१८ घण्टापछि निक्लियो कोइलाखानीबाट शव

काठमाण्डु टुडे २०७१ फागुन ४ गते ८:०७ मा प्रकाशित

दाङ, ४ फागुन– कोइलाखानीमा च्यापिएर मृत्यु भएका एक मजदुरको १८ घण्टापछि शव बाहिर निकालिएको छ ।

 

दाङको स्युजा गाविस–३ विजयखर्कमा रहेको कोइलाखानीमा ढिस्को खसेर च्यापिएर मृत्यु भएका सैघा गाविस–७ बाम्लाका ४५ वर्षीय भिमकान्त रावतको सोमबार विहान शव निकालिएको हो ।

कोइलाखानीमा थुनिएका नारायण पुन र गोपाल विक घाईते अवस्थामा आइतबार नै कोइलाखानीबाट बाहिर निस्किन सफल भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us