समाचार

एमालेलाई बाहिरै राखेर मन्त्रिपरिषद् विस्तार गरिँदै

२०७० फागुन ९ गते २:२१

काठमाण्डु, ९ फागुन – प्रधानमन्त्री सुशील कोइरालाले सत्ता साझेदार एमालेसँग गृह मन्त्रालयको विषयमा विवाद जारी रहेकै बेला एक पक्षीय रुपमा मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । गृह मन्त्रालय नपाएसम्म सरकारमा नजाने अडानमा एमाले कायमै रहेपछि उनले आफ्नो पार्टी काँग्रेसबाट मन्त्री थपेर मन्त्रिपरिषद् विस्तारको तयारी...

‘गृह विवाद मिलाउने बल सुशीलको हातमा’

२०७० फागुन ८ गते १६:५०

काठमाण्डु ८ फागुन–एकीकृत माओवादीका बरिष्ठ नेता डा बाबुराम भट्टराईले गृहमन्त्रालयका बारेमा काँंग्रेस र एमाले वीचको विवाद मिलाउने जिम्मेवारी प्रधानमन्त्री सुशील कोइरालाको हातमा रहेको बताएका छन । सामाजिक सञ्जाल फेसबुक मार्फत बिहिबार राती सार्वजनिक आफनो अभिमतमा नेता भट्टराईले त्यस्तो धारणा व्यक्त गरेका हुन । ‘प्रधानमन्त्री...

नेपाल प्रहरीविरुद्ध राष्ट्रसंघमा उजुरी

२०७० फागुन ८ गते १३:४६

काठमाण्डु, ८ फागुन– सशस्त्र द्वन्द्वका बेला पक्राउ गरी गैरकानुनी थुनामा राखेर यातना दिइएको भन्दै एक नेपालीले स्वीटजरल्याण्डको जेनेभास्थित संयुक्त राष्ट्रसंघीय मानवअधिकार समितिमा उजुरी दिएका छन् । रुपन्देशीका प्रशान्त पाण्डेले आफूलाई बम विस्फोट गराएको झुठो आरोपमा पक्राउ गरी चरम यातना दिइएको भन्दै प्रहरीविरद्ध उजुरी दिएका...

गृह नपाए पनि सरकारमा जानुपर्छ: नेपाल

२०७० फागुन ८ गते १३:१८

काठमाण्डु, ८ फागुन– एमाले वरिष्ठ नेता माधवकुमार नेपालले गृह मन्त्रालय नपाए पनि एमाले सरकारमा जानुपर्ने बताएका छन् । पार्टीले गृह मन्त्रालय नपाए सरकारमा नजाने बताइरहेका बेला आफ्नो निर्वाचन क्षेत्र काठमाण्डु–२ को जरसिंहपौवामा बिहीबार भएको एक कार्यक्रममा उनले गृह मन्त्रालयलाई प्रतिष्ठाको विषय बनाउन नहुने बताए...

सेनाले यसरी जोगायो गर्भवती महिलाको ज्यान

२०७० फागुन ८ गते १३:०५

खोटाङ, ८ फागुन– खोटाङमा नेपाली सेनाको सहयोगबाट एक गर्भवती महिलाको ज्यान जोगिएको छ । अत्याधिक रक्तश्रावका कारण सिकिस्त बिरामी बनेकी भोजपुर छिनामखु– स्थायी ठेगाना भई हाल जिल्लाकै बाम्राङ–७ बस्दै आएका गोपाल कटवालकी श्रीमती २० वर्षीया मीना कटवालको ज्यान सेनाले बचाएको हो । परिवारले आर्थिक...

प्राधिकरणका पूर्वप्रबन्धकसहित चार अख्तियारको नियन्त्रणमा

२०७० फागुन ८ गते १२:३८

काठमाण्डु, ८ फागुन – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरणका तत्कालिन प्रबन्धकसहित चार जनालाई हिरासतमा लिएको छ । ट्रान्सफर्मर खरिद सम्बन्धी ठेक्कामा अनियमतिता गरेको अभियोगमा अख्तियारले उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरुमा प्राधिकरणका तत्कालीन प्रबन्धक कैलाशप्रसाद अटल, तत्कालीन सहायक प्रबन्धक सुरेन्द्रप्रसाद पनेरु,...

