स्विस बैंकमा पैसा लुकाउने आठजना खोजिरहेका छौः सिंह

काठमाण्डु टुडे २०७१ फागुन ४ गते ६:३३ मा प्रकाशित

prakashmanकाठमाण्डु, ४ फागुन– उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले स्विस बैंकमा पाँच अर्ब ४० करोड बालो धन लुकाउने ८ नेपालीको खोजीमा सरकार लागेको बताएका छन् ।

रिपोर्टर्स क्लबले सोमबार गरेको साक्षात्कारमा उनले स्विस बैंकमा लुकाइएको रकम कानुनअनुसार फितौ गरिने दाबी गरेका हुन् ।

‘स्विस बैंकमा नेपालीहरुले लुकाएको कालो धनको सरकारले छानबिन गर्छ’, सञ्चारकर्मीको जिज्ञाशामा उनले भने, ‘सरकार भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीतिमा अघि बढेको छ ।’

सिंहले सरकारले स्विस बैंकमा लुकाएर राखिएको भनिएको रकम सार्वजनिक गर्न र फिर्ता ल्याउने प्रक्रिया अघि बढाइसकिएको जिकिर गरे ।

उनले भने–‘यदि कसैले गैरकानुनी रुपमाकालो धन राखेको छ भने त्यसलाई नेपालको कानुनबमोजिम छानबिन गरेर सार्वजनिक गर्न सरकार प्रतिबद्ध छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us