समाचार

जनताको अभिमतलाई रद्दीको टोकरीमा फालेर कसैसँग पनि सहमति हुँदैन : रिजाल

२०७१ फागुन २९ गते ४:५३

इलाम, २९ फागुन– सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले जनताले दिएको अभिमतलाई रद्दीको टोकरीमा फालेर कुनै पनि दलसँग सहमति हुन नसक्ने बताएका छन् । नेपाल प्रेस युनियन इलामले इलामबजारमा शुक्रबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री रिजालले जनताले दिएको दुई तिहाई बहुमतलाई आधार मानेर...

जोखिममा परेका युवतीलाई सिलाइकटाइ तालिम

२०७१ फागुन २९ गते ३:०७

  भीमदत्तनगर, २९ फागुन – मानव बेचबिखनको जोखिममा परेका कञ्चनपुरका १० युवतीलाई तीन महिने सिलाइकटाइ तालिम प्रदान गरिएको छ । मानव बेचबिखनको जोखिममा रहेका युवतीहरूलाई उद्धार गरी थ्री एन्जल नामक गैरसरकारी संस्थाले तीन महिने सिलाइकटाइ तालिम प्रदान गरेको हो । संस्थाले सात÷आठ महिना पहिले...

ओली बिरामी भएपछि बालकोटमै एमाले र एमाओवादी बैठक

२०७१ फागुन २९ गते २:५६

काठमाण्डु, २९ फागुन– सत्तारुढ काँग्रेस र एमालेले अवरुद्ध संविधान निर्माण प्रक्रिया सुचारु गर्नेबारे विपक्षी दलसँग छलफल गरिरहेका छन् । एमाले र एमाओवादी शीर्ष नेताबीच बिहान नौ बजेपछि एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा जारी छ । ओली अस्वस्थताका कारण घरमै आराम गरिरहेका छन् । ओली...

फोहोर पानी पिउछन् सर्वसाधारण

२०७१ फागुन २९ गते २:५३

    भीमदत्तनगर, २९ फागुन – बैतडीको सकारमा खानेपानीको लागि एक घण्टा पैदल हिड्नुपर्ने बाध्यता रहेको छ । सकार गाविस–५ का स्थानीय बासिन्दा एक गाग्री पानी ल्याउन एक घण्टाको पैदल हिँडेर सुर्नायागाडको फोहोर पानी ल्याएर खान बाध्य छन् । उक्त वडाका टोलहरूमा तीन वटा...

पत्रकार महासङ्घलाई ३ लाख ५० हजार सहयोग

२०७१ फागुन २९ गते २:४९

  चितवन, २९ फागुन – नेपाल पत्रकार महासङ्घको विद्युतीय पुस्तकालयका लागि रु तीन लाख ५० हजार सहयोग प्राप्त भएको छ ।गैरआवासीय नेपाली सङ्घ ‘एनआरएनए’ कतारका सल्लाहकार आरके शर्माले महासङ्घलाई सो रकम सहयोग गरेका हुन् । उनले निर्माणाधीन महासङ्घको भवनका लागिसमेत सहयोग गर्ने आश्वासन दिएको...

आफन्तको स्मृतिमा अक्षय कोष स्थापना

२०७१ फागुन २९ गते २:४१

  म्याग्दी, २९ फागुन – आफन्तकोे सम्झनामा म्याग्दी बहुमुखी क्याम्पसमा रु एक लाख ५१ ह्जार १५१ राशिको अक्षयकोष स्थापना गरिएको छ । क्याम्पसमा स्नातक तहका सर्वोत्कृष्ट विद्यार्थीहरुलाई लक्षित गरेर सो क्याम्पसका प्रमुख कृष्णबहादुर थापा, भाइ मदन थापा र छोरा विजय थापाले स्वर्गीय बुबा बलबहादुर...

