समाचार

भतिजीको घाँटी रेटे लगत्तै झुण्डिए राई

२०७१ चैत ५ गते ७:३०

झापा,५ चैत-पूर्वोत्तर झापाको बाहुनडाँगीमा बिहिबार एक व्यक्तिले आफ्नै भतिजीको घाँटी रेटी हत्या गरेपछि आफैँले पनि झुन्डिएर आत्महत्या गरेका छन् । बाहुनडाँगी–९ निवासी ३४ वर्षीय उमेश राईले आफ्नै माइला दाजुकी छोरी २० वर्षीया अनिता राईको घाँटी रेटी हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ...

खसहरूलाई आदिबासी बनाउन लिम्बुहरूले सघाउने

२०७१ चैत ५ गते ७:२९

  काठमाण्डु, ५ चैत– खसहरूलाई आदिबासीमा सूचिकृत गर्न संघीय लिम्बुवान पार्टी, नेपालले सघाउने भएको छ । खसान राष्ट्रिय संघर्ष समिति र संघीय लिम्बुवान पार्टी, नेपालबीच हालै भएको सात बुँदे सहमतिमा खस समुदायलाई आदिबासीमा सूचिकृत गर्न समर्थन गर्दै सशक्त सहयोग गर्ने उल्लेख छ । सहमति...

हथियौलमा ५० जनाभन्दा बढीलाई ठेउला सङ्क्रमण

२०७१ चैत ५ गते ७:१६

सर्लाही,५ चैत- यस जिल्लाको सुदूर दक्षिण–पश्चिममा पर्ने हथियौल गाविसमा ठेउला रोगको सङ्क्रमण फैलिएको छ । सहनी समुदायको बहुलता रहेको हथियौल गाविस–७ जमुनियाँ टोलमा केही दिनदेखि ठेउलाको सङ्क्रमण देखापरेको हो । उक्त टोलका बालबालिकादेखि ४० वर्ष उमेरसम्मका ५० जनाभन्दा बढीमा ठेउलाको सङ्क्रमण देखापरेको जिल्ला जनस्वास्थ्य...

आँखा अस्पतालमा स्वदेशीभन्दा विदेशी बिरामीको भीड

२०७१ चैत ५ गते ७:०७

झापा,५ चैत- झापामा सञ्चालित सबै आँखा अस्पतालमा स्वदेशी भन्दा विदेशी बिरामीको भीड लाग्ने गरेको छ । झापामा हाल मेची नेत्रालय,काँकडभिट्टा आँखा अस्पताल,दृष्टि आँखा अस्पताल,बिर्तामोड आँखा अस्पताल र मेची आँखा अस्पताल गरी पाँचवटा आँखा अस्पताल सञ्चालनमा रहेका छन् । यसबाहेक मेची अञ्चल अस्पताल भद्रपुरमा पनि...

पुत्र प्राप्ति भयो, एसएलसी छुट्यो

२०७१ चैत ५ गते ६:४०

काठमाण्डु, ५ चैत– संखुवासभाकी एक छात्रालाई परिक्षा सुरु हुनुभन्दा ४ घण्टा अगाडि पुत्रप्राप्ति भएपछि उनी एसएलसी परिक्षामा सहभागी हुन सकिनन् । संखुवासभाको वरुण बोर्डिङ स्कुलकी छात्रा जुना पराजुलीले बिहीबार बिहान ४ बजे छोरा जन्माएकी थिइन् । सुत्केरी छात्रालाई परिक्षा दिने व्यवस्था मिलाउन जिल्लास्थित परिक्षा समितिले...

संविधानसभाबाट नै विवादित विषयको समाधान खोज्नुपर्ने : थापा

२०७१ चैत ५ गते ५:५६

विराटनगर, ५ चैत– राप्रपा नेपालका अध्यक्ष कमल थापाले कांग्रेस–एमालेको गणितीय दम्भ तथा एमाओवादी मोर्चाको आन्दोलनले जनताको चाहनमा कुठाराधात गरेको बताएका छन् । छन् । विराटनगरमा बिहीबार पत्रकारहरुसँगको भेटघाटमा उनले संविधानसभाभन्दा बाहिर गएर बन्द कोठा वा आन्दोलनबाट निकास खोजियो भने प्रजातान्त्रिक मूल्य मान्यताप्रति आघात पुग्ने...

