समाचार

परराष्ट्रमन्त्री पाण्डेद्धारा संवादका लागि विपक्षी दलहरुलाई आग्रह

२०७१ फागुन २ गते १३:५५

काठमाण्डु,२ फागुन- परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले संविधानका विवादित विषयमा प्रक्रिया अगाडि बढ्दै गर्दा सहमतिको पनि उत्तिकै सम्भावना भएकोले संवादका लागि दलहरुसँग आग्रह गरेका छन् । नेपाल युवा समाजद्वारा शनिबार आयोजित ‘सहमति,सहकार्य र एकता,राष्ट्रका निम्ति आवश्यकता’ विषयक अन्तक्र्रियामा उनले संविधान निर्माणको निम्ति दलहरुले आ–आफ्नो हठ...

कलैयामा आन्दोलनकारी र प्रहरीबीच झडप

२०७१ फागुन २ गते १३:२५

बारा,२ फागुन-विभिन्न सरकारी कार्यालय बाराको कलैयाबाट सिमरा सार्ने निर्णयको विरोधमा उत्रिएका आन्दोलनकारी र प्रहरीबीच शनिबार झडप भएको छ । नेपाली काँग्रेसको पार्टी कार्यालय तोडफोड गर्न गएका आन्दोलनकारी र प्रहरीबीच भएको झडपमा प्रहरीले दर्जनौँ राउण्ड रवरको गोली प्रहार गर्दा दुवै पक्षका दर्जनौँ व्यक्ति घाइते भएका...

सडक बालबालिका हुनु रहर नभई बाध्यता

२०७१ फागुन २ गते १३:०७

काठमाण्डु,२ फागुन- झापा घर भएका १२ वर्षीय रुपक सापकोटा सानै हुँदा आमा दीलकुमारीले दोस्रो विवाह गरिन् ।  आमाले विवाह गरेलगत्तै बाबु बलदेवले पनि दोस्रो विवाह गरे । दीलकुमारी र बलदेव दुवै आपसमा मिल्न नसक्ने भएपछि अर्को विवाह गरे तर रुपकको कुनै वास्ता गरेनन् ।...

मानवअधिकार भनेको मन्त्रीको गाला चड्काउनु र गाडी तोडफोड गर्नु होइनः अध्यक्ष ओली

२०७१ फागुन २ गते १२:५२

काठमाण्डु,२ फागुन- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मानवअधिकारकर्मी कुनै पनि दलको हतियार बन्न नहुने बताएका छन् । मानवअधिकार एलाइन्सको चौथो राष्ट्रिय महाधिवेशनको शनिबार उद्घाटन गर्दै उनले मानवअधिकार भनेको मानवीय हितका लागि हुनाले राजनीतिक पार्टी र दलको हतियार बन्न नहुनेमा जोड दिए । अध्यक्ष...

पिकनिक मनाएर फर्किएको बस दुर्घटना, १० जना घाइते

२०७१ फागुन २ गते १२:४१

भक्तपुर,२ फागुन- पिकनिक मनाएर फर्कदै गरेको बस शनिबार दुर्घटना हुँदा १० जना घाइते भएका छन् । भक्तपुरको नगरकोटस्थित जितपुरमा पिकनिक मनाएर फर्कदै गरेका बौद्धमार्गीहरु दुर्घटनामा परेका हुन् । ३४ जना बौद्धमार्गीहरु रहेको सो बस सडकबाट ५० फिट तल खसेको बताइएको छ । काठमाण्डुको रविभवनस्थित...

सडीगलेको अवस्थामा मानव खप्पर फेला

२०७१ फागुन २ गते १२:३३

सुनसरी, २ फागुन– ईनरुवा नगरपालिका–७ मा सडीगलेको अवस्थामा ३ वटा मानब खप्पर फेला परेका छन् । वारीमा गाडेको अवस्थामा सप्तरी बक्धुवा–५ बस्ने ५० वर्षीय इद्रिस खलिखाप, उनकी ४५ वर्षीया श्रीमती जैतुन खातुन र छोरी १८ वर्षीया सहिरुना खातुनको कंकाल फेला परेको प्रहरीले जनाएको छ...

