समाचार

खाग तस्करीको अभियोगमा प्रजा पक्राउ

२०७१ फागुन ३ गते १४:१०

चितवन,३ फागुन– चितवन राष्ट्रिय निकुञ्जले दुर्लभ एकसिङ्गे गैँडाको खाग तस्करीको अभियोगमा फरार रहेका चितवनका एक व्यक्तिलाई पक्राउपछि सार्वजनिक गरेको छ ।  निकुञ्जले आइतबार पत्रकार सम्मेलन गरी चितवन कोराकका ३१ वर्षीय राजकुमार प्रजालाई सार्वजनिक गरेको हो । पत्रकारसँग प्रजाले आफैँले २० वटा गैँडा मारेर खाग...

असहज परिस्थितिलाई तत्कालन सम्बोधन गरः आयोग

२०७१ फागुन ३ गते १४:०३

काठमाण्डु,३ फागुन– राष्ट्रिय मानवअधिकार आयोगले सरकारी कार्यालय स्थानान्तरणको विषयलाई लिएर बारामा उत्पन्न असहज परिस्थितिको तत्काल सम्बोधन गर्न सरकारलाई निर्देशन दिएको छ । लोकतान्त्रिक परिपाटीमा असहमतिका विषयलाई शान्तिपूर्वक विरोध प्रदर्शन गर्न पाउने नागरिकको नैसर्गिक अधिकार भएपनि आफ्नो अधिकारको उपभोग गर्दा अरुको अधिकारमा असर नपरोस् भन्नेतर्फ...

चिनिया नागरिकलाई जेल सजाय

२०७१ फागुन ३ गते १३:१३

रसुवा,३ फागुन– अवैध रुपको रक्तचन्दन निकासी गर्न खोजेको अभियोग लागेका दुई चिनियाँ नागरिकलाई रसुवा जिल्ला अदालतले आइतबार जेल सजाय सुनाएको छ । जिल्ला न्यायाधीश राजु खतिवडाको एकल इजलासले चिनियाँ नागरिक टासी र अर्का लिउटाङलाई जनही छ महिना कैद र ५१ हजार २ सयका दरले...

मजदुरका माग पूरा गरेपछि सुरु भयो मस्र्याङ्दी ‘ए’को निर्माण कार्य

२०७१ फागुन ३ गते १२:५५

लमजुङ, ३ फागुन– मजदुर आन्दोलनका कारण एक सातादेखि बन्द भएको ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी–ए जलविद्युत आयोजनाको निर्माणकार्य सुचारु भएको छ । आयोजनामा कार्यरत मजदुरको माग व्यवस्थापन पक्षले पूरा गर्ने प्रतिवद्धता गरेपछि आइतबारदेखि निर्माणकार्य शुरु भएको हो । जिल्ला प्रशासन कार्यालयको समन्वयमा शनिबार बेसीशहरमा...

स्ववियु निर्वाचनको माग गर्दै उपकुलपतिलाई ज्ञापनपत्र

२०७१ फागुन ३ गते १२:४९

काठमाण्डु,३ फागुन– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले चैतभित्र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन गराउन माग गर्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा हीराबहादुर महर्जनलाई आइतबार ज्ञापनपत्र बुझाएको छ । वि.सं २०६५ देखि स्ववियु निर्वाचन नभएको भन्दै अनेरास्ववियुले चैतभित्र चुनाव गराउन समयसीमा दिँदै...

आइतबार बिहानदेखि सोलुखुम्बुमा हिउँ पर्दै

२०७१ फागुन ३ गते १२:३३

सोलुखुम्बु,३ फागुन– सोलुखुम्बुको सदरमुकामभन्दा माथिल्लो क्षेत्रमा आइतबार बिहानैदेखि हिउँ परिरहेको छ । जिल्लाको नाम्चे, खुम्जुङ तथा चौँरीखर्कका अधिकांश भू–भाग अहिले हिउँले ढाकेको छ भने सदरमुकाम दूधकुण्ड नगरपालिका, गोली,टाक्सिन्दु, जुभिङ, बुङ, वाकु, गोराखानी, केरुङ, टाप्टिङलगायतका गाविसका डाँडामा पनि हिउँ परेको छ । माथिल्लो क्षेत्रमा हिउँले...

