समाचार

संसद् अवरुद्ध गरेरै भए पनि अस्थायी र राहत शिक्षक समस्या समाधान गर्ने प्रचण्डको उद्घोष

२०७१ फागुन ५ गते १३:२३

पोखरा, ५ फागुन– एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले शान्ति सम्झौताका सहयात्री दललाई बहुमतको तरबार घाँटीमा झुन्डाइदिएर देशको राष्ट्रिय राजनीतिलाई धरापमा पारिएको आरोप लगाएका छन् । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको प्रथम राष्ट्रिय भेलालाई आज पोखरामा सम्बोधन गर्दै उनले सङ्घीयता, गणतन्त्र, संविधानसभा, समानुपातिकता र समावेशिताका विषय...

रोल्पा पुगेर बाबुरामले गरे समानान्तर सरकार चलाउने घोषणा

२०७१ फागुन ५ गते १३:१०

  रोल्पा, ५ फागुन– एकीकृत माओवादी वरिष्ठ नेता बाबुराम भट्टराईले आफूहरुलाई पेल्ने क्रम जारी रहे काँग्रेस–एमालेको हालत पूर्वराजा ज्ञानेन्द्र शाहको जस्तै हुने चेतावनी दिएका छन् । क्रान्तिकारी पत्रकार संघ रोल्पाले मंगलबार लिवाङमा गरेको पत्रकार भेटघाटमा उनले पेलेरै जान खोजे उनीहरुको हालत ज्ञानेन्द्रको जस्तै बनाइदिने...

जिप दुर्घटनामा गयो चार वर्षीय बालकको ज्यान

२०७१ फागुन ५ गते १३:०९

सल्यान ५, फागुन– शारदा नगरपालिका– २ मैसेपानीमा जिप दुर्घटना हुँदा एक चार वर्षीय बालकको ज्यान गएको छ । दुर्घटनामा सोही स्थानमा चार वर्षीय बालक गौरव खानको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । प्रसिद्ध तीर्थस्थल छायाक्षेत्र मन्दिरमा तीर्थालु लिएर जाँदै गरेको...

नेपालका श्रीराम लामिछानेले पाए भारतको सर्वाेच्च पदक !

२०७१ फागुन ५ गते १२:५६

काठमाण्डु, ५ फागुन–भारतीय राष्ट्रपति प्रणव मुखर्जीले नेपाल स्काउटका पूर्व प्रमुख एवम् विश्व स्काउटका एसिया–प्रशान्त क्षेत्रीय समितिका प्रथम उपाध्यक्ष श्रीराम लामिछानेलाई भारतीय स्काउटको सर्वाच्च पदकले विभूषित गरेका छन् । राष्ट्रपति मुखर्जीले सोमबार नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा भारत स्काउट तथा गाइड्स एसोसिएसनको सर्वोच्च...

छिमेकीको कुटपिटबाट मृत्यु

२०७१ फागुन ५ गते १२:४६

रुपन्देही, ५ फागुन– छिमेकीको कुटपिटबाट सूर्यपुरा–७ बस्ने ७९ वर्षीय बद्री कलवारको मृत्यु भएको छ । घाँस काट्ने बिषयलाई लिएर सोही ठाउँ बस्ने ३० वर्षीय बाठे बराईको कुटपिटबाट घाइते कलवारलाई उपचारको लागि मेडिकल कलेज भैरहवा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । फरार बराईको खोजी...

विगतका सम्झौताअनुसार नै संविधान जारी हुन्छ : निधि

२०७१ फागुन ५ गते १२:४४

विराटनगर, ५ फागुन– भौतिक योजना तथा निर्माण मन्त्री विमलेन्द्र निधिले विगतको सहमति र सम्झौताको आधारमा सङ्घीय गणतान्त्रिक संविधान जारी हुने बताएका छन् । विराटनगर विमानस्थलमा आज पत्रकारहरूसँग कुरा गर्दै उनले केही दिनमै विपक्षी मोर्चासँग सहमति गरेर संविधान निर्माणको प्रक्रियमा अघि बढने जानकारी दिए ।...

