप्रधानमन्त्री तथा एकीकृत माओवादीका वरिष्ठ नेता समेत रहेका भट्टराई गत तीन सातादेखि पश्चिम नेपालका विभिन्न ठाउँमा सभा, सम्मेलन र भेटघाटमा...

खुमबहादुर र भाजपा नेता एउटै मञ्चमा !

२०७१ फागुन ४ गते ६:१८

काठमाण्डु, ४ फागुन– सत्तारुढ भारतीय जनता पार्टीकी उपाध्यक्ष श्रीमती रेणुदेवीको नेतत्वमा एक उच्च स्तरीय भारतीय राजनीतिक टोली काठमाण्डु आइपुगेको छ । नेपाल–भारत सहयोग मञ्चको निमन्त्रणमा सत्तारुढ भाजपाका वरिष्ठ नेताहरु, भारतका विभिन्न प्रदेशका विद्यायकहरु, साँसद लगायतका उच्चस्तरीय भारतीय राजनीतिक टोली काठमाण्डु आइपुगेको हो । टोलीमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us