समाचार

चट्याङले ४० हजार बराबरको क्षति

२०७१ फागुन ६ गते ६:३४

दार्चुला,६ फागुन– मङ्गलबार राति चट्याङ पर्दा सल्लेथुमका पशुहरु मर्नुको साथै केही घरमा क्षति भएको छ । चट्याङले झक्तसिंह विष्टको घरमा एक भैंसी मर्नुको साथै घरमा समेत क्षति भएको छ भने एक गोरु घाइते भएको प्रहरी कार्यालय लटिनाथले जनाएको छ । प्रहरीका अनुसार सोही गाउँका...

आठ किलो चरेससहित २८ वर्षे युवती पक्राउ

२०७१ फागुन ६ गते ५:३१

जाजरकोट, ६ फागुन– जिल्ला प्रहरी कार्यालय रुकुमले आठ किलो चरेससहित मुसिकोट नगरपालिका– १ बाट एक महिलालाई पक्राउ गरेको छ । स्यालापाखा गाविस–४ की अन्दाजी २८ वर्षीय चन्द्रकला बुढाथोकीलाई प्रहरीले आज बिहान पक्राउ गरेको हो । आफ्नै घुम्ती पसलमा लुकाएर राखिएको अवस्थामा विशेष सुराकीको आधारमा...

एकाबिहानै चितवनमा गौँडाको आक्रमणबाट एकको मृत्यु

२०७१ फागुन ६ गते ५:०४

चितवन, ६ फागुन– चितवनको माडीमा बुधबार बिहानै गैँडाको आक्रमणमा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । माडी नगरपालिका– ५ धोवाहामा गैँडाले हानेर स्थानीय ४५ वर्षीय विफल महतोको मृत्युभएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । बिहान घरबाट बाहिर निस्कने बित्तिकै चितवन निकुञ्जबाट निस्किएको...

अमरेशकुमार भन्छन्, ‘३० दलीय मोर्चाको आन्दोलनले सरकार ढाल्छ’

२०७१ फागुन ६ गते ४:४६

काठमाण्डु, ६ फागुन– काँग्रेस नेता एवम् सभासद् अमरेशकुमार सिंहले एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाको आन्दोलनले सरकार ढाल्ने दाबी गरेका छन् । सिंहले सुशील कोइराला नेतृत्वको सरकार आगामी वैशाखसम्ममा ढलिसक्ने बताए । ‘३० दलको आन्दोलनले सरकार ढल्छ’, ललितपुरको भैंसीपाटीस्थित आफ्नै निवासमा उनले काठमाण्डु टुडेसँग भने,...

एमालेले केन्द्रीय कमिटी मनोनयनको टुंगो आज लगाउने

२०७१ फागुन ६ गते ४:३७

काठमाण्डु, ६ फागुन– एमालेको आज बस्ने स्थायी समितिको बैठकले केन्द्रीय कमिटी मनोनयनको एजेन्डालाई टुंगो लगाउने भएको छ । सोमबारको बैठकमा उक्त एजेन्डामा छलफल भए पनि १० पूर्ण र ५ वैकल्पिक गरी १५ जनाका लागि झन्डै डेढ सयको नाम प्रस्ताव भएपछि पाँच जना शीर्ष नेतालाई...

लागुऔषधसहित पक्राउ परे जीतेन्द्रराम

२०७१ फागुन ६ गते ४:२२

पर्सा, ६ फागुन– पर्सा प्रहरीले गएराति लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीको विशेष टोलीले भारतबाट नेपालतर्फ प्रतिबन्धित लागुऔषध ल्याउँदै गरेको अवस्थामा बाराको कलैया नगरपालिका–३ का २५ वर्षीय युवक जीतेन्द्रराम चमारलाई पक्राउ गरेको हो । गएराति ना१ज २००५ नम्बरको टाटासुमोमा राखेर नेपाल भित्र्याइरहेको...