एसएसबीले नेपाल पसेर एक सय ५० घर भत्कायो, पीडितहरु खेतमा पाल टाँगेर बस्न बाध्य

२०७१ चैत ५ गते ४:०१

महोत्तरी, ५ चैत– भारतीय सीमा सुरक्षा बल एसएसबीले महोत्तरी जिल्लाको बथनाहा गाविसका दशगजा क्षेत्रमा वर्षौंदेखि बसोबास गर्दै आएका सयौँ दलित परिवारका घरबार तोडफोड गरेपछि उनीहरु बिचल्लीमा परेका छन् । सो गाविसका वडा नं ५, ६, ७ र ८ मा बसोवास गर्दै आएका करिब तीन...

यादवलाई अपहरण गर्दै गरेको अवस्थामा चार युवालाई यसरी पक्रियो प्रहरीले

२०७१ चैत ५ गते ३:५१

महोत्तरी, ५ चैत– परिकौली फुल्हट्टा– ५ बस्ने २३ वर्षीय रामउद्गार यादवलाई अपहरण गरी लैजाँदै गरेका चार अपहरणकारीलाई बुधबार साँझ महोत्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने अभियुक्तमा महोत्तरी नैन्ही गाविस– ४ का २२ वर्षीय वृजेशकुमार झा, २२ वर्षीय रोशनकुमार ठाकुर, सोही गाविस– ५...

नौ कैदीबन्दी एसएलसी दिँदै, दुई सय ७१ परीक्षा दिनबाट वञ्चित

२०७१ चैत ५ गते ३:४२

पर्सा, ५ चैत– यस वर्षको प्रवेशिका परीक्षामा वीरगन्ज कारागारबाट नौ कैदी सामेल भएका छन् । कारगारका कैदीबन्दीलाई प्रहरीकै निगरानीमा परीक्षा दिने व्यवस्था मिलाइएको जिल्ला शिक्षा अधिकारी बरखु रजकले बताए । परीक्षाका लागि पर्सामा २१ विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ । रजकका अनुसार पर्सामा परीक्षाका...

चर्मरोग छ ? तातोपानी जानुस् !

२०७१ चैत ५ गते ३:२३

रसुवा, ५ चैत – उच्च भागमा रहेको तातोपानीमा नुहाउने बिरामीको भिडभाड बढेको छ । यही चैत १ देखि सुरु भएको तातोपानी मेला एक महिनासम्म चल्छ । प्राकृतिक रुपमा उत्पन्न तातोपानीमा नुहाउँदा गानोगोला, दम, चर्मरोग, बाथ, कमलपित्त, पिनास जस्ता रोग निको हुने विश्वास छ ।...

नागरिकको सक्रियतामा मोटरबाटो

२०७१ चैत ५ गते ३:१८

दाङ, ५ चैत – विकट पहाडी गाविस सैघा– ७ का बासिन्दाको सक्रियतामा चार किमी मोटरबाटो निर्माण भएको छ । घोराही नगरपालिका– ६ मसिना हुँदै प्युठानको स्वर्गद्वारीसम्म जोड्ने नयाँ सडक जिविस दाङको रु चार लाख ८५ हजार आर्थिक सहयोग र स्थानीयवासीको रु तीन लाख २९...

अग्निपीडितलाई राहत

२०७१ चैत ५ गते ३:१३

इनरुवा, ५ चैत – सुनसरीको सिमरिया गाविसमा मङ्गलबार भएको आगलागीबाट पीडित परिवारलाई नेपाली काँग्रेस र नेपाल रेडक्रस सोसाइटी सुनसरीले राहत वितरण गरेका छन् । काँग्रेस सिमरिया गाविसकै सभापति पशुपति साह, सदस्य तुलाराम माझी र हरि खड्गीलगायतको टोलीले सङ्कलन गरेको राहत बुधबार सिमरियाका तीन परिवारका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us