मानवअधिकार भनेको मन्त्रीको गाला चड्काउनु र गाडी तोडफोड गर्नु होइनः अध्यक्ष ओली

काठमाण्डु टुडे २०७१ फागुन २ गते १२:५२ मा प्रकाशित

kp oli
काठमाण्डु,२ फागुन- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मानवअधिकारकर्मी कुनै पनि दलको हतियार बन्न नहुने बताएका छन् ।

मानवअधिकार एलाइन्सको चौथो राष्ट्रिय महाधिवेशनको शनिबार उद्घाटन गर्दै उनले मानवअधिकार भनेको मानवीय हितका लागि हुनाले राजनीतिक पार्टी र दलको हतियार बन्न नहुनेमा जोड दिए ।

अध्यक्ष ओलीले भनेः “मानवअधिकार भनेको मन्त्रीको गाला चड्काउने,गाडी तोडफोड गर्ने,सडकमा टायर बाल्ने हो रु मैले भनेको मान्ने भए मानवअधिकार,हैन भने छैन मानवअधिकार भन्ने त्यस्ता मानवअधिकारवादी संस्था डुब्लिकेट हुन् ।” मानवअधिकार आन्दोलन लोकतन्त्र र न्यायको पक्षमा हुनुपर्नेमा जोड दिँदै उनले दमन र अत्याचार विरुद्ध लड्न अधिकारकर्मी र त्यस्ता संस्था मानवअधिकारको आन्दोलनमा बहकिनु नहुने विचार व्यक्त गरे ।

अध्यक्ष ओलीले मानवअधिकारवादी सङ्घरसंस्था कहिले पनि हिंसाको बाटोमा जान नहुने र राजनीतिक दलको उद्देश्य पूरा गर्ने खालको बन्न  नहुने विचार व्यक्त गरे ।

मानवअधिकारकर्मी चरण प्रसाईंले मानवअधिकार नागरिकको न्यायकालागि हुने भएकाले कुनै पनि दलले आफ्नो बनाउने प्रयास गर्ने र दलको उद्देश्यअनुरुप प्रयोग गर्न नहुने विचार व्यक्त गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us