काठमाण्डु,४ फागुन- महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनार्थीहरुको चापलाई दृष्टिगत गरेर विशेष सवारी व्यवस्थापनको मार्गचित्र सार्वजनिक गरेको छ । शिवरात्रिलाई ध्यानमा राखेर महाशाखाले चाबहिलबाट गौशाला,पुरानो बानेश्वरबाट गौशाला, ज्ञानेश्वरबाट रातोपुल हुँदै गौशालातर्फ सवारी प्रवेशलाई निषेध गरिएको छ । त्यस्तै,द्धारिका होटलको उत्तरतर्फको शाखा...
बझाङ,४ फागुन- खप्तड राष्ट्रिय निकुञ्जले निर्माण कार्य सञ्चालन गर्न नदिएपछि माझी गाविसमा पाँच करोड लागतमा बन्न लागेको बामेली सिँचाइ आयोजनाका अलपत्र परेको छ । मुहान निकुञ्जभित्र भएकाले जङ्गलको क्षति हुने भन्दै निर्माण अघि बढ्न नदिँदा आयोजना अलपत्र परेको हो । ६ किलोमिटर लम्बाइ रहेको...
पाँचथर,४ फागुन- नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले मुलुकमा संविधान जारी नभएसम्म लगानी गर्ने वातावरण नभएको बताएका छन् । पाँचथरको फिदिममा सोमबार बिहान मार्गदेवी जैविक कफी उद्योग प्रालिको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । जैविक वस्तुको माग अन्तर्राष्ट्रिय बजारमा बढेकाले यसको उत्पादन...
पाँचथर,४ फागुन- नेपाली काँग्रेसका युवा नेता गगन थापाले देशलाई मुठभेडमा जान नदिन सत्ता पक्ष र विपक्ष दुवै लचक भएर प्रस्तुत हुनुपर्ने बताएका छन् । पाँचथरको फिथिम आइपुृगेका नेता थापाले सोमबार बिहान सो कुरा बताएका हुन् । एकीकृत नेकपा (माओवादी)लगायतको मोर्चालाई जसरी भएपनि संविधानसभामा ल्याइने...
महोत्तरी, ४ फागुन- महोत्तरीको जलेश्वरमा रेस्टुरेन्ट सञ्चालन गरी अश्लील क्रियाकलाप गराउने गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रेस्टुरेन्ट सञ्चालक भारत विहारको सुरसण्ड विरख घर भइ हाल जलेश्वर-४ बस्ने राजीवरञ्जन कुमार, उनकी पत्नी अनिता चौधरी र रेस्टुरेन्टमा काम गर्ने तीनजना युवती...
काभ्रेपलाञ्चोक, ४ फागुन– काभ्रेपलाञ्चोकमा मिर्गौला बेचबिखन गर्न बाध्य भएका परिवारका चार जना बालबालिकालाई स्थानीय विद्यालयमा छात्रवृत्ति प्रदान गरिएको छ । उनीहरुलाई जनअधिकार संरक्षण मञ्च ९पिपिआर० को पहलमा विद्यालयको पोसाकसहित स्टेसनरी सामग्रीसमेत प्रदान गरिएको मञ्चकी जिल्ला संयोजक कृष्णप्यारी नकर्मीले जानकारी दिए। काभ्रेपलाञ्चोकको ज्याम्दी, जैसीथोक र...
मेलम्ची,४ फागुन- सिन्धुपाल्चोक जिल्लाको गाउँ–गाउँमा आयोडिनयुक्त नुनको प्रयोग बढाउन प्रदर्शन विधि प्रभावकारी मानिएको छ । आयोडिनयुक्त नुनले शारीरिक शक्ति र मानसिक फूर्ति बढाउने भन्दै ‘म्याक्स प्रो’कार्यक्रमले जिल्लाको गाउँ–गाउँमा विविध कार्यक्रममार्फत प्रदर्शन गरिएपछि यो विधि प्रभावकारी मानिएको हो । गाउँघरमा ढिके नुनको प्रयोग गर्नेहरु प्रशस्त...
मुस्ताङ,४ फागुन- मुस्ताङमा नेपाली नागरिकता प्रमाणपत्रभन्दा दोब्बर राहदानी वितरण हुने गरेको छ । पछिल्लो ६ महिनाको अवधिमा नागरिकताभन्दा राहदानी बढी वितरण भएको हो । जिल्ला प्रशासन कार्यालय मुस्ताङका अनुसार,साउनदेखि माघ मसान्तसम्म ४७९ वटा राहदानी र २६० वटा नागरिकताको प्रमाणपत्र जारी भएको छ । सहायक...
लम्की,४ फागुन- कैलालीको घोडाघोडी नगरपालिका–१ घोडाघोडी मन्दिर परिसरमा निर्माणाधीन हयग्रिब (लक्ष्मीनारायण) भगवानको मन्दिर जिल्ला वन कार्यालय कैलालीले डोजर लगाएर भत्काएको छ । राष्ट्रिय वनको क्षेत्रमा मन्दिर निर्माण गरिएको भन्दै जिल्ला बनले भत्काएपछि विराट सनातन धर्म संस्कृति संरक्षण संबद्र्धन प्रतिष्ठानले आपत्ति जनाएको छ । सीमसार...
भक्तपुर, ४ फागुन – मध्यपुरथिमि नगरपालिका–१६ लोकन्थलीस्थित दुईवटा उद्योगमा आइतबार राति भीषण आगलागी हुँदा ७५ लाख बराबरको क्षति भएको छ । लोकन्थलीको काठमाण्डु उपत्यका खानेपानी लिमिटेडसँगै रहेको उप्रेती कटन इन्डस्ट्रिज र गणेश कपास उद्योगमा एकैपटक आगलागी भएको हो । आगलागीबाट दुईवटै उद्योगको ६ वटा...
भद्रपुर,४ फागुन- झापामा १३ प्रतिशत मानिसमा हात्तीपाइले रोगको असर रहेकाले फागुन महिनाको २३,२४ र २५ गते हात्तीपाइले रोग र जुकाको औषधि एकसाथ खुवाइने भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय झापाले लगभग सात लाख ८२ हजार ३६४ जनालाई ती औषधि खुवाउने लक्ष्य लिएको छ ।...
चितवन,४ फागुन- असहाय र घाइते वन्यजन्तुका लागि नेपालमै पहिलो वन्यजन्तु उद्धार तथा पुनःस्थापना केन्द्र चितवनमा निर्माण हुने भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले चितवनको सौराहा आसपास क्षेत्रमा यस्तो पुनःस्थापना केन्द्र निर्माणको पहल थालेको हो । विभागका महानिर्देशक टीकाराम अधिकारीले कुमरोजका लागि प्रस्ताव...