महोत्तरी, १ चैत – नेपाल राष्ट्रिय दलित समाजकल्याण सङ्घ महोत्तरीले शनिबार जिल्लाका १२१ दलित छात्रालाई छात्रवृत्ति वितरण गरेको छ । महोत्तरी जिल्ला सदरमुकाम जलेश्वरमा सङ्घले नेपाल छात्रवृत्ति कार्यक्रमअन्तर्गत प्रथम त्रैमासिक छात्रवृत्ति वितरण समारोह २०१५ को आयोजना गर्दै जिल्लाका नौ विद्यालयमा अध्ययनरत ती छात्रालाई छात्रवृत्ति...
बागलुङ, १ चैत– यही चैत २८ गते हुने बागलुङ – १ को उपनिर्वाचनमा ५२ हजार मतदाताले मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगसमक्ष आफ्नो नाम दर्ता गराएका ५२ हजार २ सय २ ले मतदान गर्न पाउने भएका हुन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार...
नुवाकोट, १ चैत– नुवाकोटको मदानपुरमा शनिबार आगलागी हुँदा तीन बालिकाको जलेर मृत्यु भएको छ । मदानपुर–९ पाखुरेस्थित फणीन्द्र लामाको गोठमा आगलागी हुँदा जलेर तीन बालिकाको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय विरेश लामाकी छोरी दीक्षा लामा तथा रविशकुमार लामाका दुई छोरी दुई वर्षीया...
काठमाण्डु, ३० फागुन– लामो समयपछि वार्तामा जुटेका सत्तापक्षीय दल र विपक्षी मोर्चा बीचको शनिबारको बैठक बिना निस्कर्ष सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक आ–आफ्नो दलको अडानका कारण बिना निस्कर्ष टुंगिएको नेताहरुले बताएका छन् । शनिबारको बैठकमा नेपाली काँग्रेस र एमालेले आफ्नो ९...
म्याग्दी,३० फागुन- म्याग्दीको निस्कोटमा शनिबार साँझ डोजर दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने एकजना घाइते र एकजना बेपत्ता भएका छन् । निस्कोट–३ छिसमा सडक खनिरहेको डोजरलाई माथिबाट खसेको ढिस्कोले पुर्दा दुर्घटना भएको हो । घटनास्थलमा एकजनाको शव डोजरले च्यापिएको अवस्थामा भेटिएको छ ।...
काठमाण्डु,३० फागुन- त्रिभुवन विश्वविद्यालयले प्राविधिक तथा व्यवहारिक शिक्षालाई विशेष जोड दिँदै पाठ्यक्रम परिमार्जनको तयारी थालेको छ । विश्वविद्यालयका उपकुलपति प्रा डा हीराबहादुर महर्जनले विश्वविद्यालयमा अध्ययन गराइने सबै शैक्षिक कार्यक्रमलाई थप व्यवहारिक बनाउँदै लैजानुपर्ने आवश्यकता रहेको बताए । रेन्बो इन्टरनेसनल कलेज डल्लुको आठौं वार्षिकोत्सव एवम्...
चितवन,३० फागुन- प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीलाई शनिबार भरतपुर उपमहानगरपालिका–१० का तीनवटा टोल विकास संस्थाले सम्मान गरेका छन् । तीन टोलका बासिन्दाको सक्रियतामा बनेको शान्तिमार्ग ढल तथा पिच निर्माण समितिले उक्त काममा महत्वपूर्ण सहयोग गरेको भन्दै उप्रेतीलाई शनिबार कदरपत्रसहित सम्मान गरेको हो । प्रमुख...
काठमाण्डु,३० फागुन- नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी निकट राष्ट्रिय कर्मचारी महासङ्घले डिभी र स्थायी वसोबास गर्ने विदेशी नागरिकता लिने कर्मचारीलाई कारबाहीको माग गरेको छ । महासङ्घको प्रथम राष्ट्रिय भेलाले लिएका निर्णय सार्वजनिक गर्न शनिबार आयोजित पत्रकार सम्मेलनमा कर्मचारीतन्त्रमा देखा परेका भ्रष्टाचार,अनियमितता,ढिलासुस्तीलगायतका विकृतिविरूद्ध विशेष अभियान...
रसुवा,३० फागुन- लाङटाङ राष्ट्रिय निकुञ्जअन्तर्गत मध्यवर्ती क्षेत्रमा रहेका उपभोक्ता समितिको पदाधिकारी छनोट कार्य अन्तिम चरणमा पुगेको छ । प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार मध्यवर्ती समितिका २१ पदाधिकारीमध्ये १८ स्थानको गठन कार्य सम्पन्न भइसकेको र बाँकी तीन स्थानको गठन कार्य सम्पन्न हुँन बाँकी रहेको...
काठमाण्डु, ३० फागुन–एमाओवादी संसदीय दलका उपनेता टोपबहादुर रायमाझील दलहरुबीचको वार्ता जारी रहे पनि आन्दोलनलाई जारी राख्ने स्पष्ट पर्दै अबको आन्दोलन आमहड्तालसम्म जाने स्पष्ट पारे । शनिबार रोपोर्टर्स क्लबमा भएको साक्षत्कार कार्यक्रममा बोल्दै उनले भने, ‘कांग्रेस–एमालेको पुच्छर समातेर गए आन्दोलनका उपलब्धिको रक्षा गर्न सकिँदैन ।...
काठमाण्डु, ३० फागुन– नेपाली कांग्रेसका नेता रमेश लेखकले पछिल्लो समय दलहरुमा विवादित देखिएका पाँच जिल्लालाई कुन प्रदेशमा राख्ने भन्ने विवादमा स्थानीय जनताको मत लिनुपर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले शनिबार आयोजना गरेको साक्षात्कारमा उनले सुदूरपश्चिम आन्दोलनको बेला आवश्यक परे त्यहाँका सबै जिल्लालाई प्रदेशमा...
काठमाण्डु,३० फागुन- काठमाण्डुको ऐतिहासिक वसन्तपुरको डबलीमा स–साना नानीहरु समूहमा सजिएर शनिबार बेहुली बनेका थिए । त्यस आसपास क्षेत्र आवतजावत गर्ने बटुवा तथा विभिन्न मुलुकबाट आएका पर्यटकलाई उनीहरुले आकर्षित गरेका थिए । विवाहको प्रक्रिया बढिरहेको थियो तर त्यहाँ बेहुलाको भने उपस्थिति थिएन् । सधैँजसो विभिन्न...