कांग्रेसले सुजातालाई कारबाही नगर्ने

काठमाण्डु टुडे २०७१ फागुन ५ गते ११:१५ मा प्रकाशित

काठमाण्डु, ५ फागुन– नेपाली कांग्रेसले केन्द्रीय सदस्य सुजाता कोइरालासहितका नेताहरुलाई कारबाही गर्न अनुशासन समितिले गरेको सिफारिस फिर्ता लिने भएको छ ।

sujata
बुधबार बस्ने कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले अनुशासन समितिको कारवाही फिर्ता गर्ने सम्भावना रहेको बताइएको छ ।

पार्टी सभापति सुशील कोइरालाले त्यसको संकेत गरेकाले कारवाही फिर्ता हुनसक्ने स्रोतले बताएको छ ।
यसअघि संविधानसभाको निर्वाचनमा आफ्नै पार्टीलाई हराउन लागेको भन्दै अनुसाशन समितिले ३ महिना निलम्बन गर्न सिफारिस गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us