काठमाण्डु,३ चैत- सहमतिमानै देशलाई चाँडोभन्दा चाँडो निकास दिनुपर्ने नेताहरूले बताएका छन् । रिपोर्टर्स क्लबले मंगलबार आयोजना गरेको साक्षात्कारमा नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले पछिल्लो संविधानसभाको निर्वाचनमार्फत नेपाली जनताले दिएको जनादेशलाई स्वीकार गरेर सहमतिको आधारमा संविधान निर्माण गर्नुपर्ने बताए । उनले भने,, ‘प्रक्रियामा जाने नाममा...
काठमाण्डु, ३ चैत– धारिलो हतियार खुकुरी प्रहार गरेको अभियोगमा काठमाण्डु कलंकी खड्का गाँउ बस्ने ६५ बर्षीय तेज बहादुर तिवारीलाई प्रहरीले पक्राउ गरेको छ । तिवारीले आप्mनै श्रीमती ६८ बर्षीया दिल कुमार राई (सुनुवार) र २५ बर्षीया छोरी उषा राईलाई खुकुरी प्रहार गरी घाईते बनाएका...
बारा, ३ चैत– बाराकी ७ वर्षीया बालिका पूजा शाहलाई बलात्कार गर्ने कन्हाई गुप्तालाई सर्वस्वसहित ३५ बर्ष जेल सजाय हुने भएको छ । उनको बलात्कारपछि उपचारका क्रममा राजधानीको कान्ती बाल अस्पतालमा गत फागुन २४ गते पूजाको निधन भएको थियो । बारा जिल्ला अदालतले मंगलवार गुप्तालाई...
भद्रपुर,३ चैत- राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा सनातनदेखि चल्दै आएको हिन्दु राष्ट्र स्थापनाको विकल्प नरहेको बताएका छन् । राप्रपा नेपाल भद्रपुर नगर समितिको दोस्रो अधिवेशनको मंगलबार उद्घाटन गर्दै उनले राष्ट्रवाद र प्रजातन्त्रलाई बलियो बनाउन नेपाली जनता जागरुक हुनुपर्ने बताउँदै मुलुकको वर्तमान राजनीतिक अवस्थाले...
भक्तपुर,३ चैत प्रवेशिका परीक्षा नजिकिँदै आएपछि केही आमा हजुरआमालाई यतिखेर चटारो परेको छ । मध्यपुरथिमी नगरपालिका– १५ गठ्ठाघरमा रहेको आस्था महिला विद्यालयबाट केही आमा हजुरआमा चैत ५ गतेदेखि सुरु हुने प्रवेशिका परीक्षाको तयारीमा व्यस्त छन् । काभ्रे घर भई हाल गठ्ठाघर बस्दै आएकी सुभद्रा...
झापा,३ चैत- बिहीबारदेखि सुरु हुने प्रवेशिका परीक्षाका लागि जिल्ला शिक्षा कार्यालय झापाले खोक्ने र आँखा नदेख्ने शिक्षकलाई निरीक्षकमा नराख्ने भएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइँटेलले भने,,परीक्षा सञ्चालन भइरहँदा विद्यार्थीलाई चिट चोराउन सघाउने शिक्षकको नियत अनुगमनमा जाँदा खोक्ने र...
काठमाण्डु, ३ चैत– सरकारले उच्च पदस्थ तीन सय व्यक्ति, पदाधिकारीहरूलाई विपन्नको नाउँमा स्वास्थ्य औषधि उपचार खर्च दिन लागेको खुलासा भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषदले फागुन मसान्तसम्मको निवेदनअनुसार यस्तो खर्च दिन लागेको अख्तियार दूरुपयोग अनुसन्धान आयोगले दावी गरेको छ । मंगलबार...
झापा,३ चैत- दक्षिणी झापाको चकचकीबाट ६ जना बालक सोमबार दिउँसोदेखि एकै चोटि बेपत्ता भएका छन् । चकचकी–४ का १२ देखि १६ वर्षसम्मका ६ बालक बेपत्ता भएको र हालसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बेपत्ता हुनेमा चकचकी–४ निवासी १२ वर्षीय नवीन...
विराटनगर,३ चैत- माछा मार्न गएका मोरङको रमितेखोला–४ बस्ने १७ वर्षीय समिर राईको खोलामा डुबेर मृत्यु भएको छ । पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका अनुसार सोमबार साँझ माछा मार्न गएका उनी घर नफर्केपछि मंगलबार बिहान आफन्तले खोलामा खोजी गर्दा उनी मृतावस्थामा फेला परेका हुन् ।...
काठमाण्डु, ३ फागुन– राष्ट्रपति रामवरण यादवले संविधानसभा तथा व्यवस्थापिका संसदका महासचिव मनोहर प्रसाद भट्टराईलाई पाँच वर्षका लागि पुनर्नियुक्त गरेका छन् । मंगलबार संविधानसभा अध्यक्ष सुवास नेम्वाङले गरेको पनुर्नियुक्ती सिफारिसलाई राष्ट्रपति यादवले अनुमोदन गरेका हुन् । मंगलबारै आफ्नो पदावधि सकिएका भट्टराईलाई संविधनसभा अध्यक्ष सुवास नेम्वाङले...
काठमाण्डु, ३ चैत– एकीकृत नेकपा माओवादीका नेता जनार्दन शर्मा प्रभाकरले सरकारले अन्तरिम संविधानको भावना अनुसार संविधान बनाउँछौ भनेर लिखित प्रतिबद्धता नजनाएसम्म पुनः वार्तामा नबस्ने स्पष्ट पारेका छन् । रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा उनले सत्तापक्षले वार्तामा बोलाएर धम्क्याउने काम गरेकोले आफूहरु आन्दोलनमा...
काठमाण्डु, ३ चैत– नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले पछिल्लो संविधानसभाको निर्वाचनमार्फत नेपाली जनताले दिएको जनादेशलाई स्विकार नगरेसम्म विपक्षी मोर्चासँग कुनै पनि सम्झौता हुन नसक्ने स्पष्ट पारेका छन् । रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा उनले आफूहरुले संविधानसभाको निर्वाचनमा लोकतन्त्र र बहुजातीय प्रदेशको...