काठमाण्डु, ७ फागुन – संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले एक वर्षभित्र संविधान निर्माण गर्न आफ्नोतर्फबाट महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् । राष्ट्रपति डा रामवरण यादवसँग पद तथा गोपनीयताको शपथ लिएपछि आफ्नो कार्यकक्ष सिंहदरबारमा पदभार ग्रहण गर्दै नेम्वाङले दलहरुले जनताका सामु गरेको प्रतिबद्धताअनुरुप संविधान लेखन...
काठमाण्डु, ७ फागुन – नेकपा एमालेका सचिव युवराज ज्ञवालीले गृह मन्त्रालय आफ्नो पार्टीले नपाए नेपाली काँग्रेसको नेतृत्वमा बन्ने सरकारमा सहभागी नहुने बताएका छन् । संवाद क्लबले बुधबार राजधानीमा आयोजना गरेको साक्षात्कारमा बोल्दै सचिव ज्ञवालीले गृह नपाए सरकारमा नजाने बताएका हुन् । उनले भने, ‘लिखित...
काठमाण्डु, ७ फागुन – नेपाल सरकारका मुख्य सचिव लीलामणि पौड्यालले सरकारी संस्थानहरु राजनीतिक दलको क्रिडास्थल बनेको बताएका छन् । राष्ट्रिय समाचार समिति (रासस)को ५३ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै पौडेलले सो कुरा बताएका हुन् । व्यवस्थापन र कर्मचारीको संयुक्त प्रयासले मात्र सरकारी संस्थानहरु प्रभावकारी...
दमक, ७ फागुन – पूर्वी नेपालमा रहेका भुटानी शरणार्थीहरुमध्ये करिब डेढ सय बढी सिविर बाहिरै बस्ने गरेका छन् । झापा र मोरङका शरणार्थी शिविरमा नबस्ने ती भुटानी शरणार्थीको सङ्ख्या १७२ रहेको जनाइएको छ । सबैभन्दा बढी दमकको बेलडाँगीस्थित शिविरका शरणार्थीहरु बाहिर बस्दै आएको जिल्ला...
काठमाण्डु, ७ फागुन – संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति भवन शितल निवासमा बुधबार दिउँसो आजोजित एक समारोहकाबीच सपथ लिएपछि सिंहदरबारस्थित कार्यकक्षमा पुगेर नेम्वाङले कार्यभार सम्हालेका हुन् । पदभार ग्रहण गरेसँगै नेम्वाङले अघिल्लो संविधानसभाले गरेका सहमतिलाई स्वामित्व ग्रहणका लागि पहल...
बाजुरा, ७ फागुन – नेपाल एयरलाईन्सको विमान दुर्घटना भएको केही दिन नबित्दै एयर काष्ठमण्डपको विमान दुर्घटना हुनबाट जोगिएको छ । बुधबार दिउँसो बाजुराको कोल्टी विमानस्थलमा अवतरण गर्ने क्रममा विमानको पछाडीको दायाँ पाँग्रा पन्चर भएपनि दुर्घटना भने हुन पाएन । नाइन एन–एजीबी जहाजको पाँग्रा धावनमार्गमै...
भक्तपुर, ७ फागुन – दक्षिण कोरिया सरकारको आर्थिक सहयोगमा निर्माण भई मध्यपुरथिमि नगरपालिकाको संयोजनमा सञ्चालन हुँदै आएको कोरिया नेपाल मैत्री अस्पतालको बजेट नगरपालिकाले रोक्का गरेको छ । स्थानीय निकायको संयोजनमा २४ सैँ घण्टा सञ्चालनमा रहेको ५० शय्याको यो अस्पताल सञ्चालनका लागि हरेक वर्ष मध्यपुरथिमि...
गोरखा, ७ फागुन – न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष खेम भण्डारीले श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगर्ने सञ्चारमाध्यमको नाम सार्वजनिक गर्ने चेतावनी दिएका छन् । ऐन कार्यान्वयन गर्न दबाब दिन ब्रोडसिड अखबार, पत्रिका, रेडियो र टेलिभिजनका नामसहित पत्रकारको अवस्था सार्वजनिक गर्ने तयारीमा रहेको भण्डारीको भनाई...
काठमाण्डु, ७ फागुन– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कतार प्रस्थान गएका छन् । पार्टी सम्वद्ध जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन उनी बुधबार मध्याह्न कतार एयरवेजमार्फत दोहा प्रस्थान गरेका हुन् । उनले शुक्रबार दोहामा मञ्चको तेश्रो राष्ट्रिय सम्मेलन उदघाटन गर्ने कार्यक्रम छ । पूर्वप्रधानमन्त्रीका...
मुगु, ७ फागुन – जिल्ला स्वास्थ्य कार्यालय मुगु मातहत रहेका जिल्लाभरिका स्वास्थ्य संस्थाहरूमा औषधिको अभाव देखिएको छ । जिल्लाका लागि कार्यालयले वार्षिक रु २० लाखको औषधि खरिद गर्ने गरिरहेको छ भने मध्यपश्चिम क्षेत्रीय मेडिकल स्टोर नेपालगन्जले पनि लाखौँ रकमको औषधि पठाउने गरेको छ ।...
सुर्खेत, ७ फागुन – अख्तियार दुरूपयोग अनुसन्धान आयोगको मध्यपश्चिम क्षेत्रीय कार्यालयमा निर्माण र शिक्षासम्बन्धी हिनामिनाका उजुरीहरूको चाङ लागेको छ । आयोगको क्षेत्रीय कार्यालय सुर्खेतमा स्थापना भएको पाँच महिनाको अबधिमा पाँच सय चार उजुरी परेकोमा त्यसमा पनि निर्माणसम्बन्धीका धेरै उजुरी रहेको आयोगका उपसचिव भानदेव बडुले...
काठमाण्डु, ७ फागुन– प्रधानमन्त्री सुशील कोइरालाले संविधानसभाबाट एक वर्षभित्रै संविधान जारी गर्न सरकारका तर्फबाट कुनै कसर बाँकी नराख्ने बताएका छन् । ६४ औं प्रजातन्त्र दिवसका अवसरमा राजधानीमा बुधबार भएको कार्यक्रममा कोइरालाले दलीय सहमतिका आधारमा तोकिएकै समयमा संविधान जारी गर्ने वातावरण निर्माणका लागि सरकार प्रतिबद्ध...