फागुन ७ मा प्रजातन्त्रका सेनानी सम्मानित हुँदै

२०७१ फागुन २ गते १२:०८

काठमाण्डु,२ फागुन- नेपाल प्रजातन्त्र सेनानी सङ्घले २००७ सालदेखि २०१७ सालसम्मको प्रजातन्त्रको प्राप्ति र त्यसपछिका सङ्घर्षमा अनवरत समर्पित रहने ७५ वर्षभन्दा माथिका प्रजातन्त्र सेनानीलाई फागुन ७ गते सम्मान गर्ने भएको छ । सङ्घले प्रधानमन्त्री सुशील कोइराला,भूमिश्वर सापकोटा,रामहरि जोशी,कुलबहादुर गुरुङ,द्रौपदा शर्मा पोखरेल,मैयादेवी श्रेष्ठ,नुतन थपलिया,बुद्धिकुमार बतासलगायत २...

भ्यालेन्टाइन्स डेकै दिन प्रधानमन्त्रीले दिए राजीनामाको ‘गफ’

२०७१ फागुन २ गते १२:००

काठमाण्डु, २ फागुन– प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माण गरेर अनि प्रधानमन्त्री पदबाट राजीनामा दिने दाबी गरेका छन् । भ्यालेन्टाइन्स डेको दिन शनिबार बुटवल पुगेका प्रधानमन्त्रीले कुर्चीसँग लत्रेर नबस्ने बताएका हुन् । रुपन्देहीको यज्ञोदय बहुमुखी क्याम्पस फर्साटिकरमा भएको कार्यक्रममा प्रधानमन्त्रीले संविधान जारी गर्ने उद्देश्य पूरा...

संविधानसभा छाडेर सडक तताउनुको कुनै अर्थ छैन : उपप्रधानमन्त्री सिंह

२०७१ फागुन २ गते ११:५०

पर्वत, २ फागुन– उपप्रधान एव सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले संविधानसभा छाडेर सडकमा जाँदैमा संविधान जारी नहुने बताएका छन् । पर्वतको कुश्माबजार र बागलुङको बलेवा जोड्ने नेपालकै अग्लो वडागाउँ–कैया झोलुङ्गे पुलको आज उद्घाटन गर्दै उपप्रधान मन्त्री सिंहले सकेसम्म सहमतिबाट नत्र प्रक्रियामा...

बसभित्रै वेहोस भएर चौधरीका मृत्यु

२०७१ फागुन २ गते ११:४३

  चितवन, २ फागुन– पोखराबाट नेपालगंजतर्फ जाँदै गरेको ना३ख ३४८५ नम्बरको बसमा सवार एक जनाको मृत्यु भएको छ । भरतपुर नगरपालिका–४ पुल्चोक पुग्दा अचानक बेहोस भएका बसका यात्री बाँके महादेबपुरी–५ बस्ने २४ वर्षीय शिवप्रसाद चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।   उनको सरकारी...

प्रहरी फायरमा छट्टुको मृत्यु

२०७१ फागुन २ गते ११:३७

सर्लाही, २ फागुन– प्रहरी र चार जनाको समूहमा आएका अपराधीबीच खैरवा बर्हुवा–९ धुर्बघाटमा फायरिङ हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कर्तव्यज्यान मुद्धाका फरार अपराधी रौतहट पिप्रहा रजहडा–८ बस्ने ४० वर्षीय छट्टु सहनीको रहेको प्रहरलिे जनाएको छ । बिशेष प्रहरी टोलीलाई लक्षित...

संविधानसभामा सदस्य संख्याका आधारमा सहमति हुन्छ : सञ्चारमन्त्री

२०७१ फागुन २ गते ११:२०

मकवानपुर, २ फागुन– सूचना तथा सञ्चारमन्त्री डा. मीनेन्द्र रिजालले अब दलहरुबीच संविधानसभामा रहेको सदस्य संख्याको आधारमा सहमति हुने बताएका छन । रिपोट्र्स क्लब नेपाल मकवानपुर शाखाद्वारा आयोजित सहिद वाशुदेब घिमिरे स्मृत्ति पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले सहमतिमै संविधान जारी हुने भन्दै त्यसकै...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us