संविधान नआएसम्म लगानीको वातावरण छैनः देउवा

काठमाण्डु टुडे २०७१ फागुन ४ गते ९:३५ मा प्रकाशित

Sher-Bahadur-Deuba
पाँचथर,४ फागुन- नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले मुलुकमा संविधान जारी नभएसम्म लगानी गर्ने वातावरण नभएको बताएका छन् । पाँचथरको फिदिममा सोमबार बिहान मार्गदेवी जैविक कफी उद्योग प्रालिको उद्घाटन गर्दै  उनले सो कुरा बताएका हुन् ।
जैविक वस्तुको माग अन्तर्राष्ट्रिय बजारमा बढेकाले यसको उत्पादन बढाउन कृषकलाई सुझाव दिदै देउवाले कफी, चिया र तरकारी लगायतका जैविक वस्तुको बजारको सम्भावना राम्रो भएपनि कृषकले त्यसको न्यूनतम मूल्य पाउन नसकिरहेको बताए  ।

उनले भनेः “देशमा अहिले पनि जैविक वस्तुमा कृषकले न्यूनतम मूल्य पनि पाउन सकिरहेका छैनन् । यसका लागि सरकार गम्भीर हुन आवश्यक छ ।”

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us