समाचार

अछाममा लघुजलविद्युत् अवरुद्ध

२०७१ फागुन ३ गते ९:०१

अछाम,३ फागुन– अछामको दर्ना गाविसमा रहेको लघुजलविद्युत् अवरुद्ध भएको छ । जलविद्युत् आयोजना विगत १५ दिनदेखि अवरुद्ध भएको हो । पावर मेसिनमा समस्या आएका कारण विद्युत् अवरुद्ध भएको स्थानीयले बताएका छन् । विद्युत् अवरुद्ध भएपछि स्थानीय उपभोक्त अन्धकारमा बस्न बाध्य भएका छन् । ८३...

निःशुल्क नगर्ने निजी अस्पतालबाट दश प्रतिशत आम्दानी लिनुपर्छः अधिकारी

२०७१ फागुन ३ गते ८:५४

चितवन,३ फागुन– स्वास्थ्य मन्त्री खगराज अधिकारीले दश प्रतिशत निःशुल्क उपचार नगर्ने निजी अस्पतालबाट कुल कारोबारको दश प्रतिशत आम्दानी सरकारले लिने बताएका छन् । नेपाल नेत्रज्योति सङ्घ चितवन शाखाको सत्रौँ साधारणसभा एवम् भरतपुर आँखा अस्पतालको नवनिर्मित कक्षको आइतबार उद्घाटन गर्दै उनले निजी अस्पताल र चिकित्सकले...

आफू विदेश छँदा श्रीमती गर्भवती भएपछि घर फर्केर हत्या

२०७१ फागुन ३ गते ८:५४

खोटाङ, ३ फागुन– आफू विदेशमा भएको बेलामा गर्भवती भएकी श्रीमतीलाई खोटाङमा एक युवाले घर फर्केर हत्या गरेको खुलेको छ । जलेर मृत्यु भएको भनिएकी खोटाङकी निर्मला राईलाई उनकै श्रीमानले हत्या गरेको प्रहरीले जनाएको छ । फेदी–४ की २२ वर्षीया निर्मला भन्ने सुष्मा राईको हत्यापछि...

पेपर मिलको दूषित पानीले आधा दर्जन गाविस प्रभावित

२०७१ फागुन ३ गते ८:४४

महोत्तरी,३ फागुन– धनुषाको महेन्द्रनगरमा अवस्थित एभरेस्ट पेपर मिलबाट निस्केको दूषित पानीका कारण महोत्तरीका आधा दर्जनभन्दा बढी गाविसवासी प्रत्यक्ष प्रभावित भएका छन् । एभरेस्ट पेपर मिल प्रालिले छेउमै रहेको औरही नदीमा वर्षौंदेखि उद्योगबाट निस्केको दूषित पानी मिसाएपछि महोत्तरीको सीतापुर,हरिणमरि,तपनपुर,खुट्टा,रतौँलीलगायतका आधा दर्जनभन्दा बढी गाविसको वातावरण दूषित...

विवादास्पद ल्यारक्यालले लिए सभासदको सपथ

२०७१ फागुन ३ गते ८:१६

काठमाण्डु, ३ फागुन– एमाओवादीबाट समानुपातिक सभासदमा निर्वाचित ल्यारक्याल लामाले आइतबार पद तथा गोपनियताको सपथ लिएका छन्। विवादास्पद छवि भएको भन्दै लामालाई सभासद सिफारिस गरेकोमा पार्टीभित्र चर्को विवाद हुँदै आएको थियो । सिंहदरबारमा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले लामालाई पद तथा गोपनियताको सपथ खुवाउने कार्यक्रममा एमाओवादी...

वैकल्पिक सडकको खोजीमा धुन्चेवासी

२०७१ फागुन ३ गते ८:०६

रसुवा,३ फागुन– गल्छी–स्याफ्रुबेँसी सडक मार्ग खोल्ने क्रम अघि बढेपछि सदरमुकाम जोड्ने नयाँ मार्गको खोजीकार्य अगाडि बढेको छ । मैलुङ–स्याफ्रुबेँसी सडक निर्माणको कार्य नेपाली सेनाबाट थालनी भई त्रिशूली नदी किनार हुँदै स्याफ्रुबेँसीतर्फ सवारीका साधन गुड्ने भएपछि सदरमुकाम जोड्ने नयाँ सडक निर्माणका लागि उपयुक्त स्थान खोजी...