आन्दोलनको बलले मात्रै सत्ताधारीको घमण्ड तोड्न सकिन्छ : प्रचण्ड

२०७१ फागुन ३ गते १२:३०

काठमाण्डु, ३ फागुन– एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले काँग्रेस–एमालेमा सत्ताको अहङ्कार र बहुमतको दम्भ रहेका कारण जनपक्षीय संविधान निर्माण हुन नसक्ने अवस्था आएको बताएका छन् । एमाओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा क्रान्तिकारी पत्रकार सङ्घको मध्यमाञ्चलको केन्द्रीय भेलालाई सम्बोधन गर्दै उनले मुलुकलाई राजनीतिक रुपमा अग्रमगनको दिशामा लैजाने...

खुकुरी प्रहार गरी हत्या गर्ने पक्राउ

२०७१ फागुन ३ गते १२:२८

सिन्धुपाल्चोक, ३ फागुन– खुकुरी  गरी हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तातोपानी­३ बस्ने ६४ बर्षीया शान्ति माया तामाङ रहेको प्रहरीले जनाएको छ । ६० बर्षीया चर्कुली थामी तामाङको टाउकोमा खुकुरी प्रहारबाट घाईते तामाङको उपचारका लागि काठमाण्डु लैजाने क्रममा...

दुव्र्यवहार गर्ने चार युवक पक्राउ

२०७१ फागुन ३ गते ११:५७

गौशाला,३ फागुन– महोत्तरी भटौलिया उपस्वास्थ्य चौकीमा कार्यरत महिला स्वास्थ्यकर्मी र महिला कार्यालय सहयोगीलाई कार्यालयमा पसी अश्लील गालीगलौज र दुव्र्यवहार गरेको आरोपमा प्रहरीले आइतबार चार युवकलाई पक्राउ गरेको छ । पक्राउपर्नेमा जिल्लाको भटौलिया गाविस–९ बस्ने मो।सरिफुल,समीम अन्सारी,मो।इलाकत र मो।इसराइल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी...

फागुन ६ देखि १० गतेसम्म औद्योगिक प्रदर्शनी हुने

२०७१ फागुन ३ गते ११:४१

काठमाण्डु,३ फागुन– लघु घरेलु तथा साना उद्यमीलाई आम उपभोक्ताबीच परिचित गराउने उद्देश्यले राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने भएको छ । आगामी फागुन ६ देखि १० गतेसम्म हुने सो प्रदर्शनीमा ढाका कपडाका उत्पादन,प्राकृतिक रेशाबाट उत्पादित वस्तु,छालाजुत्ता,हस्तकला,खाद्य,अर्गानिक, ऊनबाट निर्मित वस्तु तथा जडीबुटीका वस्तु राखिने आयोजकले जनाएको छ...

माथिल्लो तामाकोसीको धितोपत्र निष्काशन रद्द गर्न माग

२०७१ फागुन ३ गते ११:२०

चरिकोट,३ फागुन– माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको धितोपत्र निष्काशन रद्द गर्न माग गरिएको छ ।  धितोपत्र निष्काशन प्रक्रिया रद्द गर्न जिल्ला समन्वय समितिमा रहेका दोलखाका राजनीतिक दलहरुले माग गरेका हुन् । जिल्लाका राजनीतिक दलहरु रहेको सेयर बाँडफाँडसम्बन्धी जिल्ला समन्वय समिति दोलखाको शनिबार साँझ बसेको बैठकले...

प्राकृतिक स्रोतको संरक्षणका लागि जागरण अभियान

२०७१ फागुन ३ गते ११:०१

म्याग्दी,३ फागुन– म्याग्दीको बरङ्जा गाविसका बासिन्दा प्राकृतिक स्रोतको संरक्षण गरी भूक्षयको सम्भावित जोखिम न्यूनीकरणका लागि जागरुक भएका छन् ।  मानवीय र प्राकृतिक कारणले हुने सम्भावित भूक्षयको क्षति न्यूनीकरणका लागि बरङ्जाका बासिन्दाले प्रत्येक वडामा प्राकृतिक स्रोत संरक्षणसम्बन्धी एकीकृत योजना तयार गरी सोही अनुसारका गतिबिधि सञ्चालन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us