समाचार

कांग्रेस सभासद्ले भनेः प्रधानमन्त्री आफु भ्रष्टाचार गर्दैनन्, गर्नेलाई रोक्दैनन्

२०७१ चैत ३ गते ११:०४

काठमाण्डु, ३ चैत– व्यवस्थापिका संसदको सुशासन समितिमा रहेका कांग्रेस सभासद्हरूले प्रधानमन्त्री सुशील कोइरालालाई भ्रष्टाचार रोक्न नसक्ने प्रधानमन्त्री भएको भन्दै चर्को आलोचना गरेका छन् । मंगलबार समितिको बैठकमा कांग्रेस सभासद्हरू अर्जुन नरसिंह केसी, ध्यानगोविन्द रञ्जित लगायतले यस्तो धारणा राखेका हुन् । बैठकमा स्वतन्त्र सभासद् अत्तर...

हिन्दु राष्ट्र कायम गराउन देशब्यापी जागरणको घोषणा

२०७१ चैत ३ गते १०:०८

काठमाण्डु, ३ चैत– वैदिक सनातन हिन्दु राष्ट्र नेपाल संस्थागत संयूक्त संघर्ष समितिको नामबाट गत बैशाख ८ गतेबाट निरन्तर रिले अनसन गरिरहेका सन्त श्रीनिवासाचार्यले हिन्दु राष्ट्रको पक्षमा आन्दोलन सुरु गर्न देशब्यापी धर्म जागरण अभियान चलाउने घोषणा गरेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार...

तीन दिनभित्र युटिएल संचालन गर्न महासङ्घले दियो अल्टिमेटम

२०७१ चैत ३ गते ९:१७

काठमाण्डु, ३ चैत– विगत २७ दिनदेखि बन्द रहेको युनाइटेड टेलिकम लिमिटेड (युटिएल) को सेवा तत्काल सुरु गर्न माग गर्दै अखिल नेपाल ट्रेड युनियन महासङ्घले ज्ञापनपत्र बुझाएको छ । महासङ्घले युटिएलका प्रमुख कार्यकारी अधिकृत एसपी पचौरीलाई एक ज्ञापनपत्र बुझाउँदै सेवा सुचारु गर्न र मजदुरले उठाएका जायज...

उपचार खर्च फिर्ता नगर्न पूर्वसभासद् शान्ता चौधरीलाई आफ्नै पार्टीका नेताहरूको दबाब

२०७१ चैत ३ गते ८:५५

काठमाण्डु, ३ चैत– सरकारले दिएको उपचार खर्च फिर्ता गर्न खोज्दा एमाले पूर्वसभासद् शान्ता चौधरीलाई आफ्नै पार्टीका नेताहरूले फिर्ता नगर्न दवाव दिएका छन् । केही महिना अघिको प्रारम्भिक परिक्षणका क्रममा चौधरीलाई पाठेघरको क्यान्सर भएको शंका चिकीत्सकहरूले गरेका थिए । उनको उपचारका लागि सरकारले पाँच लाख,...

एउटा पनि शौचालय नभएको फटकशीला गाउँ

२०७१ चैत ३ गते ७:३९

मेलम्ची,३ चैत- सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ स्थित फटकशीला तीनघरेका प्रायःघरमा अहिलेसम्म शौचालय निर्माण भएको छैन । पानीको अभावकै कारण शौचालय बनाउन नसेकर तीनघरेवासी खुला दिसा गर्न बाध्य छन् । उनीहरुले पानीको मुहानबाट गाउँसम्म पानी ल्याउन कतैबाट पाइप उपलब्ध गराए मात्र शौचालय बनाउने बताएका छन् ।...

कैदी फरार भएको कैदीबन्दी गन्तीगर्दा थाहा भयो

२०७१ चैत ३ गते ७:३२

झापा, ३ चैत– झापा कारागारको एक कैदी फरार भएका छन् । चोरी मुद्दामा फागुन १३ गते पुर्पक्षका लागि झापा कारागार ल्याइएका बिर्तामोडका २३ वर्षीय कमल सेख हुसैन मियाँ फरार भएको प्रहरप्ले जनाएको छ। सोमबार साँझ कारागारका कैदीबन्दी गन्ती गर्ने क्रममा सङ्ख्या नपुगेपछि मियाँ फरार...

