सर्लाही, २८ फागुन– सर्लाहीमा तीन कर्मचारी घुससहित पक्राउ परेका छन् । नेपाल विधुत प्राधिकरण अन्तर्गत प्रशाखा लालबन्दीमा कार्यरत ती कर्मचारीलाई अख्तियारको टोलीले घुससहित पक्राउ गरेका हो । काठमाण्डुबाट गएको टोलीले कर्मचारी आत्माराम ढुङगेल, रमाशङकर पाशवान र मनोजकुमार सिंहलाई ६५ हजार घुससहित पक्राउ गरेको जनाएको...
दार्चुला, २८ फागुन- दार्चुलाको लेकम क्षेत्रमा पर्ने मालीकार्जुन गाविस–६ मा एक युवक रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । मृत्यु हुनेमा मालीकार्जुन–६ का अन्दाजी २६ वर्षीय ललितसिंह धामी रहेको प्रहरीले जनाएको छ । बुधबार घर नजिकैको रुखमा घाँटीमा डोरी लगाई झुण्डिएको अवस्थामा स्थानीयले...
बाँके, २८ फागुन– दैलेख नारायाण नगरपालिका–६ बस्ने ३८ वर्षीय लक्ष्मीप्रसाद शर्मा र ३१ वर्षीय दिपक आचार्यको ४२ हजार भारतीय रुपैयाँ बिहिबार लुटपाट भएको छ । उनीहरु भारत लखनउबाट मजदुरी गरी भारतको रुपैडियातर्फ आउँदै गर्दा अपरिचित व्यक्तिले दिएको स्लाइस नामक चिसो खाई अचेत बनेका थिए...
काठमाण्डु, २८ फागुन–संविधानका बिवादित अन्र्तवस्तुमा सहमति खोज्नका लागि प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको बैठक शुक्रबार बस्दैछ । तर, शुक्रबारको बैठकमा पनि एमाले अध्यक्ष केपी ओली सहभागि नहुने बुझिएको छ । एक हप्तादेखि रुघाखोकीले ग्रस्त नेता ओली स्वास्थ्य अवस्था कमजोर भएकै कारण बैठकमा उपस्थित नहुने...
काठमाण्डु,२८ फागुन- अन्तरपार्टी महिला सङ्घकी अध्यक्ष मीना पाण्डेको नेतृत्वमा गएको टोलीले पूजा साहको बलात्कार गर्ने दोषीलाई सर्वस्वहरणसहित आजीवन कारावासको सजाँय दिनुपर्ने,पीडितलाई उचित राहत दिनुपर्ने लगायतका माग राखी गृहमन्त्री बामदेव गौतमलाई बिहिबार ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुझ्दै गृहमन्त्री गौतमले प्रचलित कानुनलाई टेकेर दोषीलाई कारबाही...
योगी योगेन्द्र/संखुवासभा, २८ फाल्गुन– जिल्लाको खादबारी नगरपालिका–१२ मा बिहीबार ट्याक्टर सडकबाट तल खस्दा एकजना गम्भीर घाइते भएका छन् । को१त ५३९५ नम्बरको ट्रयाकटर सडकबाट करिब २० फिट तल खस्दा ट्याक्टरका चालक झापा दमक नगरपालिका–१ का ३० वर्षिय कुमार खवास गम्भीर घाइते भएका हुन् ।...
मुस्ताङ,२८ फागुन- मुस्ताङको छोसेरमा ६ सय भेडाच्याङ्ग्रा मरेका छन् । हिमपातपछि बढेको चिसोले एकै गाउँमा उक्त सङ्ख्यामा भेडाच्याङ्ग्रा मरेका हुन् । भेडाच्याङ्ग्रा मरेपछि किसान समस्यामा परेका छन् । चरन क्षेत्रमा बाक्लो हिउँ जमेका कारण घाँस खान नपाउँदा धमाधम भेडाच्याङ्ग्रा मर्न थालेको छोसेरका ताम्डीन गुरुङले...
मकवानपुर, २८ फागुन– १० बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारामा एकजना शिक्षक पक्राउ परेका छन् । कलैया नगरपालिका–१ बस्ने ४० बर्षीय दिनेशप्रसाद सुबेदीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । थाहा नगरपालिका–७ स्थित श्री सेती गणेश निम्न माध्यामिक बिद्यालयका शिक्षक सुबेदीले सोही बिद्यालयमा अध्ययनरत...
काठमाण्डु,२८ फागुन- राज्यद्वारा बेपत्ता योद्धा परिवार समाजको भेला आयोजना गर्न रेणुका चौलागाईंको संयोजकत्वमा २१ सदस्यीय कमिटी गठन गरिएको छ । यसअघि समाजका संयोजक रहेका एकराज भण्डारी,नेत्रविक्रम चन्द नेतृत्वको नवगठित नेकपा माओवादीमा गएपछि चौलागाईंको संयोजकत्वमा भेला आयोजक कमिटी गठन गरिएको हो । बैठकले बेपत्ता परिवारका...
पोखरा,२८ फागुन- नेपालमा वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थलको अपरिहार्यताबारे चर्चा चलिरहँदा चिनियाँ दाता र निर्माण कम्पनी सम्मिलित टोलीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबारे स्थानीयको अवधारणा बुझेको छ । बुधबार पोखरा आएको मित्रराष्ट्र चीनको एक्जिम बैंक तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण ठेक्का पाएको सिएएमसी इन्जिनियरिङ कम्पनीका प्रतिनिधिमण्डलले...
काठमाण्डु, २८ फागुन–नवौं महाधिवेशन भएको नौ महिना बित्दा पनि एमालेले नेताहरुको कार्यबिभाजन गर्न सकेको छैन । विगत तीन महिनादेखि कार्यबिभाजनको एउटा ड्राफ्ट सचिव प्रदिप ज्ञवालीको ल्यापटममा थन्किएर बसेको एमाले स्रोतले बतायो । बिधानत कार्यबिभाजनको एजेण्डामाथि शुरुमा सचिवालयमा छलफल चलाउनु पर्छ । केन्द्रिय कमिटीले कार्यबिभाजनको...
चितवन,२८ फागुन- स्वाइन फ्लु सङ्क्रमितको सङ्ख्या २७ पुगेको छ । तीन दिनबीचमा थप १७ जना बढेका हुन् । शङ्कास्पद बिरामीको नमुना सङ्कलन गरी काठमाण्डु पठाइँदै आएको छ । हालसम्म काठमाण्डु पठाइएका १ सय ६२ जनाको नमुना परीक्षण गर्दा २७ बिरामीमा स्वाइन फ्लु अर्थात् इन्फ्लुएन्जा...