काठमाण्डु, ७ फागुन– गृह मन्त्रालय विवादका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेका बेला काँग्रेस सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाले आज प्रमुख सत्ता साझेदार एमाले शीर्ष नेतृत्वसँग निर्णायक वार्ता गर्ने भएका छन् । सभाध्यक्ष सुवास नेम्वाङको सपथ सकिएलगत्तै अपराह्न दुई दलबीच सरकार विस्तारबारे निर्णायक छलफल हुने...
काठमाण्डु, ७ फागुन– आज ६४ औं प्रजातन्त्र दिवस मुलकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विक्रम संवत २००७ सालमा १ सय ४ वर्षे जहाँनिया राणाशासनको अन्त्य भई देशमा प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष फागुन ७ गते आजैका दिन प्रजातन्त्र दिवस मनाउने गरिएको छ...
काठमाण्डु, ६ फागुन– नवनिर्वाचित संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले विगतका कमजोरीबाट पाठ सिकेर तोकिएकै समयभित्र संविधान जारी गर्न आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता जनाएका छन् । संविधानसभा अध्यक्षमा निर्वाचित भएलगत्तै मंगलबार संविधानसभा भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेम्वाङले एक वर्षभित्र मुलुकले संविधान...
काठमाण्डु, ६ फागुन – एमाले नेता सुवासचन्द्र नेम्वाङ संविधानसभाको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । मंगलबार बसेको संविधानसभा बैठकले नेम्वाङलाई निर्विरोध निर्वाचित गरेको हो । सभाध्यक्षका लागि नेम्वाङको मात्रै उम्मेदवारी परेको थियो । बैठकको अध्यक्षता गरेका जेष्ठ सदस्य सूर्यबहादुर थापाले नेम्वाङको मात्रै उम्मेदावारी परेकाले...
काठमाण्डु, ६ फागुन – प्रधानमन्त्री सुशील कोइरालाले आर्थिक तथा विदेश मामिला सल्लाहकार नियुक्त गरेका छन् । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले प्रधानमन्त्रीको विदेश मामिला सल्लाहकारमा पूर्वसहसचिव दिनेश भट्टराई तथा आर्थिक सल्लाहकारमा डा. चिरञ्जीवी नेपाललाई नियुक्त गर्ने निर्णय गरेको हो । नेपाल यसअघि अर्थमन्त्रालयको सल्लाहकार थिए...
काठमाण्डु, ६ फागुन – राप्रपा नेपालका अध्यक्ष कमल थापालाई मंगलबारको संविधानसभा बैठकमा सम्बोधनका लागि रोष्टममा दिइएन । सम्बोधनका लागि ३ मिनेटको समय पाएका थापा रोष्टमतर्फ जाँदैगर्दा जेष्ठ सदस्यको हैसियतमा संविधानसभाको बैठकको अध्यक्षता गरिरहेका सूर्यबहादुर थापाले आफ्नै स्थानबाट बोल्न आग्रह गरेका हुन् । त्यसअघि प्रमुख...
काठमाण्डु, ६ फागुन– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानसभा अध्यक्षमा सुवासचन्द्र नेम्वाङको पुनरागमनले संविधानसभाबाट नयाँ संविधान नबन्ने खतरा बढेको बताएका छन् । मंगलबार संविधानसभा बैठकमा बोल्दै उनले संविधानसभामा अधिकांश नेता र सभाध्यक्षमा नेम्वाङ आउनुले नकारात्मक सन्देश नदिएको बताए । ‘नेम्वाङ विगतमा असफल...
काठमाण्डु, ६ फागुन – दोलखाको कालिञ्चोक भगवतिको दर्शन गर्न गएकी एक बालिकाको हिउँले पुरिएर मृत्यु भएको छ । उनीसँगै गएका परिवारका अन्य तीन सदस्यको भने गम्भीर बिरामी अवस्थामा जिवितै उद्धार गरिएको छ । दोलखाको बाबरे गाविस वडा नं. ८ सिस्नेरी स्थायी घरभई दार्जिलिङ बस्दै...
भक्तपुर, ६ फागुन – महानगरीय प्रहरी परिसरबाट खटिएको प्रहरी टोलीले बिक्रीका लागि राखिएको लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । भक्तपुर नगरपालिका–८ बस्ने वर्ष २५ का रविन रञ्जितकार र मध्यपुरथिमि नगरपालिका–३ बस्ने वर्ष २४ का सजित धौबन्जारलाई प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको...
भक्तपुर, ६ फागुन – परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले आगामी चैत ६ देखि १४ गतेसम्म हुने यसवर्षको एसएलसी (प्रवेशिका) परीक्षाका लागि देशभर एक हजार ८३६ वटा परीक्षा केन्द्र कायम गरेको छ । परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक प्रह्लाद अर्यालका अनुसार गतवर्ष एक हजार ७८६ परीक्षा...
काठमाण्डु, ६ फागुन – नेपाली काँग्रेसले गृह बाहेकको मन्त्रालय लिएर सरकारमा सहभागी हुन नेकपा एमालेलाई आग्रह गरेको छ । एमालेले गृह मन्त्रालय नपाएसम्म सरकारमा नजाने अडान लिइरहेकाबेला प्रधानमन्त्री तथा काँग्रेस सभापति सुशील कोइरालाले सरकारमा आउन आग्रह गरेका हुन् । एमाले सरकारमा सहभागी नभएपछि कोइराला...
काठमाण्डु, ६ फागुन – नेकपा एमालेको उपाध्यक्ष बामदेब गौतमले नेपाली काँग्रेसको पुच्छर बनेर सरकारमा नजाने प्रष्ट पारेका छन् । रिपोटर्स क्लवमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै गौतमले काँग्रेसको पुच्छरबन्दै टाङमुनी छिरेर सरकारमा नजाने बताएका हुन् । ‘आफूसँग बहुमत नभएको काँग्रेसले टाङमुनी छिराएर एमालेलाई दयाको भिख...