चितवन,२८ फागुन- उपप्रधानमन्त्री प्रकाशमान सिंहले अन्तरिम समयका लागि भएपनि स्थानीय निकायको निर्वाचन तत्काल गर्नुपर्ने बताएका छन् । गणतन्त्र स्थापनापछिको आठौँ जिल्ला परिषद्बाट आउँदो आवका लागि पारित नीति कार्यक्रम तथा बजेट सार्वजनिकीकरण कार्यक्रमलाई बिहिबार भरतपुरमा सम्बोधन गर्दै स्थानीय विकासमन्त्री सिंहले सबै दलले घोषणापत्रमा दोस्रो संविधानसभाको...
बाजुरा,२८ फागुन- बारबिस गाविसस्थित स्वास्थ्य चौकी देउलीसैनमा भवन जीर्ण हुँदा पानी चुहिएर औषधि बिग्रने गरेको छ । कागजपत्र र औषधि बचाउनका लागि भवनभित्रै छाता खोलेर औषधि बचाउने गरेको पाइएको गुनासो बुधबार जिल्ला जनस्वास्थ्य अधिकृतको एक अनुगमन टोलीसँग स्वास्थ्य चौकी इन्चार्ज कुलबहादुर रावलले सुनाए ।...
विराटनगर,२८ फागुन- नेकपा एमालेका नेता माधवकुमार नेपालले संविधान निर्माणका विषयमा अब चाँडै दलहरुबीच सहमति हुने विश्वास व्यक्त गरेका छन् । विराटनगर विमानस्थलमा बिहिबार सञ्चारकर्मीसँगको भेटघाटमा उनले अन्तर्वस्तुमा सहमतिका लागि औपचारिक वार्ताभन्दा अनौपचारिक वार्तामा नै बढी जोड दिनुपर्ने धारणा व्यक्त गरे । पूर्वप्रधानमन्त्री नेता नेपालले...
काठमाण्डु, २८ फागुन– सत्तारुढ कांग्रेस–एमालेले असहमतिका नाममा विपक्षी दलहरुलाई लामो समयसम्म कुर्न नसक्ने भन्दै एमाओवादी मोर्चासँग सहमति नभए प्रक्रियाबाटै अघि बढ्ने निर्णय गरेका छन् । कांग्रेस र एमालेमा संविधान निर्माण विषयमा विवाद देखिएका कारण समान धारणा बनाउनका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बिहान बसेको...
काठमाण्डु, २८ फागुन– बैठकमा नबस्न पत्नी राधिका शाक्यले गरेको पटक–पटकको आग्रह बुधबार एमाले अध्यक्ष केपी ओलीले टेर्दै टेरेनन् । बाग्लुङ क्षेत्र नं १ को उपनिर्वाचनमा पार्टीका तर्फवाट उठाउने उम्मेद्वारको टुंगो लगाउन ओलीले बुधबार आफ्नै निवास बालकोटमा स्थायी कमिटीको बैठक डाकेका थिए । रुघाखोकीले निकै...
बनेपा,२८ फागुन- नाक,कान र घाँटी विशेषज्ञ चिकित्सकको तीनदिने सातौँ राष्ट्रिय सम्मेलनमा घुर्ने समस्याबारेमा छलफल गरिने भएको छ । नाक,कान र घाँटी विशेषज्ञ समाजको आयोजनामा सुरु भएको सो सम्मेलनमा नाक,घाँटी र कानको सुन्दरता कसरी कायम गर्ने तथा घाँटीको अर्बुदरोग विषयमा अन्तर्राष्ट्रिय ज्ञान,सीप र अभ्यासबारे आदानप्रदान...
काठमाण्डु, २८ फागुन– नेपाल विधुत प्राधिकरणले चैत ५ गतेदेखि सुरु हुने एसएलसीलाई मध्यनजर गर्दै लोडसेडिङ घटाउने भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले प्राधिकरणको आन्तरिक व्यवस्थापन र चुहावट नियन्त्रण भएकाले चैत २ गतेदखि दुई घण्टा लोडसेडिङ घटाउन लागेको बताए ।...
पर्सा, २८ फागुन– पर्सामा सुस्त मनस्थिति भएकी एक युवती बलात्कृत भएकी छन् । सुवर्णपुर गाविसकी ३० वर्षीया युवती साही गाविसका ४६ वर्षीय रामप्रसाद न्यौपानेबाट बलात्कृत भएकी हुन् । खेतमा घाँस काट्न गएकाबेला उनी बलात्कारको शिकार भएको जनाइएको छ । बलात्कार गर्ने न्यौपाने पीडितका अभिभावकले...
काठमाण्डु, २८ फागुन– संविधानका विवादित विषयमा छलफल गर्न एमाले र एमाओवादीका शीर्ष नेताको बैठक शुक्रबार बस्ने भएको छ । बैठक बिहान ९ बजेपछि भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष केपी ओली निवासमा बस्ने बताइएको छ । अस्वस्थताका कारण ओली घरबाहिर आउन नसक्ने भएपछि उनको सुविधाका लागि...
चौतारा,२८ फागुन- सिन्धुपाल्चोकको फुल्पिङडाँडा गाविसमा बिहिबार हुन लागेको बालविवाह प्रहरीको सक्रियतामा रोकिएको छ । फुल्पिङडाँडा–२ लप्से निवासी १५ वर्षीय तामाङ समुदायको किशोर र माङ्खा–६ अँधेरी निवासी १७ वर्षीया किशोरीका बीच बिहिबार हुन लागेको बाल विवाह रोकिएको हो । उक्त गाविसमा कार्यरत महिला आत्मनिर्भरता केन्द्रकी...
डोटी,२८ फागुन- डोटीको कपल्लेकी गाविस–९ सेरीमा माटो खन्ने क्रममा बिहीबार बिहान पुरिएर तीन महिलाको ज्यान गएको छ । यो घटनामा अन्य आठ जना महिला घाइते भएका छन् । क्षेत्रीय प्रहरी कार्यालय दिपायलका प्रहरी उपरीक्षक हिम कुमार लामाले दिएको जानकारी अनुसार माटो खन्ने क्रममा पुरिएर...
काठमाण्डु, २८ फागुन– पार्टी विभाजनपछि जनस्वयंम सेवकका अध्यक्ष विप्लव माओवादीतिर लागेपछि दस्ता विहीन भएको बैद्य माओवादीले नयाँ दस्ता बनाएको छ । सबै पार्टीसँग युवा दस्ता भएकाबेला दस्ता विहीन भएको बैद्य मााओवादीले युवा दस्ता क्रान्तिकारी कम्युनिष्ट लीग बनाएको हो । उसको मंगलबार र बुधबार भएको...