विवादास्पद ल्यारक्यालले लिए सभासदको सपथ

काठमाण्डु टुडे २०७१ फागुन ३ गते ८:१६ मा प्रकाशित

काठमाण्डु, ३ फागुन– एमाओवादीबाट समानुपातिक सभासदमा निर्वाचित ल्यारक्याल लामाले आइतबार पद तथा गोपनियताको सपथ लिएका छन्।

lharkyal lama (2)
विवादास्पद छवि भएको भन्दै लामालाई सभासद सिफारिस गरेकोमा पार्टीभित्र चर्को विवाद हुँदै आएको थियो ।

सिंहदरबारमा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले लामालाई पद तथा गोपनियताको सपथ खुवाउने कार्यक्रममा एमाओवादी शीर्ष तहका नेताहरु अनुपस्थित थिए ।

दलित तथा मधेसी पृष्ठभूमिका सभासद् शम्भुहजारी पासवानको रिक्त रहेको पदमा एमाओवादीले लामालाई सिफारिस गरेको थियो ।
उनी दोहोरो नागरिकता र राहदानी विवादमा मुछिएका छन् । एमाओवादीले भने लामालाई विज्ञ व्यक्ति भएको जनाएको छ ।
लामाले भने आफूले कुनै गलत काम नगरेकाले प्रमाण ल्याउन चुनौती दिएका छन् । प्रमाण आएमा आफू कुनै पनि सजाए भोग्न तयार भएको उनले बताउँदै आएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us