सामुदायिक प्रहरी चेतनामूलक अभियानमा सक्रिय बन्दै

२०७१ चैत ३ गते ७:२५

भीमदत्तनगर,३ चैत-सामुदायिक सेवा केन्द्रमा खटिएका प्रहरीले विद्यालय र घरदैलोमा पुगेर विभिन्न जनचेतनामूलक कार्यक्रमलाई सक्रियताका साथ अघि बढाइ आएको छ । सामुदायिक प्रहरीले सेवा केन्द्रमार्फत् विद्यालयमा सञ्चालन भइआएका जनचेतना र घरदैलो कार्यक्रम प्रभावकारी भएको जनाएको छ । सामुदायिक सेवा केन्द्रका प्रहरी नायव निरीक्षक दानसिंह भाटले...

प्युठानमा ७५ विद्यार्थी एसएलसीका लागि अयोग्य

२०७१ चैत ३ गते ६:३७

प्युठान, ३ चैत– यही बिहीबारदेखि सुरु हुने एसएलसी परीक्षामा Ko’7fg जिल्लाका ७५ जना विद्यार्थी विभिन्न कारणले अयोग्य ठहर भएका छन् । विद्यालय गएका तर परीक्षा फाराम नभरेका र विद्यालयमा ७५ प्रतिशत हाजिरी नभएका विद्यार्थी परीक्षाका लागि अयोग्य भएको जिल्ला शिक्षा अधिकारी नारायणप्रसाद भट्टराईले बताP।...

बागलुङमा सुरु भयो नेपालमै पहिलो पटक ‘मेडिक मोबाइल’मार्फत गर्भवती सेवा

२०७१ चैत ३ गते ६:३३

बागलुङ, ३ चैत– महिलालाई गुणस्तरीय सेवा दिन पहिलो पटक यहाँ ‘मेडिक मोबाइल’मार्फत सेवा दिन थालिएको छ । सरकारले मातृ मृत्युदर तथा नवजात शिशु मृत्युदर कम र गुणस्तरीय सेवा दिने उद्देश्यका साथ नेपालमा नै नमुनाका रुपमा स्वास्थ्य सेवा सुरु गरेको हो । ‘मेडिक मोबाइल’ लागू...

घाँस काट्न गएकी महिलाको करेन्ट लागेर गयो ज्यान

२०७१ चैत ३ गते ५:४०

सिन्धुपाल्चोक, ३ चैत– सिन्धुपाल्चोक जिल्लाको बराम्ची–१ मा करेन्ट लागेर मंगलबार बिहान एक महिलाको मृत्यु भएको छ । घाँस काट्नका लागि खमारे जङ्गलमा गएकी बराम्ची–१ की २५ वर्षीया सरस्वती थापालाई विजुलीको तार सर्ट भई करेन्ट लागेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय चौताराका प्रहरी निरीक्षक राजकुमार थापाले...

जेठमा पनि संविधान आउँदैन : थापा

२०७१ चैत ३ गते ४:४७

झापा, ३ चैत–राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले जेठमा कुनै पनि हालतमा संविधान नआउने बताएका छन् । मंगलबार बिहान झापाको दमकमा पत्रकाहरुसँग कुरा गर्दै उनले भने, ‘कुनै दल आन्दोलनमा छन्, कुनै दल सत्तामा टाँसिएर बसेका छन् अनि कसरी आउँछ जेठमा संविधान ?’ दलहरुबीचमा...

पेरिसडाँडामा प्रचण्डले गर्दैछन् नेताहरुलाई ब्रिफिङ

२०७१ चैत ३ गते ४:३५

काठमाण्डु, ३ चैत– एकीकृत माओवादी केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेपछि पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा बोलाइएको छ । केन्द्रीय सदस्य देवेन्द्र पराजुलीका अनुसार बैठकमा ३० दलीय मोर्चाद्वारा घोषित आन्दोलनका कार्यक्रमबारे शीर्ष नेताले सदस्यहरुलाई जानकारी गराउने कार्यसूची छ । अध्यक्ष...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us