तीन महिनाभित्र संविधान जारी हुन्छ : बस्नेत

२०७१ फागुन ५ गते १२:०७

भक्तपुर, ५ फागुन– उद्योग मन्त्री महेश बस्नेतले तीन महिनाभित्र संविधान जारी गर्ने गरी सहमतिमा आउनका लागि आन्दोलनरत दलहरूलाई आग्रह गरेका छन् । चाँगुनारायण नगरपालिका–५ झौखेलमा निर्माण हुन लागेको ज्योर्तिलिङ्गेश्वर महादेव मन्दिर क्षेत्र विकास संस्थाको बहुद्देश्यीय भवनको आज शिलान्यास गर्दै उनले आन्दोलनबाट संविधान नआउने भन्दै...

बच्चा जन्माएर अलपत्र पारेको भन्दै महिलाले गराइन् जेलभित्रैबाट चिकित्सक अपहरण

२०७१ फागुन ५ गते १२:०२

चितवन, ५ फागुन– प्रहरीले चितवनबाट अहपरणमा परेका एक चिकित्सकलाई सशुकल मुक्त गराएको छ ।   भरतपुरस्थित नारायणी सामुदायिक अस्पतालमा कार्यरत डा.नारायणबहादुर थापालाई प्रहरीले अपहरण गरेको हो । प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले अपहरण गरी भरतपुरमै रहेको जंगल आइल्याण्ड रिसोर्टमा बन्धक बनाएर राखिएको अवस्थामा डा.थापालाई अपहरणमुक्त...

ओबामालाई मोदीको जबाफ, ‘धार्मिक हिंसा सहिने छैन’

२०७१ फागुन ५ गते १२:०१

एजेन्सी, ५ फागुन– देश, विदेश, मिडिया र विपक्षीको चौतर्फि आक्रमण झेली रहेका प्रधानमन्त्री नरेन्द्र मोदीले स्पष्ट पारे कि उनको सरकार कुनै पनि प्रकारको धार्मिक हिंसा सहने छैन । र, हिंसा भड्काउनेलाई कडाभन्दा कारबाही गरिने छ । मोदीले भने, ‘मोरो सरकार कुनै धार्मिक समूहको आड...

सरकार वार्ताका लागि तयार हुनुपर्योः नारायणकाजी

२०७१ फागुन ५ गते ११:५४

विराटनगर, ५ फागुन– एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले चाँडो वार्ताको तयारी गर्न सरकारलाई आग्रह गरेका छन् । श्रेष्ठले वार्ता औचित्यपूर्ण, सार्थक र परिणाममुखी हुने सत्तापक्षले ग्यारेन्टी गरेमा आफूहरु जहिले पनि वार्तामा बस्न तयार रहेको बताए । नेपाल राष्ट्रिय प्राध्यपक संगठनले मंगलबार बिराटनगरमा आयोजना गरेको संविधान...

कांग्रेसले सुजातालाई कारबाही नगर्ने

२०७१ फागुन ५ गते ११:१५

काठमाण्डु, ५ फागुन– नेपाली कांग्रेसले केन्द्रीय सदस्य सुजाता कोइरालासहितका नेताहरुलाई कारबाही गर्न अनुशासन समितिले गरेको सिफारिस फिर्ता लिने भएको छ । बुधबार बस्ने कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले अनुशासन समितिको कारवाही फिर्ता गर्ने सम्भावना रहेको बताइएको छ । पार्टी सभापति सुशील कोइरालाले त्यसको संकेत गरेकाले...

जिविसले तीन करोड पर्यटन रोयल्टी बाँडेन

२०७१ फागुन ५ गते ११:१२

गोरखा, ५ फागुन– गोरखाका लागि आएको पछिल्लो दुई आर्थिक वर्षको पर्यटन रोयल्टी रकम जिल्ला विकास समितिले अहिलेसम्म बाँडफाँड गर्न सकेको छैन् ।   संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जिविसको खातामा पठाएको आव २०६९/७० र २०७०/७१ को रु तीन करोड २५ लाख रकम बाँडफाँड...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us