किन गर्यो मोदीको पार्टीले नेपालबाट हिन्दु राष्ट्र हट्न नदिने प्रतिबद्धता ?

काठमाण्डु टुडे २०७१ फागुन ४ गते १३:१४ मा प्रकाशित

काठमाण्डु ४ फागुन– भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आवद्ध सत्तारुढ दल भारतीय जनता पार्टीका शिर्ष नेतृत्वले नेपालमा सनातन हिन्दु राष्ट्र हटाउन षडयन्त्र भएको भन्दै कुनै पनि हालतमा नेपालबाट हिन्दु राष्ट्र हट्न नदिने प्रतिबद्धा जनाएका छन् ।

RENU-DEVI-BJP

सत्तारुढ भारतीय जनता पार्टीका केन्द्रिय उपाध्यक्ष श्रीमती रेणुदेवीको नेतत्वमा नेपाल आएका उच्च स्तरीय भारतीय जनता पार्टीका शिर्ष नेतृत्वले यस्तो प्रतिबद्धता जनाएको हो ।

नेपालमा पछिल्लो पटक धर्मनिरपेक्ष संस्थागत हुन नसकिरहेको र हिन्दु राष्ट्र निर्माणको अभियान तिब्र भइरहेको बेलामा भारतीय प्रधानमन्त्री आवद्ध सत्तारुढ भारतीय जनता पार्टीका उच्चस्तरीय राजनितिक नेतृत्वको नेपाल आगमन र नेपाललाई हिन्दु राष्ट्र स्थापनामा देखिएको प्रतिबद्धतालाई नेपालको राजनितिमा महत्वका साथ हेरिएको छ ।

शिवरात्रीको पूर्वसन्धयामा सोमवार पशुपति क्षेत्रस्थित नेपाल भारत सहयोग मञ्चको निमन्त्रणमा आयोजित विशेष समरोहलाई सम्बोधन गर्रदै रेणुदेवीले विश्वको एक मात्र हिन्दु राष्ट्रको पहिचान बोकेको नेपालबाट हिन्दु राष्ट्र हटाउन षडयन्त्र भएको र त्यसलाई कुनै पनि हालतमा हट्न नदिन प्रतिबद्धता थियो ।
कार्यक्रममा अन्य भारतीय जनता पार्टीका शिर्ष नेतृत्वले पनि नेपालमा सनातन हिन्दु राष्ट्र कायमै रहनु पर्नेमा जोड थिएका थिए । उनीहरुले नेपालमा हिन्दु शक्ति कमजोर भए त्यसको असर भारत समेत पर्ने भएको हुँदा नेपाल हिन्दु राष्ट्र हुनेमा कुनै शंका नरहेको भनाई थियो ।

कार्यक्रममा नेपालका पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले पनि नेपाललाई धर्मनिरपेक्ष घोषणा गरेर हिन्दु धर्मालम्बीमाथि अन्याय भएको भन्दै नेपाललाई हिन्दु राष्ट्र सापेक्ष मुलुक बनाउनु पर्नेमा जोड दिऐ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us