ओबामालाई मोदीको जबाफ, ‘धार्मिक हिंसा सहिने छैन’

काठमाण्डु टुडे २०७१ फागुन ५ गते १२:०१ मा प्रकाशित

Modi with Obamaएजेन्सी, ५ फागुन– देश, विदेश, मिडिया र विपक्षीको चौतर्फि आक्रमण झेली रहेका प्रधानमन्त्री नरेन्द्र मोदीले स्पष्ट पारे कि उनको सरकार कुनै पनि प्रकारको धार्मिक हिंसा सहने छैन । र, हिंसा भड्काउनेलाई कडाभन्दा कारबाही गरिने छ ।

मोदीले भने, ‘मोरो सरकार कुनै धार्मिक समूहको आड लिएर गरिने कुनै प्रकारको हिंसाको सहने छैन ।’

देशैभरीमा लव जिहाद र अन्य धार्मिक स्थलमा हमला भएपछि पनि प्रधानमन्त्रीले मौनता साँधेको आरोप लागेको थियो । यहाँसम्मकी अमेरिकी राष्ट्रपति बाराक ओबामाले भने कि भारतमा धार्मिक असहिष्णुता यति धेरै भयो कि महात्मा गान्धीले देखे भने पनि स्तब्ध हुन्छन् ।

अमेरिकी अखबार न्युयोर्क टाइम्सले आफ्नो सम्पादकीयमा नरेन्द्र मोदीको मौनता खतरनाक भएको उल्लेख गरेको थियो ।

ओबामाले आफ्नो गृहनगरमा दिएको भाषणको १०÷१२ दिनपछि नरेन्द्र मोदीले जबाफ दिने बारेमा सोचेका थिए । उनले यस्तै उपयुक्त मञ्चको प्रतीक्षा गरेका थिए । यही मौका पारेर मोदीले स्पष्ट गरे कि उनको सरकारको धार्मिक हिंसामा कस्तो एजेन्डा रहेको छ भन्ने ।

मंगलबार दिल्लीमा सन्तको एक कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘संविधानमा हरेक धर्मका लागि सम्मान छ र भारतमा मानिस धार्मिक आस्थाका लागि पूरै स्वतन्त्र छ । सबै धर्मप्रति आदार र सम्मान राख्नु हाम्रो सही पहिचान हो ।’

पछिल्लो वर्ष भ्याटिक सहरमा दुई भारतीय सन्तको सम्मान मिलेकोमा उनीहरुको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us