समाचार

पूर्वाञ्चल विश्वविद्यालयको सम्पर्क कार्यालयमा तालाबन्दी

२०७० फागुन ६ गते ९:०७

काठमाण्डु, ६ फागुन । नेकपा–माओवादी निकट अनेरास्ववियु (क्रान्तिकारी) ले काठमाण्डुको सिनामंगलस्थित पूर्वाञ्चल विश्वविद्यालयको सम्पर्क कार्यालयमा तालाबन्दी गरेको छ । संगठनका सचिव खगेश्वर केसीले सो कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको जानकारी दिए । विश्वविद्यालयभित्र प्रश्नपत्र बिक्री गरिएको, १८ महिनादेखिको परीक्षाको नतिजा प्रकाशन नगरिएको, उपकुलपति र रजिस्ट्रारबीचको...

हवाई सुरक्षा र मापदण्ड कार्यान्वयनबारे अध्ययन सुरु

२०७० फागुन ६ गते ८:२०

चितवन, ६ फागुन – चितवनको भरतपुर विमानस्थल वरपर हवाई सुरक्षाको मापदण्डबारे अनुसन्धान सुरु गरिएको छ । चितवन प्रशासन, भरतपुर विमानस्थलका प्रतिनिधि र भरतपुर नगरपालिकाको संयुक्त टोलीले हवाई सुरक्षा र मापदण्ड लागू भए/नभएकोबारे अनुसन्धान सुरु गरेको हो । अनुसन्धान टोलीले एक महिनापछि प्रतिवेदन बुझाउने गरी...

हुलाकी सडकबाट रेल मार्ग लैजान माग

२०७० फागुन ६ गते ७:२०

परासी, ६ फागुन – सरकारले अन्तर्राष्ट्रिय पर्यटकीयस्थल लुम्बिनीलाई जोडेर विस्तार गर्न लागेको सिमरा–लुम्बिनी पूर्व पश्चिम विद्युतीय रेल मार्ग नवलपरासीको हुलाकी सडकलाई केन्द्रित गरी विस्तार गर्न स्थानीय राजनीतिक दलहरुले माग गरेका छन् । लुम्बिनीलाई केन्द्रमा राखेर निर्माण गर्न लागिएको पूर्व पश्चिम रेलवेको नवलपरासीको पूर्व पश्चिम...

घैँटोमा सङ्कलित पानीले गुजारा

२०७० फागुन ६ गते ७:१२

बागलुङ, ६ फागुन – पिउने पानीको चरम अभावले बागलुङका दुई गाउँ घैँटोमा सङ्कलित पानीमा निर्भर छन् । जिल्लाको का“डेबास गाविसको उचाका र थालेपोखरा गाउँका स्थानीयवासी खानेपानीको अभाव झेल्न बाध्य भएका हुन् । वर्षौंदेखि खानेपानीको समस्या भोग्दै आएका उनीहरु वर्षातको तुलनामा हिउँद याममा उक्त समस्याबाट झन्...

साढे पाँच किलोको शिशु जन्मियो

२०७० फागुन ६ गते ६:०५

राजविराज, ६ फागुन – नवजात शिशु जन्मनेबित्तिकै कम्तीमा साढे २ किलो तौल हुनुपर्छ । हाम्रो देशमा जन्मने शिशुहरू औसत तीन किलोका हुन्छन् । साढे दुईदेखि साढे तीन किलोसम्मका शिशुहरूलाई औसत रूपमा राम्रो तौल भएका नवजात शिशु मानिन्छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा...

कोइरालाले मागे खनाल र ओलीसँग मन्त्री

२०७० फागुन ६ गते २:२९

काठमाण्डु, ६ फागुन– गृह मन्त्रालयको विषयलाई लिएर विवाद चर्किंदै गएका बेला प्रधानमन्त्री सुशील कोरालाले प्रमुख सत्ता साझेदार एमालेलाई पार्टीका तर्फबाट मन्त्री हुनेको नाम सिफारिस गर्न आग्रह गरेका छन् । स्रोतका अनुसार कोइरालाले एमाले अध्यक्ष झलनाथ खनाल र संसदीय दलका नेता केपी ओलीलाई टेलिफोन गरी...

