शिवरात्रीको आकर्षण नागाबाबा, शिवलिङ्ग र भक्तिसङ्गीत

काठमाण्डु टुडे २०७१ फागुन ४ गते १३:२१ मा प्रकाशित

nagababa
काठमाण्डु,४ फागुन- शिवरात्रिका अवसरमा पाशुपत क्षेत्र वनकालीमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले निर्माण गरेको करिब १० मि अग्लो शिवलिङ्ग भक्तजनको आकर्षण बनेको छ ।

कपडा र बाँसबाट निर्मित शिवलिङ्गबाट पानी पनि खसालिएको छ । त्यसलाई परिक्रमा गर्ने व्यवस्था मिलाइएको छ । सँगै शिव र पार्वतीरुपी साना बालबालिका कैलाशपर्वतमा स्थिर रुपमा ध्यान गरेर बसेका छन् ।

“शिवलिङ्ग नै यस वर्षको शिवरात्रिको विशेषता हो,अझ करिब ३५० नागाबाबा र अर्धसर्वाङ्ग महिला साधु अर्को आकर्षण हो,उच्चस्तरका करिब दश स्वामीहरु पनि आएका छन् ”पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा।गोविन्द टण्डनले बताए ।

उनका अनुसार यस वर्ष करिब पाँच हजार साधुसन्त आउँदैछन् । वनारसका पगलानाथ र नागाका रुपमा आइरनबाबा आइसकेका छन् ।

वनकालीमै कोष र पशुपति सङ्गीत प्रतिष्ठानको आयोजनामा तीनदिने भक्तिसङ्गीतले पाशुपत क्षेत्र नै घन्किरहेको छ । कहीँ साधुसन्तलाई भण्डारा लगाइँदै छ भने कतै स्वास्थ्य शिविर चल्दैछ । रायमाझी कुलदेवता केन्द्रीय समितिले सोमबारदेखि सुरु भएको विशेषज्ञसहितको स्वास्थ्य शिविरमा करिब दुई हजारले सेवा लिइसकेको समितिका प्रकाश रायमाझीले जानकारी दिए ।

बाह्र ज्योतिर्लिङ्मध्येका महाज्योतिर्लिङ्ग पशुतिनाथ मानिसलाई पशुभाव र पाश९बन्धन०बाट मुक्त गराउने कल्याण र त्यागका प्रतिमूर्ति हुन् । “पशुपतिनाथ केदारनाथको शिर नै हुन् ”डा। टण्डनले भने ।
हरिद्वारबाट आएका साधु नन्दीपालले हरेक वर्ष आफ्ना मित्र साधुहरुसँग हरेक वर्ष पशुपतिनाथ आउने गरेको बताए । “यहाँ आएपछि आनन्द र सुखको अपूर्व अनुभूति मिल्छ” उनले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us