समाचार

सोमबार पनि मन्त्रिपरिषद् विस्तार भएन

२०७० फागुन १२ गते १३:५७

काठमाण्डु, १२ फागुन – नेपाली काँग्रेस र नेकपा एमालेले मन्त्री बन्नेहरुको नामावली तय गर्न नसक्दा सोमबार पनि सरकार विस्तार हुन सकेन । काँग्रेस एमालेलाई गृहमन्त्रालय दिन तयार भएपनि दलहरुले आन्तरिक रुपमै मन्त्री बन्नेहरुको नामावली टुंग्याउन नसक्दा मन्त्री मण्डल विस्तार हुन नसकेको हो । एमालेले...

सभासदले नै खान मानेनन् हात्तीपाइलेको औषधि

२०७० फागुन १२ गते १३:०९

काण्डमाण्डु, १२ फागुन – हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन संविधानसभा भवन पुगेका स्वयम्सेविका निरास भएर फर्किएका छन् । हात्तीपाइले विरुद्वको दोस्रो दिन सोमबार व्यवस्थापिका–संसद्को बैठक चलेको मौका छोपेर संविधानसभा भवन पुगेका स्वयंसेविका महिला सभासद्लाई औषधि सेवनका लागि अनुरोध गरेको देखिन्थ्यो । तर, अपेक्षा गरेअनुरुप सभासद्ले...

शिवरात्रीमा पाँच हजार योगी आउने

२०७० फागुन १२ गते १३:०४

काठमाण्डु, १२ फागुन – यस वर्षको शिवरात्रीका अवसरमा पशुपतिनाथमा मन्दिर र परिसरमा सरसफाइ र रङरोगन, वाग्मतीको सरसफाइ, साधुसन्त तथा योगीहरुको प्रदर्शन र वैष्णोदेवीको प्रतिकृतिको दर्शन मुख्य आकर्षण हुने भएको छ । प्राचीनकालदेखि नै भारतबाट योगी तथा सन्तमहन्त पशुपतिनाथमा आउने परम्परानुसार यस वर्ष करिब पाँच...

‘लैङ्गिक अनुगमन प्रतिवेदन’ सार्वजनिक

२०७० फागुन १२ गते १२:५६

काठमाण्डु, १२ फागुन – संविधानसभा निर्वाचनमा गरिएको लैङ्गिक अनुगमन प्रतिवेदन सार्वजनिक भएको छ । मानव अधिकारका लागि महिला, एकल महिलाद्वारा राजधानीमा आयोजित कार्यक्रममा प्रतिवेदन सार्वजनिक गरिएको हो । राष्ट्रिय महिला आयोगकी अध्यक्ष शेषचाँद ताराले नेपालको इतिहासमा पहिलो पटक निर्वाचनमा लैङ्गिक अनुगमन गरिएको र सो...

साझा यातायातमा महिला चालक

२०७० फागुन १२ गते १२:४६

ललितपुर, १२ फागुन – साझा यातायातमा पहिलो पटक महिला चालक नियुक्त भएकी छन् । करिब छ वर्षदेखि बन्द रहेको यातायात सेवा गत वैशाख १ गतेदेखि पुनः सञ्चालनमा ल्याई  महिलामैत्री बनाउने उद्देश्यले यही फागुन ३ गतेदेखि रेविका थापालाई चालकमा नियुक्त गरिएको साझाले जनाएको छ ।...

एमाले वामदेवकै नेतृत्वमा सकारमा जाने

२०७० फागुन १२ गते १२:४४

काठमाण्डु, १२ फागुन – एमाले पार्टी उपाध्यक्ष वामदेव गौतमको नेतृत्वमा नै सरकारमा सहभागी हुने भएको छ । सत्ता साझेदार नेपाली काँग्रेस उपप्रधान तथा गृहमन्त्रालय दिन सहमत भएपछि एमालेले गौतमकै नेतृत्वमा सकारमा जाने निर्णय गरेको हो । राजधानीको धापासीस्थित ग्राण्डी अस्पतालमा बसेको एमाले स्थायी समिति...

