केटी राखेर अश्लील क्रियाकलाप गराउने पक्राउ

काठमाण्डु टुडे २०७१ फागुन ४ गते ८:५८ मा प्रकाशित

महोत्तरी, ४ फागुन-  महोत्तरीको जलेश्वरमा रेस्टुरेन्ट सञ्चालन गरी अश्लील क्रियाकलाप गराउने गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

sex-trade
पक्राउ पर्नेमा रेस्टुरेन्ट सञ्चालक भारत विहारको सुरसण्ड विरख घर भइ हाल जलेश्वर-४ बस्ने राजीवरञ्जन कुमार, उनकी पत्नी अनिता चौधरी र रेस्टुरेन्टमा काम गर्ने तीनजना युवती रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

कुमारले र चौधरीले रेस्टुरेन्ट सञ्चालन गरी त्यसमा केटीहरु राखेर ग्राहकसँग अश्लील क्रियाकलाप गराई समाजमा नकारात्मक प्रभाव पारेको आरोप लगाइएको छ ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालयबाट खटिगएको विशेष प्रहरी टोलीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताए।

जलेश्वरका घना बस्तीबीच रेस्टुरेन्ट खोली अश्लील क्रियाकलाप गराउँदै गरेका अवस्थामा प्रहरीले पक्राउ गरेका पाँचै जनामाथि सार्वजनिक मुद्दा चलाउने बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us