गृह नपाएसम्म एमाले सरकारमा नजाने

२०७० फागुन ८ गते १२:१२

काठमाण्डु, ८ फागुन – नेकपा एमाले पूर्वसहमति कार्यान्वयन नभएसम्म सरकारमा नजाने भएको छ । विहीबार बसेको एमाले स्थायी समिति बैठकले सहमति पालना नभएसम्म सरकारमा नजाने निर्णय गरेको हो । काँग्रेस ७ बुँदे सहमति पालना गर्न तयार भएमात्र सरकारमा जाने निर्णय भएको बैठक पछि एक...

एमाले नआए पनि सरकार विस्तार : उपाध्याय

२०७० फागुन ८ गते १०:३२

काठमाण्डु, ८ फागुन – काँग्रेस नेता दिपकुमार उपाध्यायले एमाले नआए पनि शुक्रबारसम्ममा सरकार विस्तार हुने बताएका छन् । रिपोटर्स क्लवमा विहीबार आयोजित साक्षात्कारमा बोल्दै उपाध्यायले एमालेलाई हैसियत अनुसारको ठाँउ राख्ने गरी एउटा मन्त्रीलाई दुई तीन मन्त्रालयको जिम्मेवारी दिएर साने र चुस्ता आकारमा मन्त्री मण्डर...

एमाले नेता ज्ञावालीको अनौठो प्रस्ताव

२०७० फागुन ८ गते १०:१९

काठमाण्डु, ८ फागुन – एमाले नेता प्रदिप ज्ञावालीले गृह मन्त्रालय एमालेलाई दिने सहमति भएको छैन भनेर काँग्रेस नेताहरुले झुट बोलेको बताएका छन् । रिपोटर्स क्लवमा आयोजित साज्ञात्कारमा बोल्दै ज्ञावालीले सो कुरा बताएका हुन् । ‘सहमति नभई एमालेले हावाको भरमा व्यक्ति र पदको निर्णय गर्दैन,’...

सभाध्यक्ष नेम्वाङ र चिनिया राजदुतबीच भेट

२०७० फागुन ८ गते ९:१५

काठमाण्डु, ८ फागुन – संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङसँग नेपालका लागि चीनका राजदूत वु चुन्ताईले आज सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा शिष्टाचार भेट गरेका छन् । सो अवसरमा राजदूत वुले संविधानसभाको अध्यक्ष पदमा निर्वाचित भएकोमा चिनियाँ जनकँग्रेस स्थायी समितिका अध्यक्ष झाङ डेजियाडले पठाएको बधाई सन्देश हस्तान्तरण गरेका...

जनक शिक्षामा चरम ढिलासुस्ती

२०७० फागुन ८ गते ८:४१

काठमाण्डु, ८ फागुन – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले आगामी शैक्षिकसत्रका लागि अझै एक करोड १९ लाख १८ हजार ५ सय ६६ थान पाठ्यपुस्तक छपाइ गर्न बाँकी देखिएको छ । नयाँ शैक्षिक शत्र सुरु हुन केही महिनामात्र बाँकी रहेकाले शिक्षा विभागले केन्द्रको कार्यक्षमता बढाउन...

संविधानसभा उपाध्यक्षको चुनाव १४ गते

२०७० फागुन ८ गते ८:१३

काठमाण्डु, ८ फागुन – संविधानसभा उपाध्यक्षको चुनाव यही फागुन १४ गते हुने भएको छ । संविधानसभाको विहीबार बसेको बैठकमा सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले चुनावी कार्यतालिका सार्वजनिक गरेका हुन् । नेम्वाङले सभाध्यक्षमा निर्वाचित भए पछि विहीबार पहिलो पटक बैठकको अध्यक्षता गरेका छन् । बैठकको अध्यक्षता गरेपछि...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us