धारपानी मेलामा विश्वकै ठूलो त्रिशूल हेर्नेको घुइँचो

२०७१ फागुन ३ गते ८:०४

बिमल योगी दाङ,३ फागनु– दाङको प्रसिद्ध धार्मिक एवं पर्यटकीय क्षेत्र पाण्डवेश्वर महादेव मन्दिर धारपानीमा आजदेखि महाशिवरात्री मेला सुरु भएको छ । विश्वकै ठूलो (५५ दशमलव ५ फिट अग्लो र आठ हजार १ सय १३ किलो तौल रहेको) त्रिशूल मन्दिर परिसरमा प्रतिस्थापन गरिएपछि यस वर्ष...

विपक्षी मोर्चासँग वार्ताको वातावरण बन्दैछः नेता देउवा

२०७१ फागुन ३ गते ७:५८

भद्रपुर,३ फागुन–  नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले एकीकृत नेकपा(माओवादी) नेतृत्वको मोर्चासँग सहमतिका लागि वातावरण तयार हुँदै गएको बताएका छन् । झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसँग आइतबार कुराकानी गर्दै नेता देउवाले सो कुरा बताएका हुन् । नेता देउवाले संविधानजस्तो महत्वपूर्ण विषयमा सबै पक्षलाई समेटेर लैजाने...

जिल्ला प्रशासन कार्यालयमा धर्ना तथा घेराउ

२०७१ फागुन ३ गते ७:४६

रौतहट,३ फागुन– संयुक्त जनआन्दोलन समिति रौतहटका पदाधिकारीहरुले आइतबार जिल्ला प्रशासन कार्यालय गौरमा धर्ना दिएका छन् । उनीहरुले बिहान १० बजेदेखि नै धर्ना दिएका हुन् । धर्ना दिएका कारण कर्मचारीहरुले कामकाज गर्न सकेका छैनन् । दैनिक काममध्ये नागरिकता, राहदानी,प्रतिलिपिलगायतका प्रशासनिक काम प्रभावित भएका छन् ।...

आगलागीमा पाँच चौपाया र एक मोटरसाइकल जलेर खरानी

२०७१ फागुन ३ गते ७:४२

विराटनगर,३ फागुन– मोरङमा गएराति १० बजे आगलागी हुँदा पाँच चौपायासहित  करिब पाँच लाख मूल्यबराबरका सामान जलेर नष्ट भएका छन् । राजघाट–६ बस्ने भीमबहादुर राईको ग्वालीमा अचानक आगलागी हुँदा सुँगुर चारवटा,बाछो एउटा र को १५ प ५२९० नम्बरको मोटरसाइकल जल्दा सो बराबरको क्षति भएको जिल्ला...

उपप्रधानमन्त्री सिंह भन्दछन्, ‘शान्ति सम्झौताको एक अभिन्न अंग संविधान’

२०७१ फागुन ३ गते ६:४२

स्याङ्जा, ३ फागुन– उपप्रधानमन्त्री एवं स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले विस्तृत शान्ति सम्झौताको एक अभिन्न पाटो संविधान निर्माण गर्नु रहेको बताउँदै एकीकृत नेकपा माओवादीले सडकबाट संविधान बनाउँछु भन्नु गैरजिम्मेवारीपूर्ण रहेको बताएका छन् । स्याङ्जाको मालुङ्गा गाविसमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको उद्घाटनका लागि आइतबार यहाँ...

१० किलो चाँदीसहित दुई युवक पक्राउ

२०७१ फागुन ३ गते ६:१४

सिराह, ३ फागुन–प्रहरीको गस्ती टोलीले गए राति सिरहा नगरपालिका–१६ स्थित सडकखण्डबाट १० किलोभन्दा बढी चाँदीसहित दुईजनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय माडरबाट खटिएको प्रहरी टोलीले माडरबाट सिरहातर्फ जाँदै गरेको यात्रुवाहक बसमा सवार भारतको मधुवनी रोगनी देहर–११ निवासी २४ वर्षीय राजीव कामती र...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us