समाचार

राष्ट्र बैंकले आज नयाँ गभर्नर पाउने

२०७१ चैत ५ गते २:४८

काठमाण्डु, ५ चैत–नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर आज नियुक्त गरिने भएको छ । अर्थमन्त्री रामशरण महतको संयोजकत्वमा रहेको गभर्नर सिफारिस समितिले गभर्नर नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरेको छ । सिफारिस गरिएकामा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार चिरन्जीवी नेपाल, डेपुटी गभर्नरद्वय गोपालप्रसाद काफ्ले र महाप्रसाद...

आजबाट एसएलसी

२०७१ चैत ५ गते २:२०

काठमाण्डु, ५ चैत – नियमित तर्फका ४ लाख २९ हजार ५ सय दुई र एक्जाम्टेड तर्फ १ लाख ५४ हजार १ सय ८१ परीक्षार्थीले एसएलसी परीक्षा दिदैछन् । कुल परीक्षार्थीमध्ये २ लाख १३ हजार ७ सय १० छात्रा र २ लाख १२ हजार ५...

अत्यधिक रक्तस्रावका कारण महिलाको ज्यान गयो

२०७१ चैत ४ गते १३:५०

नवलपरासी, ४ चैत– सुत्केरी हुँदा अत्यधिक रक्तस्रावका कारण नवलपरासीको विकट पहाडी गाविस अर्खलामा एकजनाको ज्यान गएको छ । जिल्लाको अर्खला–५ की ३० वर्षीया गोमती सारुको स्थानीय स्वास्थ्यकर्मीको हेलचेक्र्याइँका कारण ज्यान गएको स्थानीयवासीले जनाएका छन् । सुत्केरी गराउन जटिल अवस्था भएकाले भरतपुर लैजानुपर्नेमा अर्खला उपस्वास्थ्य...

आयो गोमा एयरको नयाँ जहाज

२०७१ चैत ४ गते १२:५९

काठमाण्डु, ४ चैत– निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी गोमा एयरले १८ सिट क्षमताको नयाँ विमान भित्र्याएको छ । चेक गणतन्त्रबाट ल्याइएको उक्त विमान गोमा एयरका क्याप्टेन आङ्दोर्जी शेर्पा र विमान उत्पादक कम्पनीका क्याप्टेन भ्लादिमिर फ्लेजरले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराएका हुन् ।...

युवा सङ्घका समानान्तर भेला रोक्न अनुशासन आयोगको निर्देशन

२०७१ चैत ४ गते १२:५८

काठमाण्डु, ४ चैत –एमालेको केन्द्रीय अनुशासन आयोगले भ्रातृ सङ्गठन युवा सङ्घ नेपालका नाममा छुट्टाछुट्टै समानान्तर कार्यक्रम हुने वातावरण नगर्न पार्टीको नेतृत्वलाई ध्यानाकर्षण गराएको छ । सङ्घमा महेश बस्नेतले राजीनामा दिएर नीरु पाल नयाँ अध्यक्ष भएपछि उपाध्यक्ष दिलु पन्तलगायतले अबैधानिक तरिकाले पाललाई अध्यक्ष बनाइएको भन्दै...

नेपाली जग्गा कब्जाबारे भारतीय महावाणिज्यदूतले बोले

२०७१ चैत ४ गते १२:५०

सिरहा, ४ चैत– भारतका महावाणिज्यदूत अन्जु रञ्जनले नेपाली जग्गा कब्जा गर्ने भारतको कुनै नीति नभएको बताएका छन् । सिरहाको लहानमा बुधबार आयोजित नेपाल भारत मैत्री सङ्घको पूर्वाञ्चल भेलालाई सम्बोधन गर्दै उहाँले भने, ‘भारतले नेपालको जग्गा कब्जा गर्ने गरेको भ्रम फैलाइएको छ । यो भ्रममा...

