नवलपरासी, २ फागुन – पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको वासामा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् । महेन्द्रनगरबाट काठमाण्डुका लागि छुटेको ना ४ ख १०९१ नम्बरको यात्रुवाहक बस रोकिराखेको ना ४ ख ३९०० नम्बरको ट्रकमा ठक्कर...
काठमाण्डु, २ फागुन – शुक्रबार देशभरका अदालत बन्द भएका छन् । पूर्वप्रधानन्यायाधीश त्रिलोकप्रताप राणाको निधनको शोकमा अदालत बन्द भएका हुन् । सर्वोच्च अदालतको विहीबार बसेको पूर्ण बैठकले राणाको निधमा दुःख व्यक्त गर्दै शुक्रबार देशभरका अदालत र न्यायधीकरणमा बिदा दिने निर्णय गरेको थियो । २०५३...
काठमाण्डु, २ फागुन – आज फेब्रुअरी १४, अर्थात प्रणय दिवस। नेपाल लगायत विश्वभर एकआपसमा प्रेम साटासाट गरेर यो दिवस मनाईंदै छ । आजका दिन खासगरी प्रेमीप्रेमिका तथा श्रीमान श्रीमतीहरुले एकअर्कालाई उपहार आदनप्रदान गर्नुका साथै विभिन्न पार्कमा गएर समय बिताउने गर्छन् । मन परेको व्यक्तिलाई...
काठमाण्डु, २ फागुन – गृह मन्त्रालय कसले लिने भन्ने विषयमा कुरा मिल्न नसक्दा सरकारले पूर्णता पाउन ढिलाई भएको छ । सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमालेले गृह मन्त्रालयमा आ–आफ्नो दावी नछाडेपछि सरकारले पूर्णता पाउन नसकेको हो । प्रधानमन्त्री सुशील कोइरालासँगै विना विभागीय मन्त्री...
काठमाण्डु, २ फागुन – एक्कासी मौसममा आएको बदलीका कारण पूर्वी पहाडी जिल्लाहरुमा हिमपात भएको छ । इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा लगायतका जिल्लाका उच्च पहाडी तथा हिमाली भेगमा गएराति देखि हिमपात भएको हो । संखुवासभाको गुफा पोखरीमा २ फिटसम्म हिउँ जमेको स्थानीय मञ्जु खनालले जानकारी...
इलाम, २ फागुन – कथा लेखनको माध्यमबाट विद्यार्थीलाई साहित्य क्षेत्रमा अभिरुचि जगाउने उद्देश्यले जिल्लामा पहिलोपटक कथा लेखन तालिम सुरु गरिएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) जिल्ला कार्यसमिति इलामको आयोजना तथा विवेक सृजनशील पब्लिकेसन प्रालि काठमाण्डुको सहयोगमा बिहीबारदेखि सुरु भएको तालिम तीन...
चौतारा, २ फागुन – सिन्धुपाल्चोकको हगाम–८ निवासी २४ वर्षीय भीमबहादुर तामाङलाई खासामा एक पुरुषलाई बिक्री गरेको अभियोगमा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । बर्दिया जिल्ला बनियाँभार–१ निवासी २८ वर्षीय भुरे थारूलाई राम्रो काम मिलाइदिने प्रलोभन देखाई गत पुस २५ गते...
सप्तरी, १ फागुन– सप्तरीको हरिपुर गाविसमा विहीबार दिउँसो भएको भीषण आगलागीमा स्थानीयवासीका २० वटा घर जलेर नष्ट भएको छ । हरिपुर गाविस ७ चकदह निवासी नागेश्वर यादवको घरबाट दिउँसो ३ बजे सल्केको आगो फैलिएर भएको आगलागीमा स्थानीय आठ परिवारको २० वटा घर जलेर नष्ट...
धनुषा, १ फागुन– एमाले महासचिव ईश्वर पोखरेलले नेपाली काँग्रेसले आफ्नो पार्टीलाई ‘हेल्पर’को जस्तो व्यवहार गरेको भन्दै आपत्ति जनाएका छन् । पार्टी सम्वद्ध ट्रेड युनियन पेशागत महासंघले धनुषामा बिहीबार गरेको कार्यक्रममा उनले काँग्रेसले आफूहरुलाई हेपेको बताए । एमालेको मत पाएर सुशील कोइराला प्रधानमन्त्री भए पनि...
सुन्दरीजल, १ फागुन– प्रधानमन्त्री सुशील कोइरालाले प्रमुख राजनीतिक दलहरूले प्रतिबद्धता जनाएकै समयमा नै संविधान जारी गर्ने कार्यमा सहयोग पु¥याउन सबै पक्षसँग आग्रह गरेका छन् । नेपाल प्रजातन्त्र सेनानी संघले कोइराला निवासमा गरेको अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले एक वर्षमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान...
काठमाण्डु, १ फागुन – हालै प्रमुख सेनानीमा बडुवा भएका पूर्वमाओवादी लडाकु यामबहादुर अधिकारीले दर्ज्यानी चिन्ह पाएका छन् । अधिकारीलाई प्रधानसेनापति गौरव शमशेर जबराले महासेनानीको दर्ज्यानी चिन्ह प्रदान गरे । समायोजनबाट नेपाली सेनामा आएका अधिकारी माओवादी लडाकुका पूर्वकमाण्डर हुन् । माघ २३ गतेको मन्त्रिपरिषद् बैठकले...
बागलुङ, १ फागुन– बागलुङ समाज बेल्जियमले परोपकारी कामको लागि आठ लाख सहयोग गरेको छ । समाजले विभिन्न संस्था र व्यक्तिलाई समेत गरी उक्त सहयोग प्रदान गरेको हो । बागलुङबाट रोजगारीका लागि बेल्जियम पुगेका नेपालीहरूले सङ्कलन गरेको रकमबाट उक्त सहयोग प्रदान गरिएको हो । समाजले...