कञ्चनपुर, ४ चैत– भारतबाट रोजगारी गरी घर फर्कन लागेका एक व्यक्तिको महेन्द्रनगरको एक होटेलमा रहस्यमय मुत्यु भएको छ । बैतडी जिल्लाको महारुद्ध गाविस–४ बस्ने ४० वर्षीय डम्बरबहादुर चन्दको गएराति रहस्यमय मुत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार महेन्द्रनगरको न्यु शिवशक्ति होटेलमा बसेका चन्दको...
काठमाण्डु, ४ चैत– भ्रष्टाचार मुद्दामा मङ्गलबार पक्राउ परेका नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष प्रदीपजङ्ग पाण्डेको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मङ्गलबार साँझ पाण्डेको बालुवाटारस्थित निवासबाट पक्राउ गरी महाराजगन्जस्थित ब्युरोको कार्यालयमा ल्याएलगत्तै पाण्डेले स्वास्थ्यमा समस्या रहेको बताएपछि उनलाई...
काठमाण्डु, ४ चैत– मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सत्तापक्षले विगतका सहमति सम्झौता कार्यान्वयन गरे आन्दोलनको आवश्यकता नभएको स्पष्ट पारेका छन् । उनले विगतका उपलब्धिहरु रक्षा गर्न र जनतालाई अधिकार सम्पन्न बनाउन आन्दोलन गर्नुपरेको बाध्यता सुनाए । उनले सहमतिको आधारमा बनेको संविधानमा सबैको...
काठमाण्डु, ४ चैत– सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले कांग्रेस–एमाले सहितका दलहरुको दुई तिहाई मतलाई रद्दिको टोकरीमा राखेर संविधान बन्न नसक्ने स्पष्ट पारेका छन् । रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा उनले जनताको अभिमतबाट संविधान बनाउने स्पष्ट पार्दै उनले जनताको मतको अपमान गरेर संविधान...
झापा, ४ चैत–राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अहिलेको समस्याको मूल जड १२ बुँदे सहमति भएको बताएका छन् । राप्रपा नेपालले बुधबार बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले भने, ‘ कांग्रेस र एमालेको गणितीय दम्भ र चुनावको परिणामपछि अत्तालिएका विपक्षी मोर्चाको...
वीरगन्ज, ४ चैत– पर्साका ग्रामीण क्षेत्रका गरिब तथा विपन्न महिला आङ खस्ने समस्याबाट पीडित बढी भएका छन् । स्वास्थ्य सुविधाबाट निकै पछाडि परेको त्यस भेगका महिला आङ खस्ने रोगका कारण धेरैको अकालमै मृत्यु हुने गरेको एक तथ्याङ्कले देखाएको छ । यौनाङ्गमा भएका रोग चिकित्सकलाई...
मुस्ताङ, ४ चैत– प्रवेशिका परीक्षा २०७१ सञ्चालनका लागि हिमाली जिल्ला मुस्ताङमा एउटामात्र परीक्षा केन्द्र तोकिएको छ । विद्यार्थी सङ्ख्या न्यून रहेका कारण जिल्लाभर एउटा परीक्षा केन्द्र निर्धारण गरिएको जिल्ला शिक्षा कार्यालय मुस्ताङले जनाएको छ । बिहीबारबाट सुरु हुने परीक्षामा जिल्लाबाट एक सय १७ विद्यार्थी...
काठमाण्डु, ४ चैत – मानव तस्करका डन भनिने बजीर सिं तामाङलाई सिन्धुपाल्चोकका न्यायाधीश अनन्तराज डुम्रेले २०६९ सालमा १७० वर्ष कैद सजाय तोके । तामाङविरुद्ध लागेको चेलिबेटी बेचबिखनको आरोप प्रमाणित गर्दै न्यायाधीश डुम्रेले त्यस्तो सजाय तोकेका थिए । तामाङले विभिन्न मितिमा १२ जना भन्दा बढि...
बागलुङ, ४ चैत– बागलुङ क्षेत्र नं १ मा यही चैत २८ गते हुने संविधानसभा सदस्य उपनिर्वाचनका लागि दलहरुले प्रचारप्रसार सुरु गरेका छन् । निर्वाचनको मिति आउन केही साता मात्र बाँकी रहँदा दलहरु चुनावी कार्यक्रम लिएर गाउँ पस्न थालेका छन् । प्रमुख दलले निर्वाचन सम्पर्क...
पोखरा, ४ चैत– पूर्वप्रधानमन्त्री एवं कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले एमाओवादीले संविधानसभालाई छोड्नै नसक्ने बताएका छन् । नेपाल प्रेस युनियनले बुधबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता देउवाले भने, ‘एमाओवादीले संविधानसभा रहुँजेल छोड्दैन्, छोडेछ भने संविधान बनाएपछि मात्रै छोड्छ ।’ उनले एमाओवादीलाई आफूले...
मोरङ ४ चैत – मोरङको कोसी हरैचा– ६ का मोहन पोखरेलले ब्याजमै ऋण काढे । अर्का स्थानीयवासी मोहनलाल श्रेष्ठले श्रीमतीका गरगहना बन्धकी राखेर रु ६० हजार ऋण लिनुभयो । उहाँहरु मात्र होइन सो ठाउँका कतिपय सर्वसाधारण ब्याजमै ऋण काढेर कालोपत्र सडकका जुटिरहेका छन् ।...
इलाम, ४ चैत – भोलिदेखि सुरु हुने प्रवेशिका परीक्षाका लागि जिल्ला शिक्षा कार्यालय इलामले एउटा परीक्षा केन्द्रमा केन्द्राध्यक्षदेखि सहयोगीसम्म महिला परिचालन गरेको छ । सदरमुकामस्थित आदर्श उच्च माध्यमिक विद्यालयको ‘ग’ परीक्षा केन्द्रमा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक र सुरक्षाकर्मी पनि महिला नै राखिएको हो...