समाचार

बाढीपीडित चिसो बालुवामा बसेर पढ्न बाध्य

२०७१ फागुन २८ गते ६:३९

सल्यान, २८ फागुन– काप्रचौर गाविसमा रहेको राष्ट्रिय माध्यमिक विद्यालय घुइयाबारीका विद्यार्थी बलौटे भुइँमा बसेर पढ्न बाध्य भएका छन् । गत साउनमा आएको बाढीले विद्यालय भवन बगाएपछि स्थानीयवासीले बालुवामै बनाएका अस्थायी टहरामा बसेर बालबालिकाले पढ्दै आएका छन् । स्थानीयवासीको सहयोगमा बनाइएको टहरोसमेत पटक पटक हावाले...

मोर्चा लचक नभएसम्म सहमति हुन्नः मन्त्री रिजाल

२०७१ फागुन २८ गते ६:२२

पाँचथर, २८ फागुन – सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले अब हुने वार्तामा मोर्चा लचक भए मात्रै सहमति हुन सक्ने बताएका छन् । नेपाल पत्रकार महासङ्घको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रिजालले भने, ‘मोर्चा लचक नभएसम्म हामी पनि आफ्नो अडानबाट पछि हट्दैनौँ, सङ्घीयताका विषयमा...

समान धारणा बनाउन कांग्रेस–एमाले बैठकमा

२०७१ फागुन २८ गते ६:१५

काठमाण्डु, २८ फागुन–सत्तारुढ दल कांग्रेस र एमालेको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । विकसित राजनीतिक अवस्थाका बारेमा छलफल गर्न बैठक बसेको बताइएको छ । प्रधानमन्त्री सुशील कोइरालाले विपक्षी गठबन्धनलाई सहमतिका आधारमा संविधान जारी गर्ने मौखिक प्रतिवद्धता जनाएलगत्तै एमालेले कांग्रेस र एमाओवादी नजिएको...

यसरी नजिकिँदैछन् काँग्रेस र एमाओवादी

२०७१ फागुन २८ गते ३:२६

काठमाण्डु, २८ फागुन– सत्ता साझेदार प्रमुख दुई दलबीच किचलो बढेसँगै सरकार नेतृत्ककर्ता दल काँग्रेस र प्रमुख विपक्षी एमाओवादीबीच सम्बन्ध सुधारका संकेतहरु देखिएका छन् । खास गरी प्रधानमन्त्री सुशील कोइरालासहित अधिकांश नेता विपक्षी मोर्चालाई समेत विश्वासमा लिएर सहमतिमै संविधान जारी गर्नुपर्ने पक्षमा देखिएका छन् ।...

एसिड प्रहारबाट घाइते किशोरीको अस्पतालको बेडबाट प्रधानमन्त्रीलाई यस्तो भावुक पत्र (पत्रसहित)

२०७१ फागुन २८ गते ३:२२

काठमाण्डु, २८ फागुन– राजधानीको वसन्तपुरमा ट्युशन पढ्न गएका बेला भएको एसिड प्रहारबाट गम्भीर घाइते भएकी सीमा बस्नेतले प्रधानमन्त्री सुशील कोइरालालाई अस्पतालको बेडबाट पत्र लेखी घटनाका दोषीमाथि कारबाहीको माग गरेकी छन् । वीर अस्पतालमा उपरचाररत उनले चार पेज लामो हस्तलिखित पत्रमा सरकारले दोषी पत्ता लगाउन...

७ दिनदेखि बेपत्ता प्रहरी मृत अवस्थामा फेला

२०७१ फागुन २८ गते २:५७

  म्याग्दी, २८ फागुन – एक सातादेखि बेपत्ता जिल्ला प्रहरी कार्यालय म्याग्दीका एक प्रहरी जवानको शव फेला परेको छ । फागुन २० गतेदेखि परिवार र कार्यालयको सम्पर्कमा नरहेका प्रहरी जवान युवराज पौडेलको शव बुधबार पर्वतको खनियाघाटमा कालीगण्डकीको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको...