विद्युत् चोरी गर्नेको लाइन कटौती सुरु

२०७१ फागुन ६ गते ४:१८

सिन्धुपाल्चोक ६ फागुन– सिन्धुपाल्चोक जिल्लाको विभिन्न क्षेत्रमा विद्युत् चोरीका घटना अत्याधिक बढेपछि नेपाल विद्युत् प्राधिकरणले कारबाही अगाडि बढाएको छ । अनाधिकृत रुपमा हुकिङ गर्ने, चोरी गर्ने र विद्युत्को दुरुपयोग गर्ने घटना बढ्दै गएकाले कारबाही गर्न सुरु गरेको नेपाल विद्युत् प्राधिकरण उपशाखा चौताराका प्रमुख अशोक...

सोलुखुम्बुमा बाघले मच्चायो आतंक

२०७१ फागुन ६ गते ३:४४

सोलुखुम्बु, ६ फागुन– सोलुखुम्बुको नेचा बेतघारी–६ स्थित पोखरेका सर्वसाधारण बाघबाट आतङ्कित बनेका छन् । डुम्रे सामुदायिक तथा रानीवन सामुदायिक वन–जङ्गलबीच भागमा रहेको नेचा बेतघारीको पोखरे गाउँमा बाघले रातको समयमा पटक–पटक गाई र बाख्रा मारेपछि सर्वसाधारण त्रसित बनेको स्थानीय रविन चर्मकारले जानकारी दिए । बाघले...

कुखुराका चल्लासहित सात भारतीय नागरिक पक्राउ

२०७१ फागुन ६ गते ३:०४

बर्दिया, ६ फागुन– भारतबाट अवैध रुपमा ब्रोइलर कुखुराको चल्ला नेपाल ल्याउँदै गरेको अवस्थामा आज बिहान सात भारतीय नागरिक पक्राउ परेका छन् । भारतको बहराइच जिल्लाको बलइ बजारबाट नेपाल ल्याउँदै गरिएको १ हजार २० वटा कुखुराका चल्लासहित सात भारतीय नागरिकलाई इलाका प्रहरी कार्यालय मैनापोखरको गस्ती...

रकम ‘फ्रिज’ जाने प्रवृत्तिले विकास हुन सकेन : साउद

२०७१ फागुन ६ गते २:५०

कञ्चनपुर, ५ फागुन– सिँचाइ मन्त्री नारायणप्रकाश साउदले विकास निर्माणका लागि छुट्टाइएको रकम कामै नगरी ‘फ्रिज’ हुने प्रवृत्तिले विकास हुन नसकेको बताएका छन् । कञ्चनपुरको दक्षिणी क्षेत्रका स्थानीयबासीसँग भेटघाट कार्यक्रममा बोल्दै मन्त्री साउदले विकास निर्माणका लागि विभिन्न शीर्षकमा मन्त्रालय एवम् जिल्ला विकास समितिबाट बजेट विनियोजित...

पशुपतिनाथसँग ज्ञानेन्द्रले मागे राजतन्त्र फर्काउने शक्ति

२०७१ फागुन ५ गते १७:१९

काठमाण्डु, ५ फागुन- पूर्वराजा ज्ञानेन्द्र शाहले महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शन गरेका छन्  । ज्ञानेन्द्रले मंगलबार साँझ पशुपतिको दर्शन तथा पूजाआजा गरेका हुन् । ज्ञानेन्द्र आउने खबरले उनका शुभचिन्त पहिल्यै पशुपति परिसरमा जम्मा भएर बसेका थिए । उनलाई शुभचिन्तकको भीड छिचोल्न हम्मेहम्मे परेको थियो ।...

संसद् अवरुद्ध गरेरै भए पनि अस्थायी र राहत शिक्षक समस्या समाधान गर्ने प्रचण्डको उद्घोष

२०७१ फागुन ५ गते १३:२३

पोखरा, ५ फागुन– एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले शान्ति सम्झौताका सहयात्री दललाई बहुमतको तरबार घाँटीमा झुन्डाइदिएर देशको राष्ट्रिय राजनीतिलाई धरापमा पारिएको आरोप लगाएका छन् । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको प्रथम राष्ट्रिय भेलालाई आज पोखरामा सम्बोधन गर्दै उनले सङ्घीयता, गणतन्त्र, संविधानसभा, समानुपातिकता र समावेशिताका विषय...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us