समाचार

अगुल्टोको प्रहारबाट श्रमिकको मृत्यु

२०७० फागुन १२ गते १०:२६

बागलुङ, १२ फागुन – जिल्लाको हुग्दीशिर गाविसमा अगुल्टाको प्रहारबाट एक मजदुरको ज्यान गएको छ । हुग्दीशिर–४ स्थित शान्ति थापाको घरमा डेरा गरी बस्ने पाल्पा जिल्ला झुठापौवा गाविस–९ घर भएका २४ वर्षीय सुपन पुनको मृत्यु भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार घरधनी थापाले हानेको...

लागुऔषधको मुद्दामा वृद्धि

२०७० फागुन १२ गते १०:१४

चितवन, १२ फागुन – पछिल्लो समय चितवनको बाटोबाट लागुऔषध ओसारपसार बढेको देखिएपछि प्रहरीले सक्रियता बढाएको छ । गत वर्षको तुलनामा यो वर्ष सङ्ख्यात्मक हिसाबमा मुद्दा दर्ता र पक्राउ सङ्ख्या झन्डै दोब्बर पुगेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार जिल्लामा चालु आर्थिक वर्षको...

सुन्ने एक, भन्ने अनेक !

२०७० फागुन १२ गते १०:०१

काठमाण्डु, १२ फागुन – व्यवस्थापिका संसद्को बैठकमा सभासद्हरुले धेरै विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । तर, सुन्ने एक जना विना विभागिय मन्त्री रामशरण महत मात्र थिए । मन्त्री परिषद् विस्तार नहुँदा सबै सभासद्ले हरेक मन्त्रालयसँग सम्बन्धित रहेर ध्यानाकर्षण गराउँदा एक जनाले मात्र सुन्न परिरहेको...

सुरक्षा विशेष समिति गठन

२०७० फागुन १२ गते ९:४४

काठमाण्डु, १२ फागुन – व्यवस्थापिका संसद मातहत रहनेगरी सुरक्षा विशेष समिति गठन भएको छ । सोमबार बसेको व्यवस्थापिका संसदको बैठकले कार्यसञ्चालन नियमावली ०६५ को नियम ११७ अनुसार ८१ सदस्यीय समिति गठन गरेको हो । यस समितिले प्राकृतिक विपत बाहेकको अवस्थामा सेना परिचालन गर्नुप परेमा...

बसको ठक्करबाट एकको ज्यान गयो

२०७० फागुन १२ गते ८:०५

चितवन, १२ फागुन – चितवनको माडीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । ठोरीतर्फ जाँदै गरेको ना ३ ख ३०३० नम्बरको यात्रुबाहक बसले बिहान ६ बजे ठक्कर दिँदा वनकटाका स्थानीयवासी भोजराज पौडेलको मृत्यु भएका हो । गम्भीर घाइते पौडेलको उपचारका लागि अस्पताल ल्याउँदै...

सदनमा एमाओवादीले भन्यो, ‘अमुक मन्त्रालयसँग राष्ट्रपति साट्न मिल्दैन’

२०७० फागुन १२ गते ७:५०

काठमाण्डु, १२ फागुन – एकीकृत नेकपा माओवादीले राष्ट्रपति निर्वाचनको प्रक्रिया तत्काल अघि बढाउन माग गरको छ । व्यवस्थापिका संसद बैठकको शुन्य समयमा बोल्दै एमाओवादी सभासद शक्ति बस्नेतले नयाँ राष्ट्रपति चयनका लागि प्रक्रिया अघि बढाउन माग गरे । एमालेले गृहमन्त्रालय पाएपछि राष्ट्रपति परिवर्तनको एजेण्डा छाडेकोतर्फ...

संविधान निर्माणका लागि राप्रपा नेपालले ल्यायो फास्ट ट्रयाक

२०७० फागुन १२ गते ७:१२

काठमाण्डु, १२ फागुन – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले संविधान निर्माणका लागि द्रुत कार्यविधि तालिका (फास्ट ट्राक) निर्धारण गरेको छ । संविधान निर्माणका लागि सबै दलबाट प्राप्त प्रतिबद्धता कार्यान्वयनमा सहजताका लागि पार्टीले यस्तो कार्यविधि तय गरेको हो । ८ बुँदामा समेटिएको कार्यविधिमा पाँचवटा विषयगत समिति...

कांग्रेसले मन्त्रीहरुको टुंगो लगायो

२०७० फागुन १२ गते ५:४२

काठमाण्डु, १२ फागुन – नेपाली काँग्रेसले मन्त्री चयनका विषयमा पार्टीभित्र देखिएको विवादलाई सुल्झाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान बसेको कांग्रेस पदाधिकारी बैठकले मन्त्री चयनका विषयमा सहमति जुटाएको हो । स्रोतका अनुसार काँग्रेसमा कोइराला पक्षलाई ६० र देउवा पक्षलाई ४० प्रतिशत मन्त्रालय दिने...

व्यवस्थापिका–संसद् बैठक जारी

२०७० फागुन १२ गते ३:५१

काठमाण्डु, १२ फागुन – व्यवस्थापिका–संसद् बैठक बसिरहेको छ । बिहान ११ बजेपछि संविधानसभा भवन नयाँ बानेश्वरमा जारी बैठकमा यसअघि पेश भएका केहि अध्यादेश स्वीकृत गर्ने कार्यसूची रहेको छ । त्यस्तै बैठकमा समासदहरुले समसामायिक विषयमा आफ्ना धारणा समेत राख्ने छन् । यसअघि बसेको बैठकले आर्थिक...

कांग्रेस एमालेलाई दश-दश मन्त्रालय

२०७० फागुन १२ गते ३:४३

काठमाण्डु, १२ फागुन – नेपाली काँग्रेस र नेकपा एमालेबीच हाललाई दश-दशवटा मन्त्रालय बाँडफाँड गर्ने सहमतिमा मन्त्रालयको भागबण्डा लगभग मिलेको छ । उपप्रधानमन्त्रीसहित गृह मन्त्रालय एमालेलाई दिन प्रधानमन्त्री सुशील कोइराला तयार भएपछि दुई दलबीच आइतबार वार्ता प्रारम्भ भएको थियो । सोमबार बिहानसम्मको अनौपचारिक वार्ता र...

एमाले महाधिवेशन मदन-आश्रित स्मृति दिवसमा

२०७० फागुन १२ गते ३:०४

काठमाण्डु १२ फागुन–एमालेले नवौ महाधिवेशन आगामी दिन जेठ ३ गते मदन भट्टराई र जिवराज आश्रित दिवसदेखि ८ गतेसम्म काठमाण्डुमा गर्ने भएको छ । केन्द्रीय समितिले महाधिवेशन तयारीका लागि नयाँ सदस्यता वितरण फागुन मसान्तसम्म हुने कार्ययोजना एमाले केन्द्रीय समितिको बैठकमा पेश भएको छ । कार्ययोजना...

उपसभामुखको निर्वाचन कार्यतालिका

२०७० फागुन १२ गते २:४८

काठमाण्डु, १२ फागुन – फागुन १४ गते हुने संविधानसभा उपसभामुखको निर्वाचन सम्बन्धि कार्यतालिका सार्वजनिक भएको छ । संविधानसभा सचिवालयले १० देखी १२ बजेसम्मका लागि सहमतिको आधारमा उम्मेदवारी दर्ता गर्ने समय तय गरेको छ भने साढे २ बजे नामावली प्रकाशित गरिने सचिवालयका प्रवक्ता मुकुन्द शर्माले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us