विराटनगर, १७ पुस– विराटनगर भन्सार कार्यालयले नेपाल–भारत सीमा जोगवनी नाकाबाट नेपाल भित्रिने मालबाहक सवारी साधनको क्षमता निर्धारण गरेको छ । साथै तोकिएभन्दा बढी क्षमता बोकी नेपाल प्रवेश गर्ने मालवाहक सवारी साधनलाई यही पुस २५ गतेदेखि अनिवार्यरूपमा भन्सार बिन्दुबाट नियन्त्रणमा लिने विराटनगर भन्सार कार्यालय रानीले...
काठमाण्डु, १७ पुस – नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले संविधानसभाबाट राजीनामा दिएर बाहिरिन एकीकृत नेकपा माओवादीलाई आग्रह गरेका छन् । माओवादी सम्बद्ध अखिल (क्रान्तिकारी)को केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकलाई बुधबार सम्बोधन गर्दै अध्यक्ष वैद्यले संविधानसभाबाट जनताको पक्षमा संविधान लेखिने सम्भावना नरहेको हुँदा पदका लागि लुछाचुँडी...
सोलुखुम्बु, १७ पुस । सामान्यतया माघ महिनाको मध्यबाट स्याउमा फूल फुल्न थाल्छ तर जिल्ला बागवानी केन्द्र फाप्लुमा भने अहिले स्याउ फुलेको मात्र हैन फल समेत लागिसकेको छ । केन्द्रको बगानमा रहेको लोचेलिङ जातको स्याउको बोटमा मङ्सिरमा फूल फुलेको र अहिले फल लाग्न थालेको बागवानी...
बारा, १७ पुस – सशस्त्र हतियारधारी समूहको गोली प्रहारबाट गम्भीर घाइते भएका बारा जीतपुरका व्यवसायीको उपचारको क्रममा मृत्यु भएको छ । वीरगन्ज पथलैया औद्योगिक करिडोरअन्तर्गत बाराको जितपुर भवानीपुर गाविस–३ मा बुधबार मध्यान्ह गोली प्रहारबाट गम्भीर घाइते भएका ट्रक व्यवसायी जितपुर–३ का ३५ वर्षीय अफताब...
सल्यान, १७ पुस–सल्यानको बाँझकाँडामा बुधबार विहान यात्रुबस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । अन्य ७ जना घाइते भएका छन् । काठमाण्डुबाट रुकुमका लागि छुटेको लु १ ख ८२९० नम्बरको रात्रीबस सडकबाट झण्डै १ सय मिटर तल शारदा खोलामा खसेको छ । दुर्घटनामा...
काठमाण्डु, १७ पुस– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचन आयोगमा समानुपातिकतर्फका सभासदको सूची निर्वाचन आयोगमा बुझाएपछि पार्टीभित्र बढेको असन्तुष्टि समाधानको प्रयासमा आन्तरिक छलफल थालेका छन् । उनले बुधबार असन्तुष्ट नारायणकाजी श्रेष्ठसहित उनीपक्षधर नेताहरुसँग छलफल गरेका छन् । आफ्नै निवास लाजिम्पाटमा भएको छलफलमा...
काठमाण्डु, १७ पुस- समानुपातिक सभासद चयनमा असन्तुष्टि जनाउँदै कालिकोटबाट संविधानसभामा प्रत्यक्ष निर्वाचित सभासद तथा एमाओवादी केन्द्रीय सदस्य महेन्द्रबहादुर शाहीसहित ११ जनाले सामूहिक राजीनामा दिएका छन् । समानुपातिक सभासद छनोट गर्दा कर्णाली क्षेत्रलाई उपेक्षा गरिएको भन्दै उनीहरुले राजीनामा दिएका हुन् । राजीनामा दिनेमा शाहीसहित, केन्द्रीय सदस्य जीवन...
पर्सा, १७ पुस – वीरगन्जको सम्झना होटलमा बुधबार एकीकृत नेकपा माओवादी पर्साका नेता कार्यकर्ताले आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टीकै युवाहरुले हस्तक्षेप गरी पार्टी नेतृत्वको विरोध गर्नेलाई कुटपिट गरेका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन आयोगमा बुझाएको समानुपातिकको सूची सच्याउनुपर्ने मागसहित एमाओवादी पर्साका योगेन्द्र...
उदयपुर, १७ पुस – उदयपुरको पश्चिमी पहाडी गाविस रुपाटार क्षेत्रमा प्रहरीले १२० रोपनी क्षेत्रफलमा लगाइएको अवैध गाँजाखेती नष्ट गरेको छ । प्रहरी चौकी रुपाटारबाट खटिएको ११ जनाको प्रहरी टोलीले पुस ३ गतेदेखि १३ गतेसम्म रुपाटारको विभिन्न वडामा १२० रोपनी क्षेत्रफलमा लगाइएको अवैध गाँजाखेती फडानी...
जाजरकोट, १७ पुस – जाजरकोटको विभिन्न भागमा भारी हिमपात भएको छ । जिल्लाको नायकबाडा, रोकायगाउँ, रामीडाँडा, भगवती, टालेगाउँ, ढिमे र पैकमा हिमपात भएको हो । हिमपातसँगै बढेको चिसोका कारण जिल्लाको जनजीवन प्रभावित भएको स्थानीय वासिन्दाले बताएका छन् । चिसोका कारण विद्यालय पनि बन्द भएको...
काठमाण्डु, १७ पुस – संघीय समाजवादी पार्टीले समानुपातिकतर्फका सभासदहरुको टुंगो लगाएको छ । पार्टीको बुधबार बसेको केन्द्रीय समिति बैठकले अध्यक्ष अशोक राईसहित पाँच जनाको नाम तय गरेको हो । सोमबारसम्मको समयसीमामा सूची बुझाउन नसकेकोको समाजवादीले बुधबार सूची बुझाउने तयारी गरेको छ । संविधानसभाको चुनावमा...
दार्चुला, १७ पुस – दार्चुलाका सामुदायिक विद्यालयमा केही वर्षदेखि छात्राको सहभागिता बढ्दै गएको छ । गाउँ–गाउँमा विद्यालयको पहुँच हुनुका साथै छोरीलाई पनि विद्यालय पठाउनुपर्छ भन्ने अभिभावकहरुमा चेतना बढेपछि पछिल्ला वर्षमा सदरमुकामका विद्यालयमा मात्र नभई दुर्गम गाउँका विद्यालयमा पनि छात्राको सङ्ख्या बढ्दै गएको जिल्ला शिक्षा...