समाचार

सरकारी कार्यालय सारिएको विरोधमा धर्ना

२०७१ चैत १ गते ११:१६

रौतहट,१ चैत- नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन रौतहटको आयोजनामा आइतबार विभिन्न दल र नागरिक समाजका प्रतिनिधिहरुले मालपोत कार्यालय र नापी शाखामा कर्मचारी प्रवेशमा रोक लगाएका छन् । आइतबार बिहान १० बजेदेखि विभिन्न दल,नागरिक समाज,उद्योग वाणिज्य सङ्घका प्रतिनिधि र लेखापढी कानुन व्यवसायीहरुहरुले कार्यालयको मूलढोकामा धर्ना...

सामाजिक सुरक्षा भत्ता नपाएको भन्दै गाविसमा तालाबन्दी

२०७१ चैत १ गते ११:००

गौशाला,१ चैत- महोत्तरीको सुन्दरपुर गाविसका ५० भन्दा बढी महिला आइतबारदेखि सामाजिक सुरक्षा भत्ताको माग गर्दै गाविस कार्यालयमा धर्नामा बसेका छन् । गाविस सचिव नागेश्वर यादवले विगत एक वर्षदेखि सामाजिक सुरक्षा भत्ता नदिएको भन्दै स्थानीय सतियादेवी महराको नेतृत्वमा ५० भन्दा बढी महिला सुन्दरपुर गाविस कार्यालयमा...

विद्यालाई सोधेर ओलीले दिए बामदेवलाई जिम्मा

२०७१ चैत १ गते ११:००

काठमाण्डु,१ चैत– एमाले अध्यक्ष केपी ओलीले आफ्नो कामको जिम्मेवारी बरिष्ठ उपाध्यक्ष बामदेव गौतमलाई दिएका छन् । लिखित रुपमा त्यस्तो अधिकार नदिए पनि पार्टीका तर्फवाट दलहरुसँग हुने वर्ताको संयोजन गर्न मौखिकरुपमा गौतमलाई जिम्मेवारी दिएको बुझिएको छ । अस्वस्थताका कारण आफू दलहरुसँगको वार्तामा बस्न नसकेपछि ओलीले...

चोभारस्थित मोर्डन इन्डियन स्कुल प्रहरी घेरामा

२०७१ चैत १ गते १०:४०

काठमाण्डु,१ चैत- चोभारस्थित मोर्डन इन्डियन स्कुलले सेवा सुविधा र अधिकारका लागि आन्दोलनमा उत्रिएका शिक्षक अमृतबाबु भट्टलाई अनुशासन उल्लङ्घनको आरोपमा निष्कासन गरेपछि विद्यालयमा तनावको स्थिति बनेको छ । कर्मचारी सङ्गठनका अध्यक्षका तर्फबाट भट्टले १४ बुँदे माग पेस गरेको र त्यसमा कुनै सुनुवाइ नगरेपछि सङ्गठन पत्रकार...

नगरकोटमा खानेपानी तथा सरसफाई मेला हुँदै

२०७१ चैत १ गते १०:२७

काठमाण्डु,१ चैत- खानेपानी तथा सरसफाइका क्षेत्रमा आएका नवीनतम प्रविधि,पद्धति एवम् आविष्कारका बारेमा जानकारी दिन खानेपानी तथा सरसफाइ प्रशिक्षण केन्द्र नगरकोटमा बृहत् मेला आयोजना हुने भएको छ । नेपालमा पहिलोपटक चैत ४ र ५ गते आयोजना हुने लागेको सो मेलामा घरभित्रका खानेपानी शुद्धिकरणको प्रविधि,शौचालयका क्षेत्रमा...

किन दिए बायुसेवाका महाप्रवन्धकले राजीनामा ?

२०७१ चैत १ गते १०:१८

काठमाण्डु,१ चैत– नेपाल वायुसेवा निगमका महाप्रबन्धक मदन खरेलले आईतबार राजिनामा दिएका छन् । उनले निगम सञ्चालक समितिमार्फत संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राजिनामापत्र बुझाएका हुन् । उनले स्वास्थ्यको कारणदेखाएर राजीनामा दिएको बताएपनि निगममा सहज रुपमा काम गर्न वातावरण नभएपछि राजिनामा दिएको बताईन्छ ।...

