समाचार

११ वर्षीया बालिका बलात्कार गर्ने युवक पक्राउ

२०७१ फागुन ३० गते ६:२५

इलाम, ३० फागुन– बालिकालाई जबर्जस्ती करणी गर्ने एक युवकलाई प्रहरीले शनिबार पक्राउ गरेको छ । एघार वर्षीया एक बालिकालाई करणी गर्ने इलाम पशुपतिनगर–३ का ३२ वर्षीय निमाछिरिङ तामाङलाई प्रहरीले पक्राउ गरेको हो । शुक्रबार घरमा गएर बालिकालाई ललाइफकाई जबर्जस्ती गरी फरार भएका उनलाई शनिबार...

बालविवाह गर्ने दुई पुरुष यसरी पुगे प्रहरी खोरमा

२०७१ फागुन ३० गते ५:०१

प्यूठान, ३० फागुन– जिल्लामा बालविवाह रोक्ने अभियान सञ्चालन भइरहेको समयमा बालविवाह गर्ने दुई पुरुषलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ । गोठिवाङ–३ मा बालविवाह गर्ने दुई जनामाथि इलाका प्रहरी कार्यालयमा भिगृमा उजुरी दर्ता भएको र अभियुक्तलाई प्रहरीले उनीहरुकै घरबाट पक्राउ गरी अनुसन्धान सुरु गरेको प्रहरी...

फेरी बनिन् अर्की १३ वर्षीया बालिका बलात्कारको शिकार

२०७१ फागुन ३० गते ४:०८

झापा, ३० फागुन– बलात्कारपछि मृत्यु भएकी बाराकी सात वर्षीया बालिका पूजा साहका बलात्कारीमाथि कडा कारबाही हुनुपर्ने माग गर्दै आन्दोलन चर्किरहेका बेला झापामा पुनः अर्की एक बालिका बलात्कारको सिकार भएकी छन् । बिर्तामोड नगरपालिकास्थित नयाँ बसपार्कमा शुक्रबार साँझ १३ वर्षीया बालिका बलात्कारको सिकार भएको इलाका...

दमकल छैन, आगलागी भएमा बाल्टिनले पानी छ्याप्नुपर्छ

२०७१ फागुन ३० गते ३:२६

मोरङ, ३० फागुन– हुरी बतासको मौसम सुरु भएसँगै दक्षिणपूर्वी मोरङमा आगलागीका घटनाले जोखिम बढ्दै गएको छ । सरकारले हालै नगरपालिका घोषणा गरेको रङ्गेली नगरपालिकाले समेत आगलागीको जोखिम नियन्त्रणका लागि कुनै ठोस योजना नबनाउँदा अझ बढी स्थानीयवासी जोखिममा रहेका छन् । मोरङ जिल्लाभर एक उपमहानगरपालिकासहित...

घाँटी काटेर सहचालकको हत्या

२०७१ फागुन ३० गते ३:०६

झापा, ३० फागुन– झापाको बिर्तामोडमा शुक्रबार राति घाँटी काटेर एक सहचालकको हत्या भएको छ । बिर्तामोड नगरपालिका–६ मा सुगम पेट्रोलपम्प अगाडि पार्किङ गरी राखिएको ना३ख ५६१५ नम्बरको ट्रकमा सहचालकको काम गर्ने फतेपुर उदयपुर घर भएका अन्दाजी २२ वर्षीय विक्रम बिष्टको ब्लेडले घाँटी काटिएको अवस्थामा...

चार हजार नयाँ मतदाता थपिए

२०७१ फागुन ३० गते २:५४

चितवन, ३० फागुन – चितवनमा चार हजार नयाँ मतदाता थपिएका छन् । फोटोसहितको मतदाता नामावली सङ्कलन अभियानअन्तर्गत जिल्ला निर्वाचन कार्यालय चितवनको टोलीले गाउँगाउँमा गएर मतदाता नामावली सङ्कलन गरेका हुन् । चितवनका नगरपालिका र विभिन्न गाविसमा गरी कुल ४५ स्थानमा पुगेर मतदाता नामावली सङ्कलन गरिएको...