सभासद हजारीलाई संसदमा प्रवेश निषेध !

२०७० फागुन ६ गते २:०३

काठमाण्डु ६ फागुन–संबिधानसभा अदालतले एमाओवादीका सभासद शम्भु पासवान हजारीलाई संबिधानसभा र व्यवस्थापिका संसदको बैठकमा भाग लिन रोक लगाएको छ । पुस १४ गतेसम्म हजारी सरकारी लाभको पदमा रहेको र उम्मेदवारी नै त्रुटीपूर्ण देखिएको भन्दै हजारीलाई बैठकमा भाग लिन रोक्न अदालते अन्तरिमकालीन आदेश दिएको हो...

जहाज चार्टर गरेर एक हजार भारतीय काठमाण्डुमा

२०७० फागुन ६ गते १:१४

काठमाण्डु ६ फागुन–भारत उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेशकुमार यादव,सिंचाई मन्त्री शिवपालसिंह यादव,जेलमन्त्री राजेन्द्र चौधरी,बिधानसभाका सभामुख माताप्रसाद पाण्डे र धनाढय लक्ष्मी मित्तल बिमान चार्टर गरेर काठमाण्डु आएका छन । उनीहरुसहित करीव एक हजार भारतीय बिहिबारसम्म काठमाण्डुमा रहनेछन । भारतीय व्यापारी विवेक र सुमेधा सराबगीका छोरा करण...

विमान दुर्घटनाबारे छानबिन समिति गठन

२०७० फागुन ६ गते ०:३७

काठमाण्डु, ६ फागुन – अर्घाखाँचीमा भएको विमान दुर्घटनाको कारणबारे छानबिन गर्न सरकारले सोमबार नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक त्रिरत्न मानन्धरको अध्यक्षतामा चार सदस्यीय समिति गठन गरेको छ। उक्त दुर्घटनामा विमानमा सवार सबै १८ जनाको मृत्यु भएको छ। ‘’नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक त्रिरत्न मानन्धरको अध्यक्षतामा गठित समितिमा...

संविधानसभा उपाध्यक्ष लिन माओवादीलाई एमालेको प्रस्ताव

२०७० फागुन ५ गते १४:५८

काठमाण्डु, ५ फागुन – नेकपा एमालेले एकीकृत माओवादीलाई उपाध्यक्ष लिएर संविधानसभा अध्यक्षमा आफ्ना उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई सघाउन आग्रह गरेको छ । एमाले उपाध्यक्ष बामदेव गौतमले सोमबार साँझ एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डलाई उनकै निवास लाजिम्पाटमा भेटेर यस्तो प्रस्ताव राखेका हुन् । संविधानसभा अध्यक्ष र उपाध्यक्षका...

कुँवर महान्यायाधिवक्ता नियुक्त

२०७० फागुन ५ गते १३:०४

काठमाण्डु, ५ फागुन– सरकारले महान्यायाधिवक्तामा बाबुराम कुँवरलाई नियुक्त गरेको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामवरण यादवले कुँवरलाई सोमबार महान्यायाधिवक्ता नियुक्त गरेका हुन् । कुँवर नेपाली काँग्रेस सम्वद्ध डेमोक्रेटिक लयर्स एसोसिएसनका पूर्वअध्यक्ष हुन् ।...

विमान दुर्घटनामा पत्रकारको निधनमा भएकामा महासंघबाट दु:ख व्यक्त

२०७० फागुन ५ गते १२:०९

काठमाण्डु, ५ फागुन– नेपाल पत्रकार महासंघले वायुसेवा निगमको विमान दुर्घटनामा महासंघ पूर्वकेन्द्रीय सदस्य गौरी कठायतको निधन भएकामा दु:ख व्यक्त गरेको छ । महासचिव ओम शर्माद्वारा सोमबार जारी विज्ञप्तिमा उक्त घटनाबाट महासंघ शोकमग्न र स्तब्ध भएको उल्लेख छ । विज्ञप्तिमा मृतात्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us