खरदारदेखि लोकसेवाको अध्यक्षसम्म

२०७१ चैत ४ गते १२:१७

काठमाण्डु, ४ चैत– निजामति सेवामा खरदारबाट प्रबेश गरेर सचिव सम्म भएका उमेशप्रसाद मैनालीले केही दिन पछि नै लोकसेवा आयोगको अध्यक्षको गरिमामय जिम्मेवारी सम्हाल्ने भएका छन् । सरकारले केही साता अघि लोकसेवाको अध्यक्षमा सिफारिस गरेपछि बुधबारवाट शुरु भएको संसदीय सुनुवाईमा उनले आयोगको अध्यक्षका लागि आफू...

एसएलसीका परिक्षार्थीले प्रश्नपत्रमा पनि सिम्बोल नम्बर लेख्नु पर्ने

२०७१ चैत ४ गते ११:१३

काठमाण्डु, ४ चैत– परिक्षा नियन्त्रण कार्यालयले यसपटकदेखि एसएलसी परिक्षाका परिक्षार्थीले प्रश्नपत्रमासमेत आफ्नो सिम्बोल नम्बर लेख्नु पर्ने नियम बनाएको छ । यस अघि परिक्षार्थीले उत्तरपुस्तिकामा मात्रै सिम्बोल लेख्नु पथ्र्यो । प्रश्नपत्र बाहिर पु¥याएर चिट चार्ने प्रवृत्ति नियन्त्रण गर्न यस्तो नियम बनाइएको परिक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले...

नेम्बाङले बोलाएको सिंहदरबार बैठकमा कुनै सहमति भएन

२०७१ चैत ४ गते ११:०९

काठमाण्डु, ४ चैत– संविधानसभाका अध्यक्ष सुवास नेम्बाङले प्रमुख राजनीतिक दलका शीर्षनेताहरुबीच संविधान लेखनका क्रममा देखिएका समस्या र गतिरोधलाई अन्त्य गर्न बसेको बैठक बिना निष्कर्ष टुङगिएको छ । बैठकमा नेम्वाङले संविधानसभाको बैठक स्थगन हुँदा अन्योल भएको भन्दै जनतालाई सकारात्मक सन्देश दिन दलका नेतालाई आग्रह गरेका...

माधवलाई ओलीले पत्याएनन्, माओवादी नेताको भने तारन्तार फोन

२०७१ चैत ४ गते १०:४२

काठमाण्डु, ४ चैत– हिजो–आज दलहरुबीच हुने वार्तामा एमाले नेता माधवकुमार नेपाल देखिदैनन् । पार्टीमा दोश्रो वरियताका नेता नेपाल मात्र होईन अध्यक्ष केपी ओली र दोश्रो बरियताका झलनाथ खनाल पनि आक्कल–झुक्कल मात्र देखिन्छन् । अध्यक्ष ओली बिरामी भएका कारण उनकै निवासमा भएका वार्तामा मात्र देखिन्छन्...

विद्यार्थीद्वारा बन्द राजमार्ग खुलाउन प्रहरीले गर्यो लाठी चार्ज

२०७१ चैत ४ गते १०:३९

चितवन, ४ चैत– पूर्वी चितवनको खैरहनीमा बुधबार सहपाठीको मृत्युको विषयमा विद्यार्थीले दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पूर्वी चितवनको खैरहनी पर्साबजारमा उनीहरुले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेका हुन् । सडक बन्द गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरेर बाटो खुलाएको थियो...

ओलीले किन रोजे ‘खरो स्वभाव’का बामदेवलाई ?

२०७१ चैत ४ गते १०:२०

काठमाण्डु, ४ चैत– रुघाखोकीका कारण करिव १५ दिन अगाडीदेखि घरमै आराम गरेर बसेका एमाले अध्यक्ष केपी ओली अहिले सञ्चो भइसकेका छन् । तर, पनि उनी दलका शीर्ष नेताको बैठकमा गएका भने छैनन् । शीर्ष बैठकमा उनले उपाध्यक्ष एवम् उपप्रधानमन्त्री बामदेव गौतमलाई पठाउने गरेका छन्...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us