समाचार

जुम्लाको राराहीबाट बस कर्णालीमा खस्यो, १३ को मृत्यु, दुई दर्जन घाइते

२०७१ चैत २ गते २:२८

जुम्ला, २ चैत– जुम्लाको राराहीमा बस दुर्घटना हुँदा १३ यात्रुको मृत्यु भएको छ । मृतकको सनाखत हुन बाँकी छ । दुर्घटनामा झण्डै दुई दर्जन घाइते भएका छन् । घटनास्थलमा उद्धारका लागि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा प्रहरी टोली पुग्दै छ । जुम्ला सदरमुकाम खलंगाबाट बिहान...

जुम्लामा बस दुर्घटना, १३ जनाको मृत्यु, १५ जना घाइते, प्रहरी घटनास्थलमा

२०७१ चैत २ गते १:२०

जुम्ला २, चैत– जुम्लाको राराहीमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक सागर बुढा र सहचालक हर्क बुढा छन् । अन्य यात्रुहरूको सनाखत हुन बा“की छ । घटनामा १५ जना गंभीर घाइते भएका छन् । उद्धारका लागि प्रमुख जिल्ला अधिकारी...

सहमतिको नाममा मुलुकलाई अनिर्णयको बन्दी नबनाऊः ज्ञवाली

२०७१ चैत १ गते १४:०६

बागलुङ,१ चैत- नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले वार्ताको नाममा दिन काटेर संविधान निर्माणलाई पछि धकेल्ने काम भइरहेको बताएका छन् । नेकपा एमाले बागलुङले आइतबार आयोजना गरेको सभामा बोल्दै ज्ञवालीले संविधान निर्माणको गतिरोध छिटो अन्त्य हुनुपर्ने धारणा राखे । ‘माघ ८ मा संविधान ल्याउन सकेनौँ,जेठ...

एसएलसी परीक्षामा ५ लाख ७४ हजारभन्दा बढी परीक्षार्थी सहभागी हुँदै

२०७१ चैत १ गते १३:५५

भक्तपुर,१ चैत- यस वर्षको चैत ५ गतेदेखि सुरु हुने एसएलसी परीक्षामा कुल पाँच लाख ७४ हजार ६८५ जना परीक्षार्थी सहभागी हुने भएका छन् । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आइतबार आयोजना गरेको पत्रकार सम्मेलन सो जानकारी दिइएको हो । जसमा नियमिततर्फ छात्र दुई लाख १२...

बलात्कारी पक्राउ परे

२०७१ चैत १ गते १३:५१

भक्तपुर , १ चैत– ९ बर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा काभ्रे पनौती नगरपालिका­–४ घर भई हाल गुण्डु बस्ने १८ बर्षीय दावा तामाङलाई प्रहरीले शनिबार पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।...

जुवाडे प्रहरी फन्दामा

२०७१ चैत १ गते १३:४६

काठमाण्डु , १ चैत– चन्द्रगिरी नगरपालिका­११ मातातिर्थ गैरीगाउँ बस्ने माधव केसीको घरमा अवैध रुपमा जुवातास खेलिरहेका यादव केसीसहित १० जनालाई प्रहरील पक्राउ गरेको छ । उनीहरुबाट नगद ४७ हजार २ सय ५५ रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ ।...

भुटानी शरणार्थी शिविर नजिक बेवारिसे वृद्धाको मृत्यु

२०७१ चैत १ गते १३:२७

दमक,१ चैत- झापाको दमकस्थित भुटानी शरणार्थी शिविर नजिक रहेको बेलडाँगी बजारमा बेवारिसे एक वृद्धाको मृत्यु भएको छ । दुई सातादेखि बेलडाँगी बजार क्षेत्रमा मागेर खाने र साँझ बस स्टेसन नजिकको फलैँचामा बास बस्ने अन्दाजी ६० वर्षीया वृद्धाको गएराति मृत्यु भएको हो । मृतक वृद्धाले...

विपक्षीले गरे चार दिने आमहड्तालसहितको आन्दोलनको घोषणा

२०७१ चैत १ गते १३:१४

काठमाण्डु, १ चैत–शनिबार साँझ सत्तापक्षसँगको वार्तामा कुरा नमिले पछि एमाओवादी सहितको विपक्षी मोर्चाले आईतबार दोश्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । एक महिने लामो यो चरणको आन्दोलनमा चैत १९ गते र २४ देखि २६ गतेसम्म लगातार तीन दिन गरि जम्मा चार दिन आम...

रबीन्द्रले किन डाके पुर्वप्रधानमन्त्रीहरुलाई ?

२०७१ चैत १ गते १२:२७

काठमाण्डु, १ चैत–व्यवस्थापिका संसद अन्र्तगतको विकास समितले प्रधानमन्त्री सुशिल कोइराला सहित सबै पुर्वप्रधानमन्त्रीहरुलाई सोमबार समितिको कार्यकक्ष सिंहदरबारमा डाकेको छ । सो समितिको सभापतिका रबीन्द्र अधिकारीले बर्तमान प्रधानमन्त्री सुशिल कोइराला तथा पुर्वप्रधानमन्त्रीहरुलाई बिहान ८ः३० बजे उपस्थितिका लागि पत्र पठाएका छन् । अधिकारीले आइतबार टेवीटर मार्फत...

सुचनाको हक कार्यान्वयनका लागि प्रतिबद्द छौः सभासदहरु

२०७१ चैत १ गते १२:१८

काठमाण्डु,१ चैत- संविधानसभाका सदस्यहरुले सूचनाको हकको प्रभावकारी कार्यान्वयनका लागि सामूहिकरुपमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । फ्रिडम फोरमले आइतबार आयोजना गरेको ‘सूचनाको हकको प्रभावकारी कार्यान्वयनका लागि नीतिगत तहको भूमिका’ विषयक कार्यक्रममा एक दर्जनभन्दा बढी सभासद्हरुले समूह बनाएरै प्रभावकारी कार्यान्वयनका लागि लाग्ने प्रतिबद्धता जाहेर गरेका...

प्रकाण्ड भन्छन्, ‘एकताको कुरा भ्रमपूर्ण हो, विश्वास नगरौँ’

२०७१ चैत १ गते १२:१४

काठमाण्डु, १ चैत्र– नेकपा माओवादीले तीन माओवादी एक हुँदैछन् भन्ने प्रचारप्रति आपत्ति जनाउँदै उक्त प्रचार भ्रामक भएको बताएको छ । आइतबार पार्टी प्रवक्ता प्रकाण्डले एक प्रेस विज्ञाप्ति जारी गरि सो कुरा बताएका हुन् । प्रवक्ताद्वारा जारी विज्ञाप्तिमा भनिएको छ ‘हाम्रो पार्टी नेकपा माओवादी, एमाओवादी...

१२ वर्षपछि पक्राउ परे रानीबारी हत्याकाण्डका दुई अभियुक्त

२०७१ चैत १ गते ११:३१

काठमाण्ठु, १ चैत– चर्चित रानीबारी हत्याकाण्डको रहस्य सुल्झाउँदै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। शुक्रबार प्रहरीले मनराज गुरुङ र प्रमेश चौहानलाई पक्राउ गरेको हो। घटनाको १२ वर्षपछाडि प्रहरीले हत्याकाण्डको अनुसन्धानमा सफलता पाएको हो।  हत्याराबारे प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । २०५९...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us