जीवजन्तुको शिकार गर्ने पक्राउ

२०७१ फागुन २९ गते २:३७

इटहरी, २९ फागुन – इटहरी र धरान उपमहानगरपालिकाबीचको चारकोसे जङ्गल क्षेत्रमा जङ्गली जनावर बँदेल हरिणलगायत जीवजन्तुको चोरी शिकार गरिरहेको अवस्थामा फेला परेका शिकारीको समूहमध्येका दुई जनालाई बिहीबार पक्राउ गरिएको छ । चारकोसे जङ्गल क्षेत्रमा भरुवा बन्दुकसहित जङ्गली जनावरको शिकार भइरहेको छ भन्ने सुराकीका आधारमा...

महिलाहरु जग्गाधनी पूर्जा लिन अग्रसर

२०७१ फागुन २९ गते २:३२

  कालिकोट, २९ फागुन – पछिल्लो समयमा कालिकोट जिल्लामा महिलाको नाममा जग्गा लिने क्रम ह्वात्तै बढेको छ । महिलाहरुले मात्र आफ्नो नाममा जग्गाधनी पुर्जा लिन थालेको जिल्ला मालपोत कार्यालय कालीकोटका निमित्त प्रमुख राजबहादुर शाहीले बताए । उहाँका अनुसार जिल्लाका अति दुर्गम क्षेत्रका स्थानीय महिलाहरुले...

तीन पूर्व लडाकुले पाए जीवन निर्वाह भत्ता

२०७१ फागुन २९ गते २:२८

इलाम, २९ फागुन – सशस्त्र द्वन्द्वका क्रममा अङ्गभङ्ग भएका पूर्व लडाकुलाई सरकारले औषधि उपचार खर्चबापत जीवन निर्वाह भत्ता प्रदान गरेको छ । द्वन्द्वमा ५१ देखि ७५ प्रतिशत अङ्गभङ्ग भएका तीन पूर्व लडाकुलाई औषधोपचार खर्चबापत मासिक रु छ हजार दुई सयका दरले उपलब्ध गराएको हो...

स्तन क्यान्सर पीडितलाई सहयोग

२०७१ फागुन २९ गते २:२३

  इटहरी, २९ फागुन – स्तन क्यान्सरबाट पीडित शैलजा गुरुङ सम्बाहाम्फेको उपचारका लागि रु ७९ हजार २०० सहयोग बिहीबार यहाँ हस्तान्तरण गरिएको छ । स्थानीय शारदा उच्चमाविका २२ शिक्षकबाट सो रकम उहाँका श्रीमान् बमप्रसाद सम्वाहाम्फेलाई हस्तान्तरण गरिएको हो । आफू सामान्य शिक्षकमात्र भएको र...

यस्तो छ काँग्रेस र एमाओवादीबीच बालुवाटारमा भएको सहमति

२०७१ फागुन २८ गते १४:४४

काठमाण्डु, २८ पुस– सत्तारुढ नेपाली काँग्रेस र प्रमुख विपक्षी एकीकृत माओवादीबीच सहमतिमै संविधान जारी गर्ने सैद्धान्तिक सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको दुई दलका शीर्ष नेताको बैठकले सहमतिमै संविधान जारी गर्नुको विकल्प नरहेको निष्कर्ष निकालेको हो । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल...

सापकोटाले भने,‘सहमतिका लागि अनौपचारिक छलफल सुरु भएको छ’

२०७१ फागुन २८ गते १४:०३

भक्तपुर,२८ फागुन- एनेकपा माओवादीका नेता अग्नि सापकोटाले सहमतिका लागि सत्तापक्षका दलसँग अनौपचारिक छलफल सुरु भएको बताएका छन् । बिहिबार भक्तपुरमा रफत सञ्चार क्लबले आयोजना गरेको अन्तरसम्वाद कार्यक्रममा उनले सत्तापक्ष र विपक्षी दलबीच सहमतिका लागि अनौपचारिक छलफल सुरु भएको बताए । उनले भने,संविधान निर्माणका विवादित...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us