समाचार

संघीय राज्यले देश कमजोर हुँदैन : अध्यक्ष राई

२०७१ फागुन ३ गते ६:०५

खोटाङ, ३ फागुन– सङ्घीय समाजवादी पार्टी नेपालका अध्यक्ष अशोकुमार राईले काँग्रेस र एमालेको दोधारे प्रवृत्तिले संविधान निर्माणमा सहमति हुन नसकेको बताएका छन् । सङ्घीय समाजवादी पार्टीको किराँत प्रदेश समिति घोषणासभालाई आज सम्बोधन गर्दै अध्यक्ष राईले यस्तो बताएका हुन् । उनले कांग्रेस–एमालेलगायतका दलले बहुमतको आधारमा...

सभासद्का छोरीज्वाइँले गरे कमलरीलाई एक लाखभन्दा बढीको सहयोग

२०७१ फागुन ३ गते ५:५६

काठमाण्डु, ३ फागुन – सभासद् रामेश्वर फुयाँलका नवविवाहिता छोरी र ज्वाइँले दाङका कमलरीलाई शनिबार रु एक लाख तीन हजार आर्थिक सहयोग प्रदान गरेका छन् । फुयाँलकी छोरी समीको वैवाहिक कार्यक्रममा वर योगेश कोइरालाले रु ५३ हजार तथा बधूले ५० हजार उपहार पाएका थिए ।...

अछाममा जन्मियो आन्द्रा, मुटु र फोक्सो बाहिर भएको बालक !

२०७१ फागुन ३ गते ५:४८

अछाम, ३ फागुन– अछामको रानीवन गाविसमा एक अनौठो बालकको जन्म भएको छ । गएराति रानीवन उपस्वास्थ्य चौकीमा अनौठो रुपमा जन्म लिएका बालकको आन्द्रा, मुटु र फोक्सो शरीरको बाहिरी भागमा रहेको छ । रानीवन गाविसका स्थानीयवासी लालुराम जैसी र परुदेवी जैसीको सन्तानका रुपमा ती बालकको...

४५ केजी गाँजासहित तीन जना पक्राउ

२०७१ फागुन ३ गते ५:३६

नवलपरासी, ३ फागुन– नवलपरासीको दुम्किबासबाट प्रहरीले ४५ किलो गाँजासहित तीन जनालाई शनिबार पक्राउ गरेको छ । दुम्किबासबाट बर्दघाटतर्फ लाँदै गरेको अवस्थामा प्रहरीले करिब ४५ किलो परिमाणमा दुई बोरा गाँजासहित नवलपरासी दाउन्नेदेवी–६ निवासी ४२ वर्षीय धनबहादुर तामाङ तथा अर्खला–५ का १९ वर्षीय अनन्त सिंजापति र...

संविधान निर्माणका लागि सहमतिको विकल्प छैन : गच्छदार

२०७१ फागुन ३ गते ५:२८

महोत्तरी, ३ फागुन । मधेसी जनअधिकार फोरम नेपाल, लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले सर्वपक्षीय संविधान निर्माणका लागि राष्ट्रिय सहमतिको विकल्प नरहेको बताएका छन् । शनिबार राति महोत्तरीको सदरमुकाम जलेश्वरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेता गच्छदारले नयाँ संविधान मधेसी, आदिवासी जनजाति, महिला, मुसलमान, पिछडिएको क्षेत्र तथा...

एमाओवादी मोर्चाद्वारा देशभर प्रशासन घेराउ

२०७१ फागुन ३ गते ५:०१

काठमाण्डु, ३ फागुन– एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाका कार्यकर्ताले आइतबार देशभरका जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका छन् । पूर्वघोषित आन्दोलनका कार्यक्रमअनुसार मोर्चाले बिहान ९ देखि १० बजेसम्म एक घण्टा धर्ना दिएको हो । सत्तापक्षले विगतका सहमति र सम्झौताविपरीत संविधान लेखनको बहुमतीय प्रक्रिया अघि...