आफ्नै घाँटी रेटेर आत्महत्या

२०७१ चैत १ गते १०:१५

पर्वत,१ चैत- जिल्लाको कुर्घा गाविसका एक व्यक्तिले आफ्नै घाँटी रेटेर आत्महत्या गरेका छन् । कुर्घा–३ पिप्लेका यमनाथ शर्माले शनिबार रातिको समयमा आफ्नै घाँटी घरेलु हतियारले रेटेर आत्महत्या गरेका हुन् । घरमा सुतिरहेको समयमा शनिबार राति १ बजे ४५ वर्षीय शर्माले आत्महत्या गरेको प्रहरीले जनाएको...

विनाअपराध कैदी जीवन बिताउँदै बालबालिका

२०७१ चैत १ गते १०:०९

महोत्तरी,१ चैत- बर्दिवासका तीन बालबालिका आफ्नै घरमा विनाअपराध कैदी जीवन बिताउन वाध्य छन् । बर्दिवास नगरपालिकाका विभिन्न वडामा बसोवास गर्ने १२ वर्षीय अनिल थापा मगर,सात वर्षीय प्रिन्सु शाही र १५ वर्षीया सरस्वतीकुमारी चौधरी शारीरिक रुपमा अपाङ्ग भएका कारण उनीहरु विनाकसुर घरमै कैदीको जीवन बिताउन...

लम्जुङमा गाडी दुर्घटना,१ जनाको मृत्यु,६ जना घाइते

२०७१ चैत १ गते ९:४१

काठमाण्डु,१ चैत- लम्जुङको बाहुनडाँडा गाविस–८ मा आइतबार बिहान एक निजी गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । यो दुर्घटनामा अन्य ६ जना गम्भीर घाइते भएका छन् । लम्जुङको टाक्रिङबाट बाहुनडाँडातर्फ जाँदै गरेको जुनोसिस कन्सल्टेन्सीको बा २ च ७४३३ नम्बरको गाडी दुर्घटनामा परेको...

धितो राखेरको जग्गा विक्री भएपछि चौधरी बिचल्लीमा

२०७१ चैत १ गते ९:२९

काठमाण्डु, १ चैत– तीन वर्षमा फिर्ता गर्ने सर्तसहित १६ लाख रुपैया ऋण लिएर धरौटीवापत आफ्नो घरबार रहेको जग्गा बिक्री भएपछि रौतहटका नथुनी प्रसाद चौधरीको बिचल्ली भएको छ । राजिनामा पास गरेका काठमाण्डु गौशालाका बसन्त बाबु पोडेलोले जग्गा अर्कैलाई विक्री गरिदिएपछि उनी बिचल्लीमा परेका हुन्...

दोस्रो विश्व महिला सम्मेलन काठमाण्डुमा हुने

२०७१ चैत १ गते ९:१२

काठमाण्डु, १ चैत– दोस्रो विश्व महिला सम्मेलन सन् २०१६ मार्च १३ देखि १८ सम्म काठमाण्डुमा हुने भएको छ । भेनेजुएलाको राजधानी काराकसमा पहिलो सम्मेलन भएकोमा नेपालका आठ वटा कम्यूनिष्ट पार्टी निकट महिला संगठनहरु सहभागि रहेको संयूक्त महिला संघले सम्मेलनको आयोजना गर्न लागेको आईतवार रिपोर्टर्स...

पश्चिमी वायुको प्रभावले पश्चिमी भेगमा वर्षा

२०७१ चैत १ गते ९:०७

काठमाण्डु,१ चैत- पश्चिमी वायुको प्रभावका कारण आइतबार देशभर मौसम बदली भई पश्चिमी भेगमा वर्षा तथा उच्च हिमाली भेगमा हिमपात भएको छ । पश्चिमी वायुको प्रभाव र अरब सागरबाट पनि जलवाष्पको सम्मिश्रण भई मौसम बदली भएको मौसमविद् वरुण पौडेलले जानकारी दिए । उनका अनुसार यसको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us