विद्यालयका लागि आर्थिक सङ्कलन अभियान, रु ५५ लाख सहयोग प्राप्त

२०७१ फागुन २८ गते २:३३

चितवन, २८ फागुन – दक्षिण चितवनको माडी नगरपालिकामा पर्ने दिवाकर स्मृति विद्यालयको शैक्षिक विकासका लागि रु १ करोड उठाउने गरी अभियानात्मक कार्यक्रम सञ्चालन गरिएको छ । उक्तः अभियानमा हिजोसम्ममा रु ५५ लाख सङ्कलन भएको विद्यालयले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । उक्त...

स्थानीयले बनाए मोटरबाटो

२०७१ फागुन २८ गते २:२२

  पाँचथर, २८ फागुन – स्थानीय बासिन्दाको सक्रियतामा पाँचथरको याङ्नाम– १ स्थित रुपनारायण गोलाई चोकबाट पच्चीसे जोड्ने अढाइ किलोमिटर लामो मोटरबाटो निर्माण गरिएको छ । स्थानीयबाटै चन्दा सङ्कलन तथा श्रमदानबाट रु १२ लाख तथा पाँचथर हाइड्रो पावर कम्पनीबाट रु ६ लाख, गाउँ विकास समिति...

मलामी बोकेर फर्किएको ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु

२०७१ फागुन २७ गते १३:५८

डडेल्धुरा, २७ फागुन– डडेल्धुरामा मलामी बोकेर फर्किएको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अमरगढी नगरपालिका–११ सेती नदीमा गाउँलेको दाहसंस्कार गरी फर्किएको से१त ४२६३ नम्बरको ट्याक्टर मोडमा पल्टिँदा दुई जनाको मृत्यु भएको हो । दुर्घट्नामा परी ट्याक्टर चालक घटनास्थलमै मृत्यु भएको हो...

लमजुङमा पाँच वर्षीय बालिका बलात्कृत

२०७१ फागुन २७ गते १३:३१

विमला अधिकारी/लमजुङ २७ फागुन– बलात्कारमा परी पूजा शाहको मृत्यु भएको केही दिन नबित्दै फेरी यस्तै अर्की बालिका बलात्कारको शिकार भएकी छन् । लमजुङको नौथर–५ कबाकीमा पाँच वर्षीया बालिका बलात्कृत भएकी हुन् । बालिकालाई स्थानीय १९ बर्षीय धन बहादुर गुरुङले बलात्कार गरेको जनाइएको छ ।...

टेण्डरमा गुण्डागर्दी गर्नेहरु पक्राउ

२०७१ फागुन २७ गते १३:०६

काठमाण्डु, २७ फागुन– काठमाण्डु महानगरपालिका–३ बसुन्धरास्थित सिचाई कार्यालयको टेण्डर भर्नेक्रममा गुण्डागर्दी गर्ने ७ जनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ललितपुरका ४० वर्षीय प्रदीप तण्डुकार, ३६ वर्षीय अरबिन्द सिंह, दोलखा डाँडागाउँ का ३५ वर्षीय राजु श्रेष्ठ, नुवाकोटका २८ वर्षीय श्रीराम तामाङ्ग,...

अख्तियारद्धारा गरिबी निवारण कोषका १४ कर्मचारी विरुद्ध मुद्धा

२०७१ फागुन २७ गते १२:५३

काठमाण्डु, २७ फागुन – गरिबी निवारण कोषका निलम्बित कार्यकारी निर्देशक राजबाबु श्रेष्ठसहित १४ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालत काठमाडौँमा  मुद्धा दायर गरेको छ । आर्थिक वर्ष २०६६/६७ देखि २०६८/६९ सम्म व्यापकरुपमा अनियमितता भएको भनी परेको निवेदन उपर छानबिन हुँदा आव २०६६/६७...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us