हराएका भनिएका ल्यारक्याले लिने भए सपथ

२०७१ फागुन ३ गते ४:५२

काठमाण्डु, ३ फागुन– एमाओवादी सिफारिसमा सभासद् नियुक्त भएका ल्यारक्याल लामाले आज सपथ लिने भएका छन् । उनलाई साढे १२ बजे सभाध्यक्ष सुवास नेम्वाङले सिंहदरबारमा सपथ खुवाउने कार्यक्रम छ । यसअघि संसद सचिवालयका अधिकारीको हवाला दिँदै केही सञ्चार माध्यमले सपथका लागि पटकपटक प्रयास गर्दा पनि...

विप्लवलाई उछिन्दै एमाओवादीमा फौजी कार्यदिशा माग गर्ने को ?

२०७१ फागुन ३ गते ४:०५

काठमाण्डु, ३ फागुन– नेक्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले ‘सशस्त्र क्रान्ति’ गर्ने बताइरहेका बेला एकीकृत माओवादीभित्र समेत फौजी कार्यदिशाबारे बहस सुरु भएको छ । स्थायी समिति सदस्य गोपाल किरातीले हालै सम्पन्न केन्द्रीय समितिको पूर्ण बैठकमा फौजी कार्यदिशासम्बन्धी प्रस्ताव दर्ज गराएका हुन् । किरातीले आफ्नो ‘राष्ट्रिय...

केवरत जातिको आदिवासीमा सूचीकृत माग

२०७१ फागुन ३ गते २:०७

मोरङ ३ फागुन– केवरत जातीय समाजले आफुहरुलाई आदिवासी जनजातिमा सूचीकृत गर्न सरकारसँग माग गरेको छ । मोरङको रङ्गेलीमा शनिबार आयोजित पत्रकार सम्मेलनमा समाजका अध्यक्ष चतुर्भुजलाल दासले सरकारले केवरत जातिको भाषा शब्द सङ्ग्रहसमेत प्रकाशन गरेको र यो समुदायको आफ्नै धर्म, भाषासंस्कृति थातथलो रहेकाले आफुुहरुलाई मधेसी...

प्रणय दिवसमा छाङ्छाका प्रेमगीत

२०७१ फागुन ३ गते २:०३

  काठमाडु,३ फागुन – प्रणय दिवसका उपलक्ष्यमा अलग अभियान नामक संस्थाले शनिबार ललितपुरमा प्रेमसम्बन्धी गीत तथा कवितावाचन कार्यक्रमको आयोजना ग¥यो । कार्यक्रममा कवि तथा नियात्राकार जय छाङ्छाले आफ्नो कवितासङ्ग्रह ‘छाङछाका प्रेमगीत’बाट सात कविता वाचन गर्नुभयो । उहाँको सो सङ्ग्रह नेपालमा प्रेम कविताको पहिलो सङ्ग्रह...

खोटाङमा गर्भवती युवतीको हत्यापछि जलाइएको खुलासा

२०७१ फागुन ३ गते १:३२

खोटाङ, ३ फागुन– जलेर मृत्यु भएको भनिएकी खोटाङकी एक युवतीको हत्यापछि जलाइएको खुलासा भएको छ । फेदी–४ की २२ वर्षीया निर्मला भन्ने सुष्मा राईको हत्यापछि जलाइएको प्रहरीले जनाएको छ । गत माघ २ गते राति २ बजे उनकै श्रीमान् २४ वर्षीय सुदीप राईले हत्या...

दुई नेपालीले जिते अन्तर्राष्ट्रिय अवार्ड

२०७१ फागुन ३ गते १:२४

काठमाण्डु, ३ फागुन– अस्कर इन्टरनेशनल अध्ययनरत विद्यार्थी नव विजय प्रकाश श्रेष्ठ र सरद महतो व्याङ्ककमा आयोजित ‘द अमेजिङ थाइल्यान्ड फिल्म च्यालेन्ज, २०१५’ प्रतियोगितामा उपाधि हात पार्न सफल भएका छन् । थाइल्यान्डको पर्यटन वोर्डद्धारा आयोजित उक्त प्रतियोगितामा श्रेष्ठले अभिनय, सम्पादन र निर्देशन तथा महतोले छायाकंन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us