विद्युत् भार कटौतीले उद्योग धरासायी

२०७१ फागुन ३० गते २:४८

मोरङ, ३० फागुन – विद्युत् प्राधिकरणले कोसीपूर्वमा विद्युत् भार कटौती बढाएपछि उद्योग धरासायी बन्दै गएको उद्योगीले गुनासो गरेका छन् । प्राधिकरण भारसम्प्रेषण केन्द्रले सूचना प्रकाशन गरी विद्युत् भार कटौतीको समय अवधि दैनिक नौ घन्टा बढाएपछि उद्योग थप धरासायी बन्दै गएको मोरङ व्यापार सङ्घका अध्यक्ष...

बाढीले बगाएको विद्यालयका भवन निर्माण नहुँदा त्रिपालमुनि बसेर पढ्छन् विद्यार्थी

२०७१ फागुन ३० गते २:४४

दाङ, ३० फागुन – गत साउन महिनाको अन्त्यमा बबई नदीमा आएको बाढीले बगाएका पश्चिम दाङका दुई विद्यालयका भवन अझैसम्म निर्माण हुन नसक्दा ती विद्यालयका विद्यार्थी खुल्ला आकासमा त्रिपालभित्र बसेर बहुकक्षामा पढ्न बाध्य छन् । अविरल वर्षापछि आएको बाढीका कारण पश्चिम दाङको विकट स्थानमा पर्ने...

उच्च शिक्षा अध्ययन गर्नबाट वञ्चित गृहिणीले पाए यस्तो मौका !

२०७१ फागुन ३० गते २:३८

कञ्चनपुर, ३० फागुन – कञ्चनपुरको झलारीमा कृष्ण बैजनाथ बहुमुखी क्याम्पस सञ्चालनमा आएपछि उच्च शिक्षा अध्ययन गर्नबाट वञ्चित रहेका गृहिणीले पढ्ने मौका पाएका छन् । गाउँमै क्याम्पस सञ्चालनमा आएपछि क्याम्पसमा ५६ प्रतिशत बढी विवाहित महिलाले अध्ययन गर्दै आएका छन् । डडेल्धुराको जोगबुढा, कञ्चनपुरको झलारी, देखतभूली...

नेकपा–माओवादीले गर्यो एमाओवादीसँग पार्टी एकताको आव्हान

२०७१ फागुन ३० गते २:००

काठमाण्डु, ३० फागुन– पार्टी एकताका लागि नेकपा–माओवादीले एकीकृत नेकपा माओवादीसँग प्रक्रिया अगाडि बढाउने र आवश्यक वार्ता एवम् संवाद गर्ने निर्णय गरेको छ । माओवादीले शुक्रबार साँझ एक विज्ञप्ति प्रकाशित गरी एकता प्रक्रियालाई अगाडि बढाउन आफूहरु तयार रहेको जनाएको हो । एमाओवादी र माओवादीबीच एकताका...

अझै उठेन बलात्कृत बालिकाको शव

२०७१ फागुन २९ गते १३:४४

कलैया,२९ फागुन- बलात्कारपछि मृत्यु भएकी बाराकी सात वर्षीय बालिका पूजा साहको शुक्रबार चौथो दिन पनि अन्तिम संस्कार हुन सकेको छैन । स्थानीयले बलात्कारीमाथि कडा कारबाही हुनुपर्ने माग गर्दै कलैयास्थित भरत चौकमा बालिकाको शव राखी प्रदर्शन जारी राखेका छन् । उनीहरुले शुक्रबार कलैया बजार बन्द...

चितवनको टाँडीमा हुँदै बारको तेह्रौं राष्ट्रिय सम्मेलन

२०७१ फागुन २९ गते १३:२५

काठमाण्डु,२९ फागुन- नेपाल बार एसोसिएसनले ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रको निरन्तरता स्वतन्त्र न्यायपालिका र आर्थिक विकासका लागि पेसागत दक्षता’ भन्ने मूल नाराका साथ तेह्रौँ राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । आगामी चैत ५ देखि ७ गतेसम्म चितवनको टाँडीमा हुने सम्मेलनमा संवैधानिक कानुन र संविधानका अन्तरवस्तु,...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us