समाचार

मागबारे प्राध्यापकद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

२०७० फागुन १५ गते ८:१६

कीर्तिपुर, १५ फागुन – त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघले विश्वविद्यालय समक्ष राख्दै आएका मागबारे विहीबार प्रधानमन्त्री सुशील कोइरालाको ध्यानाकर्षण गराएको छ । विश्वविद्यालयका कुलपतिसमेत रहेका कोइरालालाई प्रधानमन्त्री निवास बालुवाटारमा भेटी संघका अध्यक्ष योगेन्द्रनारायण बडवरियालगायतका प्राध्यापकको टोलीले मागबारे ध्यानाकर्षण गराएको हो । त्रिवि प्रशासनसँग विगतमा उठाएका...

नेपाली चेलीले चढे दक्षिण अमेरिकी हिमाल

२०७० फागुन १५ गते ८:११

काठमाण्डु, १५ फागुन – विश्वका सातवटै महादेशका सर्वोच्च हिमशिखर आरोहण गर्ने अभियानमा रहेको नेपाली समावेशी महिला पर्वतारोहण टोलीले दक्षिण अमेरिकी महादेशको सर्वोच्च हिमाल अकोन्कागुवाको सफल आरोहण गरेको छ । अर्जेन्टिनामा रहेको करिब सात हजार मिटर अग्लो सो हिमाल चार नेपाली महिलाले गत आइतबार आरोहण...

ओली निवासमा डनहरुको बाक्लो आउजाउ

२०७० फागुन १५ गते ६:४१

काठमाण्डु, १५ फागुन– उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले कार्यभार ग्रहण गरेलगत्तै गृह प्रशासन मातहतका निकायलाई पाँच बुँदे लिखित निर्देशन दिए । निर्देशनको दोस्रो बुँदामा राजधानीलगायत देशका विभिन्न स्थानमा व्याप्त गुण्डागर्दी नियन्त्रण गर्ने उल्लेख छ । ‘उपत्यकालगायत मुलुकभित्र विद्यमान गुण्डागर्दी र दादागिरीलाई कानुन बमोजिम नियन्त्रण...

दुर्घटनामा दुईको मृत्यु

२०७० फागुन १५ गते ६:१०

काठमाण्डु, १५ फागुन – नवलपरासी पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको अमरापुरी र रजहरमा भएका छुट्टा छुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । नवलपरासीको अमरापुरी २ मा गएराति बा ४२ प ४१२५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी सोही स्थानकी ६२ वर्षीया...

ब्राउनसुगरसहित एक पक्राउ

२०७० फागुन १५ गते ५:०२

झापा १५ फागुन– लागुपदार्थ ब्राउनसुगरसहित एक युवकलाई मेचीनगरपालिका–१० स्थित जोरसिमलबाट प्रहरीले पक्राउ गरेको छ । भापाको दमक–१० बस्ने २० वर्षीय दीपेश खरेललाई बुधबार लागुपदार्थ नियन्त्रण ब्यूरो काँकरभिट्टाले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । खरेलले चलाउँदै गरेको मे४प ९०८६ नम्बरको स्कुटीको तलासीका...

चेपाङ किशोरीद्वारा आत्महत्या

२०७० फागुन १५ गते ४:५६

चितवन, १५ फागुन – चितवनमा एक चेपाङ किशोरीले आत्महत्या गरेकी छिन् । पार्वतीपुरमा घरेलु कामदारका रुपमा काम गर्दै आएकी १५ वर्षीया किशोरी  शर्मिला प्रजाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । चितवनको विकट गाउँ कोराक–८ घर भई पश्चिम चितवन पार्वतीपुरस्थित एक...

सेना दिवश साँझ मात्रै मनाइने

२०७० फागुन १५ गते ३:५४

काठमाण्डु, १५ फागुन –टुँडिखेलमा विशेष समारोह आज नेपाली सेना दिवस पनि मनाइँदै छ । सेना दिवसको अबसरमा नेपाली सेनाले आज साँझ टुंडीखेलमा विशेष समारोहको आयोजना पनि गरेको छ । टुँडिखेलमा यसअघि दिउसो हुँदै आएको समारोह यस पटक साँझमा आयोजना गरिएको छ । सैनिक मुख्यालय...

फोटोसहितको मतदाता नामावली फेरि सङ्कलन गरिने

२०७० फागुन १५ गते २:४३

म्याग्दी, १५ फागुन– म्याग्दीमा पुनः फोटोसहितको मतदाता नामावली सङ्कलन गरिने भएको छ । बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय, सर्वपक्षीय बैठकले नामावली फेरि संकलन गर्ने निर्णय गरको हो । बिहिबारदेखि फोटोसहितको मतदाता नामावली सङ्कलन गरिने जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले बताए । पौडेलका अनुसार...

आज शिवरात्री मनाइँदै, पशुपतिमा घुइँचो

२०७० फागुन १५ गते १:४१

काठमाण्ड, १५ फागुन –आज शिवरात्रि पर्व मनाइँदैछ । प्रत्येक वर्ष फागुन चर्तुदर्शीका दिन पर्ने शिवरात्री पर्वमा हिन्दू धर्मावलम्बीले पशुपतिलगायत देशभरका शिवालयमा भगवान शिवको पूजा तथा आराधना गरिरहेका छन् । पशुपतिनाथ मन्दिरमा दर्शनका लागि भारतलगायत विभिन्न देशबाट पाँच हजार साधुसन्त भित्रिएका छन् । कोष र...

उपाध्यक्ष घर्तीद्वारा पद तथा गोपनियताको शपथ

२०७० फागुन १४ गते १३:१९

काठमाण्डु, १४  फागुन – संविधानसभा अध्यक्ष सुवास नेम्वाङले नवनिर्वाचित संविधानसभाका उपाध्यक्ष ओन्सरी घर्तीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् । संविधानसभाका भवनमा बुधबार घर्तीलाई सपथ ग्रहण गराईएको हो । संविधानसभाको बैठकले एकीकृत नेकपा माओवादीका सभासद् घर्तीलाई बहुमतले उपाध्यक्ष पदमा निर्वाचित गरेको थियो ।...

ग्रिन कार्ड लिएका कर्मचारीविरुद्ध सर्वोच्चमा रिट

२०७० फागुन १४ गते १३:०८

काठमाण्डु, १४ फागुन – विदेशको ग्रिन कार्ड लिएका वा स्थायी बसोबासको लागि अनुमति प्राप्त गरेका सरकारी कर्मचारीलाई कारबाही हुनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ताहरू कपिलदेव ढकाल, अनिलकुमार श्रेष्ठ  र प्रेमप्रसाद धितालले संयुक्तरूपमा दायर गरेको रिटमा सर्वोच्चका रजिस्ट्रार लोहितचन्द्र शाहले बदर गरेका...

दिलशोभाले भनिन्, ‘यौन दुराचारको प्रमाण चाहियो’

२०७० फागुन १४ गते ११:४९

काठमाण्डु, १४ फागनु – आमाघरकी सञ्चालिका दिलशोभा श्रेष्ठले आफूले यौन दुराचार गरेको प्रमाण देखाउन चुनौति दिएकी छिन् । कानुन नजानेकाले आफूलाई परिबन्दमा पारिएको भन्दै उनले यौन दुराचार भनेको समेत आफूले नबुझेको बताईन् । ‘मलाई प्रमाण चाहिन्छ, उनले भनिन्, ‘कसलाई–कसलाई दुर्व्यवार गरेको छु, मैले पनि...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us