नेम्वाङ र भारतीय राजदूतबीच भेटवार्ता

२०७० फागुन १२ गते १२:४३

काठमाण्डु, १२ फागुन – संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङसँग नेपालका लागि भारतीय राजदूत रञ्जित रेले भेटवार्ता गरेका छन् । नेम्वाङको कार्यकक्ष सिंहदरबारमा भएको भेटमा राजदूत रेले संविधानसभाको अध्यक्षमा निर्विरोध निर्वाचित भएकोमा बधाई ज्ञापन गर्दै संविधान जारी गर्न सफल हुने विश्वास व्यक्त गरे । त्यसका लागि...

डोल्पामा मोवाईल सेवा अवरुद्ध

२०७० फागुन १२ गते ११:२०

डोल्पा, १२ फागुन – नेपाल टेलिकमको सिडिएमए र जिएसएम मोवाईलको नेटवर्कमा देखिएको समस्याका कारण डोल्पाबासी मर्कामा परेका छन् । दुई सातादेखि मोवाईलमा नेटवर्क नहुँदा समस्या परेको स्थानीय स्टेसनरी सञ्चालक हरि कार्कीले बताए । सेवा अवरुद्ध भएको यतिका समय भइसक्दा पनि सम्बन्धित निकायले चासो नदिँदा...

एक वर्षभित्रै संविधान लेख्नुपर्छ : डा. भट्टराई

२०७० फागुन १२ गते १०:३१

गोरखा, १२ फागुन – पूर्वप्रधानमन्त्री एवम् एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईले एक वर्षभित्र संविधान लेख्नुपर्ने बताएका छन् । गोरखाको च्याङ्ली गाविसमा सोमबार आयोजित एम्बुलेन्स हस्तान्तरण समारोहमा बोल्दै भट्टराईले आगामी एक वर्षभित्र संविधान जारी गर्नु नै मुख्य राजनीतिक दलहरुको दायित्व भएको बताए ।...

अगुल्टोको प्रहारबाट श्रमिकको मृत्यु

२०७० फागुन १२ गते १०:२६

बागलुङ, १२ फागुन – जिल्लाको हुग्दीशिर गाविसमा अगुल्टाको प्रहारबाट एक मजदुरको ज्यान गएको छ । हुग्दीशिर–४ स्थित शान्ति थापाको घरमा डेरा गरी बस्ने पाल्पा जिल्ला झुठापौवा गाविस–९ घर भएका २४ वर्षीय सुपन पुनको मृत्यु भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार घरधनी थापाले हानेको...

लागुऔषधको मुद्दामा वृद्धि

२०७० फागुन १२ गते १०:१४

चितवन, १२ फागुन – पछिल्लो समय चितवनको बाटोबाट लागुऔषध ओसारपसार बढेको देखिएपछि प्रहरीले सक्रियता बढाएको छ । गत वर्षको तुलनामा यो वर्ष सङ्ख्यात्मक हिसाबमा मुद्दा दर्ता र पक्राउ सङ्ख्या झन्डै दोब्बर पुगेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार जिल्लामा चालु आर्थिक वर्षको...

सुन्ने एक, भन्ने अनेक !

२०७० फागुन १२ गते १०:०१

काठमाण्डु, १२ फागुन – व्यवस्थापिका संसद्को बैठकमा सभासद्हरुले धेरै विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । तर, सुन्ने एक जना विना विभागिय मन्त्री रामशरण महत मात्र थिए । मन्त्री परिषद् विस्तार नहुँदा सबै सभासद्ले हरेक मन्त्रालयसँग सम्बन्धित रहेर ध्यानाकर्षण गराउँदा एक जनाले मात्र सुन्न परिरहेको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us